शुक्रबार, चैत १६, २०८०

स्पेनको संसदद्वारा ‘बोक्सी’को आरोपमा मृत्युदण्ड दिइएका सयौं महिलासित माफी

नेपालप्लस संवाददाता२०७८ माघ १३ गते ०:०४

सांकेतिक कला । स्रोत-विकिमेडिया डट कम

स्पेनको क्याटालोनिया क्षेत्रको संसदले १५ औं र १८ औं शताब्दीको बीचमा “बोक्सीको आरोपमा मृत्युदण्ड दिइएका सयौं महिलाहरूको घटनामा माफी मागेको छ । र ति बोक्सी नभएको भन्दै सच्याएको छ ।

यातना र मृत्युदण्डमा परेका ७०० भन्दा बढी महिलाहरूको सम्झनालाई पुनर्स्थापित गर्ने प्रस्तावलाई स्पेनी क्षेत्रका सांसदहरूले बुधवार अनुमोदन गरेका छन् ।

स्वतन्त्रता समर्थक र वामपन्थी सांसदहरूले महिलाहरू “दुर्भावपूर्ण उत्पीडनको शिकार” भएको र क्याटालोनियाका केही सडकहरूलाई ‘सताइएका बोक्सीहरू’ को नाममा नामकरण गर्न आह्वान गरेका छन् ।

इतिहासकारहरूको विश्वासमा स्पेनमा बोक्सीविद्याको आरोप लगाएर मृत्युदण्ड दिएको बहुमत उत्तरपूर्वी क्षेत्रमा थियो । क्याटालोनियानै युरोपको पहिलो क्षेत्रहरू मध्ये एक थियो जहाँ १४७१ मा बोक्सीविद्या विरोधी कार्यहरू गरियो ।

क्याटालोनियाली संसदले स्थानीय वैज्ञानिक जर्नल सेपियन्स र बार्सिलोनाका इतिहासकार पाउ कास्टेलको अनुसन्धान प्रयोग गरी संकल्पको लागि आह्वान गरेको छ ।

“बच्चाहरूको अचानक मृत्यु हुँदा, प्राकृतिक प्रकोप र बालीनाली बिग्रिंदा बारम्बार बोक्सीहरूलाई दोष लगाइएको थियो” क्यास्टेलले युरोन्युजसित भनेका छन् ।

अनुमानित ५० हजार मानिसहरूलाई सन् १५८० र सन् १६३० को बीचमा यूरोपभर बोक्सीको आरोपमा मृत्युदण्ड दिइएको थियो जसमध्ये लगभग ८० प्रतिशत महिलाहरू थिए ।

१०० भन्दा बढी युरोपेली इतिहासकारहरूले हालसालै “उनीहरू बोक्सी थिएनन्, तिनीहरू महिला थिए” शीर्षकको घोषणापत्रमा हस्ताक्षर गरेका छन् ।

११४ सांसदहरूको ठूलो बहुमतले माफीको पक्षमा मतदान गरेका छन् । १४ जनाले विपक्षमा र छ जनाले मतदानमा भाग लिएनन् ।

स्पेनको नाभारे क्षेत्र, नर्वे, स्विट्जरल्याण्ड, र स्कटल्याण्डले बोक्सीहरूको ऐतिहासिक आरोप र समस्यालाई यस अघिनै सम्बोधन गरिसकेको थियो ।

तपाइँको प्रतिक्रिया

फेसबुक