बिहीबार, वैशाख १३, २०८१

अन्तरिक्षमा फिल्म स्टुडियो बनाउने बेलायती कम्पनीको योजना

नेपालप्लस संवाददाता२०७८ माघ १० गते १२:४९

बेलायती कम्पनी स्पेस इन्टरटेनमेन्ट इन्टरप्राइज (एसईई) ले सन् २०२४ मा अन्तरिक्षमा फिल्म स्टुडियो बनाउने योजना अघि सारेको छ ।

टम क्रुजको अर्को अन्तरिक्ष फिल्मको सह-निर्माण गरिरहेको यस क्म्पनीले मनोरञ्जन सामग्री उत्पादन र प्रसारण गर्ने उद्देश्यले अन्तरिक्षमा फिल्म स्टुडियो सिर्जना गर्ने योजना बनाएको हो ।

अमेरिकी मनोरञ्जन पत्रिका भेराइटीका अनुसार यो सुविधाले सामग्रीको विकास, उत्पादन, रेकर्डिङ र लाइभ स्ट्रिमिङ सक्षम बनाउने छ ।

“एसईई-१ मानवजातिको लागि फरक क्षेत्रमा सर्नको लागि र अन्तरिक्षमा रोमाञ्चक नयाँ अध्याय सुरु गर्ने एउटा अविश्वसनीय अवसर हो” उद्यमी र निर्माताहरू एलेना र दिमित्री लेस्नेभस्कीले एक विज्ञप्तिमा भनेका छन् ।

एसईईले हाल फिल्म स्टुडियो बनाउन लाग्ने खर्चकालागि कोषको योजना बनाईरहेको छ ।

जुल्स भेर्नदेखि ‘स्टार ट्रेक’ सम्म, विज्ञान कथा मनोरञ्जनले संसारभरका लाखौं मानिसहरूलाई भविष्यले के ल्याउन सक्छ भन्ने सपना देख्न प्रेरित गरेको छ ।
अन्तरिक्षमा एक अत्याधुनिक मनोरञ्जन स्थल सिर्जना गर्नाले अविश्वसनीय नयाँ सामग्री सिर्जना गर्न र ती सपनाहरूलाई वास्तविकता बनाउनको लागि अनगिन्ती ढोकाहरू खोल्ने एसईईका प्रमुख कार्यकारि निर्देशक रिचर्ड जोन्स्टनले भेराईटी पत्रीकालाई उल्लेख गरेका छन् ।

बेलायती कम्पनीले भनेको छ “एसईई-१ ले नयाँ रचनात्मकतालाई उजागर गर्ने छ । नयाँ पूर्वाधारले भरिएको ठाउँमा असीम मनोरञ्जन दिने सम्भावनाहरूको लागि एक अद्वितीय र पहुँचयोग्य घर प्रदान गर्ने छ ।”

अमेरिकी कम्पनी एक्सियोम स्पेसद्वारा निर्माण गरिने एसईई-१ ले न्युन कक्षमा मनोरन्जन स्थल विस्तार गर्न दुई अर्ब डलर खर्च गर्ने छ ।

“एक्सियोम स्टेशन संसारको पहिलो व्यावसायिक अन्तरिक्ष स्टेशन हुने दाबी गरिएको छ । यसलाई आधारभूत पूर्वाधारको रूपमा डिजाइन गरिएको छ जसले कक्षमा विविध खाले अर्थतन्त्रलाई सक्षम बनाउँछ” एक्सियोम अन्तरिक्षका प्रमुख कार्यकारी निर्देशक माइकल सुफ्रेडिनीको भनाई छ ।

उनले थपे “एसईई-१ को रूपमा एक्सियोम स्टेशनको व्यावसायिक क्षमताहरूमा समर्पित मनोरञ्जन स्थल थप्नुले विश्वव्यापी प्रयोगकर्ता निर्माण गर्ने आधार बनाउने छ । त्यसको लागि प्लेटफर्मको रूपमा स्टेशनको उपयोगिता विस्तार गर्नेछ र नयाँ अन्तरिक्ष अर्थव्यवस्थाले प्रस्ताव गर्ने अवसरहरूको दायरालाई महत्वकासाथ बाहिर ल्याइदिने छ ।”

“एसईई-१ ले अभूतपूर्व तरिकाबाट अन्तरिक्ष वातावरणको प्रदर्शन र लाभ उठाउनेछ” एक्सियोमका प्रमुख इन्जिनियर माइकल बेनको दाबी छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक