बिहीबार, चैत १५, २०८०

चिली सरकारको प्रमुखमा महिला, सरकारमा महिलाकै बहुमत

नेपालप्लस संवाददाता२०७८ माघ ११ गते १५:५६

Photo Source-Gabriel Boric Font via twitter

दक्षिण अ मेरिकी देश चिली सरकारको नेतृत्व अब महिलाले गर्ने छिन् भने सरकारमा बहुमतपनि महिलाकै हुने भएको छ । अब बन्ने सरकारलाई एक युवा, नारीवादी र प्रतिबद्ध सरकार भनिएको छ ।

जनवरी २१ मा प्रस्तुत गरिएको चिलीका भावी राष्ट्रपति गेब्रियल बोरिकको नयाँ टोलीको फोटो हो यो । सरकारको २४ पदहरू मध्ये १४ जना महिलाहरू चुनेका छन् । ती मध्ये ४९ वर्षीया माइसा रोजास जलवायु विशेषज्ञ र जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी प्यानल (आइपिसिसी) को पछिल्लो रिपोर्टको सह-लेखक हुन् । उनले वातावरण मन्त्रालयलाई पुन नेतृत्व गर्ने छन् । तर यो मन्त्रालयले लिथियम खानीको समस्या र देशलाई तहसनहस गरिरहेको खडेरीको सामना गर्नुपर्नेछ ।

गृह मन्त्रालय शल्यचिकित्सक इज्किया जसभिन सिचेस पास्टनको भागमा परेको छ । यि ३५ वर्षीया महिला कोभिड–१९ महामारीको समयमा निकै लोकप्रिय व्यक्तित्व थिइन् । त्यसैले सरकारको नम्बर एक छनौट बनिन् ।

प्रोटोकलका आधारमा दोस्रो व्यक्ति एन्टोनिया उरेजोला नोगुएरा हुन् र उनी परराष्ट्र मन्त्री बन्नेछिन् । यि ५३ वर्षीया वकिलले मानव अधिकारसम्बन्धी अन्तर-अमेरिकी आयोगको अध्यक्षता गरेकी थिईन् ।

अन्ततः रक्षा मन्त्रालय ५० वर्षिया अर्की वैज्ञानिक माया फर्नान्डेज एलेन्डे बन्ने भएकी छन् । चिलीका पूर्व समाजवादी राष्ट्रपति साल्भाडोर एलेन्डेकी नातिनि हुन् जो सन् १९७३ मा संयुक्त राज्य अमेरिकाको समर्थनमा जनरल पिनोचेको सैन्य जत्थाद्वारा अपदस्थ गरिएको थियो । उनी प्रोटोकलका आधारमा तेस्रो स्थानमा हुनेछिन् ।

श्रम र सामाजिक रोकथाम पोर्टफोलियो ४७ वर्षिया वकिल र ट्रेड युनियनवादी जेनेट जारामा गएको छ । विशेष गरी उनी पेन्सन कोषको नवउदारवादी मोडेललाई तोडेर सार्वजनिक र ऐक्यबद्धता पेन्सन प्रणाली सिर्जना गर्न जिम्मेवार हुनेछिन् ।

सेवा निबृत्तहरुको पेन्सनमा चिलीमा ठूलो समस्या छ । निबृत्तहरु समस्यामा छन् ।
श्रम र सामाजिक रोकथाम पोर्टफोलियो ४७ वर्षिया वकिल र ट्रेड युनियनवादी जेनेट जारामा गएको छ । विशेष गरी उनी पेन्सन कोषको नवउदारवादी मोडेललाई तोड्न सार्वजनिक र ऐक्यबद्धता पेन्सन प्रणाली सिर्जना गर्न जिम्मेवार हुनेछिन् । सेवा निबृत्तहरुको पेन्सनमा चिलीमा ठूलो समस्या छ । निबृत्तहरु समस्यामा छन् ।

सबैभन्दा कान्छी मन्त्री ३२ वर्षीया एन्टोनिया ओरेलानाले महिला मन्त्रालय सम्हाल्ने छन् । त्यसपछि सन् २०११ मा चिलीमा भएको विद्यार्थी आन्दोलनको नेत्रित्व गर्ने ३३ वर्षिया गाब्रियल बोरिक सरकारको प्रवक्ता बन्ने भएकी छन् ।

४९ वर्षको औसत उमेर भएको यो नयाँ टोलीले मार्च ११ मा देशको नेतृत्व सम्हाल्नेछ । पिनोसे तानाशाहीबाट विरासतमा प्राप्त नवउदारवादी नीतिहरूको अन्त्य सहित धेरै चुनौतीहरूको सामना गर्नेछ ।

तपाइँको प्रतिक्रिया

फेसबुक