शुक्रबार, वैशाख १४, २०८१

युरोपमा इन्धन गरिबीको संकटले गर्मी बढाउँदै

नाओमी लोईड२०७८ माघ १३ गते १:०७

लाखौं युरोपेलीहरूले यो जाडोमा खाने वा तताउने बिचमा अत्यन्तै कठिन छनोट गर्नुपर्ने भएको छ । वास्तविक अर्थतन्त्रले बुल्गेरियाको यात्रा गरेको छ जहाँ । त्यहाँ युरोपेली युनियन् (ईयु) कोषले परिवारहरूलाई तातो खाना बाँडेर मद्दत गरिरहेको छ ताकि उनीहरूले आफ्नो बचतलाई उनीहरूको अन्य महत्त्वपूर्ण आवश्यकताहरूमा लगाउन सकून् ।

खाने कि तताउने द्विविधा

तिन करोड ५० लाख भन्दा बढी युरोपेलीहरू यस जाडोमा आफ्नो घर न्यानो राख्न असमर्थ छन् । त्यो ग्रीस, पोर्चुगल, हंगेरी र आयरल्याण्डको सम्पूर्ण जनसंख्याको बराबर हो । यो जनसंख्याले कि तातोमा बस्ने वा तातो खाना भान्सामा तयार गर्ने बिच एक निर्णय गर्नुपर्छ ।

इन्धन वा ऊर्जा गरिबीको दुई मूल कारण कम आय र कम ऊर्जा दक्षता भएका भवनहरूमा बस्नु हो ।

हालैका महिनाहरूमा युरोपमा बढ्दो इन्धनको मूल्य र चलिरहेको महामारीले समस्यालाई बढाएको छ । यसले मानिसहरूलाई आफ्नो बिल तिर्न अझ गाह्रो बनाएको छ ।

ऊर्जा जस्ता अत्यावश्यक सेवाहरूमा पहुँच गर्ने अधिकारलाई युरोपेली सामाजिक अधिकारको स्तम्भमा समावेश गरिएको छ । युरोपमा बलियो सामाजिक अधिकारहरूको लागि यो मार्गनिर्देशन मानिन्छ ।

ईयूले आपतकालीन आय समर्थन र कर कटौती सहित ईन्धनको मूल्य कम राख्नका लागि देशहरूलाई सुझाव दिनुपर्ने उपायहरू रेखांकित गरेको छ ।

फ्रान्समा एफईएडी (फेआड) द्वारा आंशिक रूपमा वित्त पोषित बाङ्क आलिमँतेयर (खाद्य बैंक) हरू प्रयोग गर्ने मानिसहरूको संख्या महामारी सुरु भएदेखि ३० प्रतिशत भन्दा बढेको छ । फेआड सबैभन्दा वञ्चितहरूको लागि युरोपेली सहायता कोष हो ।

यो तस्विर युरोपभरि उस्तै छ । किनकि मानिसहरूले खाना र बढ्दो ऊर्जा बिलहरू तिर्न संघर्ष गरिरहेका छन् ।

बुल्गेरियामा जनसंख्याको एक चौथाई भन्दा बढीले आफ्नो घर तातो गर्न सक्दैनन् । त्यो युरोपमा उच्चतम स्तर हो । लिथुआनिया र साइप्रसको अवस्थापनि यस्तै छ ।

युरोपमा मानिसहरूले आफ्नो घर तातो बनाउन सबैभन्दा बढी संघर्ष कहाँ गर्छन् ?

जाडोको समयमा बुल्गेरियामा तापक्रम नियमित रूपमा शून्यभन्दा तल झर्छ । आफ्नो घर तताउन पैसा खोज्नु सामान्य हो । विशेष गरी सबैभन्दा कमजोर ब्यक्तिहरु जसले अक्सर न्यानो रहन खर्च गर्न सक्दैन् तिनकालागि चिन्ताको ठूलो विषय बन्न सक्छ ।

कमजोर इन्सुलेसन गरिएका भवनहरू, कम आय र बढ्दो ऊर्जाको मूल्य ऊर्जा गरीबीको मुख्य कारणहरू हुन् ।

कोचेरिनोभो बुल्गेरियाको पश्चिममा एउटा सानो पहाडी गाउँ हो । ७१ वर्षीया निकोला त्यहाँ एक्लै बस्छन् । उनले प्रति महिना लगभग १५० युरोको सानो पेन्सन प्राप्त गर्दछन् । लगभग त्यो बुल्गेरियाको न्युनतम तलबको आधा हो । निकोलाले ऊर्जा भत्ता पाउँछन् । सरकारले भुक्तान गरेको छ । र यो पैसाले उसले आफ्नो स्टोभको लागि काठ किन्न मात्रै सक्छन् ।

“अक्टोबरमा मैले दाउराका लागि ५२० लेभ (बुल्गेरियन मुद्रा) प्राप्त गरें । त्यो पूरै जाडोको लागि हो । ५०० लेभले पाँच क्यूबिक मिटर आउँछ । मैले आठ किनेँ र बाँकी आफ्नै खल्तीबाट तिरें । एक घन मिटरमा ७५ लेभ लाग्थ्यो । अहिले यो ९० छ । अहिले १५ लेभ थप भएको छ।”

बढ्दो ऊर्जा मूल्यहरूले निकोलाको बजेटमा धेरै महत्त्वपूर्ण प्रभाव पारेको छ । यदि उनले चिकित्सा सहायता र सेवानिवृत्त व्यक्तिहरूको लागि कोभिड बोनस प्राप्त गरे पनि आफ्नो बिल, औषधि र खाना तिर्न संघर्ष गरिरहेका छन् ।

युरोपेली फेयाड कोष

“आत्माको लागि न्यानो खाजा” भनिने कार्यक्रमको लागि धन्यवाद । निकोलाले हरेक दिन तातो खाना पाउँछन् । यसको मतलब उनले आफ्नो घरमा खाने वा न्यानो राख्ने बीचको असम्भव जस्तो लाग्ने छनौट गर्नुपर्दैन । यो पहल फेआड द्वारा आर्थिक सहयोग प्राप्त छ । सबैभन्दा वञ्चितहरूलाई दिईने युरोपेली सहायता कोष हो यो ।

सन् २०२० मा निकोला जस्ता एक करोड ५० लाख भन्दा बढी युरोपेलीहरूले युरोपेली फेआड कोषबाट खाद्य सहायताबाट लाभ उठाए ।

६२ वर्षीया एभिलिना निकोलाकै गाउँमा बस्छिन् । र हरेक दिन “आत्माको लागि न्यानो खाजा” कार्यक्रमबाट तातो खाना पनि पाउँछिन् ।

अपाङ्गता भएपनि उनले आमाबुवाको हेरचाह आफैंले गरिरहेकी छिन् । तिनीहरूको निवृत्तिभरण परिवारको खर्च भरथेग गर्न पर्याप्त छैन । त्यसैले उनले धेरै राज्य सुविधाहरू प्राप्त गर्छिन् जसले उनलाई त्यो पूरा गर्न अनुमति दिन्छ ।

म तातो खाना खान र घर तताउन मद्दत लिन्छु । त्यहाँ एक सहायक पनि छ जो मलाई मद्दत गर्न आउँछन् । यो धेरै राम्रो छ । कम्तिमा मैले अहिले खाना पकाउनु पर्दैन।”

इभेलिनाले ऊर्जा बचत गर्ने स्तरिय चुलो खरिद गरेर केही पैसा बचत गर्न सफल भएकी छिन् । यसले काठको सट्टा कोइलाका गोलीहरू जलाउँछ ।

ऊर्जाको मूल्य बुल्गेरियामा बस्ने लागतको एक महत्त्वपूर्ण अंश हो । विशेष गरी गरिब परिवारहरूको लागि । सन् २०१८ मा यसले खर्चको लगभग १६ प्रतिशत प्रतिनिधित्व गरेको अभिलेख छ जबकि यहि समयमा स्वीडेनमा औसत ऊर्जा लागत लगभग ४ प्रतिशत थियो ।

सबैभन्दा कमजोर र ऊर्जामा गरिबहरूलाई मद्दत गर्न राष्ट्रिय उपायहरू दिएर काम गर्नु र पूरक बन्नु फेआडको रणनीति हो । प्रदान गरिएको तातो खाना र रोटीले परिवारको बजेटलाई सजिलो बनाउँछ ताकि मानिसहरूले आफ्नो बचतलाई आफ्नो अन्य महत्त्वपूर्ण आवश्यकताहरूमा लगाउन सकून्।

युरोपेली आयोगका रोजगार, सामाजिक मामिला र समावेशीकरणका उपमहानिर्देशक एन्ड्रियाना सुकोवा भन्छिन् “यस्तो संयुक्त समर्थन महत्त्वपूर्ण छ ।”

फेआड कार्यक्रम मार्फत उपलब्ध गराइने खाद्यान्न र आधारभूत सामग्री सहयोग पनि राष्ट्रिय नीति र राष्ट्रिय उपायहरूसँगै गरिब जनताको व्यक्तिगत आम्दानीमा पर्ने बोझ घटाउन हो । आफ्नो घर न्यानो राख्न वा किन्नका लागि गरिबहरूका लागि यो धेरै महत्त्वपूर्ण साबित भएको छ । वृद्ध मानिसहरूलाई आवश्यक पर्ने औषधिहरू, सन्तुलित र व्यावहारिक जीवन राख्न मद्दत गरेको छ ।

यो अझै अगाडि बढ्दै जाने छ । फेआडको काम ‘युरोपेली सामाजिक कोष प्लस’ को सहयोग जारी रहनेछ र यसको बजेट लगभग दोब्बर हुनेछ ।

(युरोपेली कमिशनको साझेदारीमा युरोन्युजले तयार पारेको सामाग्रिको नेपाली भावानुवाद)

तपाइँको प्रतिक्रिया