शुक्रबार, वैशाख ७, २०८१

अमेरिकाद्वारा आफ्ना कूटनीतिज्ञका परिवार र दूतावासका कर्मचारीलाई युक्रेन छोड्न आदेश

नेपालप्लस संवाददाता२०७८ माघ १० गते १३:४६

संयुक्त राज्य अमेरिकाले युक्रेनको राजधानी कीभमा रहेका आफ्ना कूटनीतिज्ञहरूको परिवारलाई रुसी आक्रमणको निरन्तर खतराको कारण देखाउँदै देश छाड्न आदेश दिएको छ ।

राज्य विभाग (स्टेट डिपार्टएन्ट) ले आइतवार सार्वजनिक गरे अनुसार वाशिङगटनले आफ्नो गैर-आवश्यक दूतावासका कर्मचारीहरूको स्वैच्छिक प्रस्थानलाई पनि स्विक्रित गरेको छ । पूर्वी युरोपेली देशमा रहेका अमेरिकी नागरिकहरूलाई अहिलेनै प्रस्थान गर्ने विचार गर्न आग्रह गरेको छ ।

रुसलेले कुनै पनि बेला सम्भावित आक्रमण गर्न सक्ने र त्यो स्थितिपछि उनीहरूलाई हटाउने स्थिति नहुने स्टेट डिपार्टएन्टले उल्लेख गरेको छ ।

रुसले युक्रेनसँगको आफ्नो सिमानामा ट्याङ्क, लडाकु सवारी साधन, तोपखाना र क्षेप्यास्त्रको हतियारसहित दशौँ हजार सेना तैनाथ गरेको छ ।

युक्रेनमा सैन्य हस्तक्षेप नगर्न भन्दै अयोजित आन्दोलनहरूले वाशिंगटन र युरोपबाट कडा चेतावनीहरू दिएका छन् । कूटनितिक प्रयासपनि जारि छन् । तर अहिलेसम्मको तीव्र कूटनीतिले थोरै मात्र परिणाम दिएको छ ।

अमेरिकी स्टेट डिपार्टमेन्टका अधिकारीले ह्वाइट हाउसबाट पहिलेको चेतावनी दोहोर्याएका छन् ‘आक्रमण कुनै पनि समय हुनसक्छ।’

“वाशिंगटन यस्तो आकस्मिक अवस्थामा अमेरिकी नागरिकहरूलाई बाहिर निकाल्ने स्थितिमा हुनेछैन” अधिकारीले अमेरिकीहरूलाई सकेसम्म चाँडो व्यावसायिक वा निजी यातायातबाट बाहिरिने विचार गर्न आग्रह गर्दै भने ।

यद्यपि युक्रेनको विदेश मन्त्रालयले यो कदमलाई “समयपूर्व” भनी निन्दा गरेको छ । सुरक्षा अवस्थाहरूमा हालसालै कुनै “कट्टरपन्थी परिवर्तन” नभएको बताएको छ ।

युरोपेली युनियनको विदेश नीति प्रमुख जोसेप बोरेलले ईयुको तत्कालै मानिसहरूलाई बाहिर निकाल्ने कुनै योजना नभएको र रुससँग वार्ता जारी रहेकोले स्थितिलाई नाटकीय गर्न आवश्यक नरहेको बताएका छन् ।

गत महिना अमेरिकी राज्य विभागका प्रतिनिधिहरूले युक्रेनी भूमिमा १० हजार देखि १५ हजार अमेरिकीहरू रहेको अनुमान गरेका थिए ।

स्टेट डिपार्टमेन्टले पहिले नै रुसी आक्रमणको सम्भावनाको कारण युक्रेनमा कुनैपनि खाले यात्रा नगर्न सल्लाह दिएको थियो ।

आइतवार स्टेट डिपार्टमेन्टले रसियाको यात्रा बिरूद्ध पनि सल्लाह दिएको छ । विशेष गरी युक्रेनसँगको यसको सिमानामा रहेका क्षेत्रहरूमा यात्रा नगर्न भन्दै चेतावनी दिएको छ ‘अमेरिकीहरूले उत्पीडनको सामना गर्न सक्छन् । र वाशिङगटनसँग उनीहरूलाई सहयोग गर्ने सीमित क्षमता हुनेछ ।’

“रूस भ्रमण गर्ने वा बसोबास गरिरहेका अमेरिकी नागरिकहरूलाई बिनाकारण सोधपुछ गरिएको छ । रुसी अधिकारीहरूले धम्की दिएका छन् । उत्पीडन, दुर्व्यवहार र जबरजस्ती असुलीको सिकार हुन सक्छन्” सल्लाहमा भनिएको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक