शुक्रबार, वैशाख १४, २०८१

स्पेनद्वारा क्यानरी टापुबाट ३१९ आप्रवासीको उद्धार, १८ जनाको मृत्यु भएको आशंका

नेपालप्लस संवाददाता२०७८ माघ १३ गते ०:३५

क्यानरी टापूको सांकेतिक फोटो । स्रोत-विकिमेडिया

स्पेनले क्यानरी टापुबाट ३१९ आप्रवासीको उद्धार गरेको छ भने थप १८ जनाको मृत्यु भएको आशंका गरिएको छ ।

विभिन्न डुङ्गाहरूमा एट्लान्टिक महासागर पार गर्ने प्रयास गर्दा कम्तिमा ३१९ आप्रवासीहरूलाई उद्धार गरिएको स्पेनी अधिकारीहरूले बताएका छन् ।

क्यानरी टापुहरूमा आपतकालीन सेवाहरूले बुधवार उद्धार गरिएका मध्ये २४ वालवालिका रहेको बताएका छन् ।

तर गैरसरकारी संस्था वकिङ् बोर्डर्सले आप्रवासीहरूको एउटा डुङ्गामा यात्रा गरिरहेका कम्तीमा १८ जनाको मृत्यु भएको बताएको छ ।

“डुङ्गाको स्थान स्थष्ठरुपमा किटान गर्न नसक्दा उद्धारका साधनहरू धेरै ढिलो सक्रिय भएको एनजीओका संस्थापक हेलेना मालेनोले ट्वीटमा लेखेकि छन् ।

“स्पेनी उद्धार जहाजहरूले मंगलबार राति विभिन्न स्थानहरूमा डुङ्गाहरू फेला पारेका हुन्” एक समुद्री उद्धार सेवाका प्रवक्ताले एसोसिएटेड प्रेसलाई भने ।

प्रवक्ताले उद्धारकर्ताहरूले जहाजहरूमा वा नजिकै कुनै शव फेला नपारेको बताएका छन् । युरोन्युजका अनुसार तर ल्यान्जारोट टापु नजिकै पल्टिएको डुङ्गामा टाँसिएका नौ जना जीवितै फेला परेको बताएका छन् ।

क्यानरी टापुको ११२ आपतकालीन सेवाले भनेको छ “३१९ बाँचेका मध्ये नौ वयस्क र एक बच्चालाई द्वीपसमूहको स्थानीय स्वास्थ्य सुविधाहरूमा सारिएको छ । उद्धार गरिएकामध्ये अधिकांश उत्तरी र मध्य अफ्रिकाका हुन् भन्ने विश्वास गरिएको छ । “

तपाइँको प्रतिक्रिया