शुक्रबार, वैशाख १४, २०८१

भारी हिमपातले ग्रीस र टर्कीका प्रमुख एयरपोर्टहरूमा उडानहरू रद्द

नेपालप्लस संवाददाता२०७८ माघ १० गते २०:४८

फोटो-ग्रिक सिटी टाईम्स डट कम

भारी हिमपातले ग्रीस र टर्कीका विमानस्थलबाट उडानहरु रद्द गरिएको छ ।

ग्रिक सिटी टाईम्सका अनुसार हिमपातले त्यहाँ ठूलो यात्रा अवरोध निम्त्याएको छ र यस क्षेत्रमा अझै हिउँ पर्ने अनुमान गरिएको छ ।

सन् २०२१ मा युरोपको सबैभन्दा व्यस्त एयरपोर्ट इस्तानबुल इन्टरनेशनल एयरपोर्टले अत्यधिक हिमपातका कारण सोमवार मध्यरातसम्म सबै अपरेशनहरू स्थगित गरेको बताएको छ ।

टर्कीमा सिभिल एयरपोर्टहरूको व्यवस्थापनले ट्वीटरमा एक विज्ञप्ति जारि गर्दै भनेको छ “असाधारण अवस्था र तीव्र हावाले धावनमार्गहरूमा दृश्यता कम गरेकोले उडान रद्द गर्नुपरेको छ ।”

टर्की एयरलाइन्सले यात्रुहरूको सुरक्षाको लागि मंगलबार विहान ४ बजे सम्म इस्तानबुल एयरपोर्ट र त्यहाँबाट सबै उडानहरू रद्द गर्ने निर्णय गरेको छ ।

प्रमुख अन्तर्राष्ट्रिय विमानस्थलमा हिउँको बोझले एयरलाइन्सको एउटा कार्गो टर्मिनल भत्किएको प्रवक्ताले बताएका छन् । तर कुनै मानविय क्षतीको रिपोर्ट भने आएको छैन ।

शुन्य बाट झरेर १४ डिग्री सेल्सियससम्म कम तापक्रम भएको चिसोको परिणामस्वरुप ग्रीसको दक्षिणी भाग स्थित क्रेट टापुसम्म पनि हिउँले ढाकिएको छ ।

सोमबार धेरै ग्रीक स्कूल र संसद बन्द गरिएको थियो । त्यस्तै, एथेन्सको मुख्य एयरपोर्टमा मेट्रो लाइन अवरुद्ध भएको थियो ।

मौसमविदहरूले राष्ट्रिय मिडियालाई ग्रीसको राजधानीले १९६८ यता यस्तो मौसम अनुभव नगरेको बताएका छन् ।

एथेन्सको उत्तरमा रहेको इभिया टापुमा पनि भारी हिमपात भएको छ जुन क्षेत्र गत गर्मीमा आगोले क्षतिग्रस्त भएको थियो ।

त्यहाँका नगरपालिकाहरूले मुख्य सडकहरू खुला राख्न आफ्नो प्रयास दोब्बर बनाएका छन् । हिउँले त्यहाँको गाउँहरूमा बिजुली काटिएका छन् ।

हिमपात मंगलवार जारी रहने आँकलन गरिएको छ । बिजुली काटिएपछि स्थानियहरु उग्र ठडीले आत्तिएको बताइएको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक