शुक्रबार, वैशाख १४, २०८१

जर्मनीको हाईडलबर्ग स्थित विश्वविद्यालयमा गोलाबारी: बन्दुकधारीको मृत्यु र धेरै घाइते

नेपालप्लस संवाददाता / जर्मनी२०७८ माघ १० गते १५:५९

सोमबार दक्षिणपश्चिम जर्मनीको हाइडलबर्ग शहरमा रहेको एक लेक्चर थिएटरमा एक बन्दुकधारीले गोली चलाउँदा कैयौं व्यक्ति घाइते भएको प्रहरीले जनाएको छ ।

जर्मन प्रहरीको ट्विटरमा जानकारि

प्रहरीले एक संक्षिप्त विज्ञप्तिमा अपराधीको मृत्यु भएको बताएको छ । तर कसरी भयो भन्ने विवरण भने खुलाएको छैन ।

प्रहरीहरूले पहिले ट्विटरमा मानिसहरूलाई शहरको विश्वविद्यालय अवस्थित हाईडलबर्गको न्युनहेमर फेल्ड क्षेत्रबाट बच्न आग्रह गरेका थिए ।

प्रहरीले कति जना घाइते भएका छन्, कति गम्भीर छन् भन्नेबारे यकिन गरेर खुलाएको छैन ।

“अहिलेसम्म थाहा भएको कुरा यही हो, एक्लो अपराधीले लामो बन्दुक लेक्चर हलमा चलायो र धेरै मानिसहरूलाई घाइते बनायो । अपराधीको मृत्यु भएको छ” जर्मन प्रहरीले ट्विटरमा भनेको छ ।

लोकप्रिय जर्मन समाचार आउटलेट बिल्डले म्यानहाइमको प्रहरीलाई उद्धृत गर्दै रिपोर्ट गरे अनुसार बन्दुकधारीले आफैं हतियार घुमाएको थियो ।

गोली प्रहारमा प्रयोग गरिएको हतियार लामो ब्यारेल भएको प्रहरीले जनाएको छ ।

प्राकृतिक विज्ञान संकाय र विश्वविद्यालय अस्पतालका भागहरू अवस्थित अपराध स्थललाई घेराबन्दी गरिएको छ । प्रहरीसँगै विशेष टोली घटनास्थलमा पुगेको बताइएको छ ।

तपाइँको प्रतिक्रिया