शुक्रबार, चैत १६, २०८०

जाडोयाम भरि युरोपमा एक लाख ‘भूत उडान’

नेपालप्लस संवाददाता२०७८ माघ १४ गते २१:२३

एयरपोर्टमा आफ्ना पार्किङ, ल्याण्डिङ, उडान समय र तालिका आदि स्थान (फ्लाईट स्लट) हरू प्रयोगको लागि युरोपेली नियमहरूका कारण यो जाडोमा युरोपमा कम्तिमा एक लाख “भूत उडानहरू” हुने भएका छन् ।

ग्रीनपीसको विश्लेषण अनुसार हालपनि भकाभक भुत उडानहरु भैरहेका छन् । यी भुत उडान (खाली उडान) हरूमा लगभग कुनै यात्रु छैनन् ।

एयरलाइन्सहरूलाई प्रमुख एयरपोर्टहरूमा उनीहरूको टेक-अफ र अवतरण अनुमति कायम राख्ने उद्देश्यले खाली उडानहरु गरिन्छ । युरोपियन युनियनले एयरलाइन्सहरूलाई उनीहरूको अधिकार कायम राख्न सक्षम हुनका लागि टेक-अफ र ल्यान्डिङका लागि छुट्याइएको समय सूचीको कम्तिमा ५० प्रतिशत सम्मान गर्न आवश्यक छ ।

ग्रीनपिसका अनुसार यी उडानहरूले २१ लाख टन हरितगृह ग्यास उत्सर्जन गर्न सक्छन् । त्यो भनेको १४ लाख वटा मध्यम आकारको पेट्रोल वा डिजेल कारहरूले एक वर्षमा उत्सर्जन गर्ने हरित ग्यास बराबर हो ।

गत डिसेम्बरमा लुफ्थान्साका प्रमुख कार्यकारी निर्देशक कार्स्टेन स्पोहरले उनको कम्पनीले युरोपेली नियमहरूको कारण १८ हजार खाली उडान गर्न बाध्य हुने बताएका थिए ।

एक लाख उडानहरूको कोटा पुर्‍याउन ग्रीनपीसले अन्य युरोपेली विमान कम्पनीहरुसित साझेदारी गर्ने प्रस्ताव गरेको छ । अन्य विमान कम्पनीलेपनि लुफ्थान्साको १८ हजार उडान मध्ये लुफ्थान्साकै नाममा उडाउन मिल्ने प्रस्ताव गरेको हो ।

युरोपेली विमान कम्पनीका उडान मध्ये जर्मन क्यारियरले १७ प्रतिशत भाग ओगट्छ । बजार साझेदारीको आधारमा अन्य युरोपेली एयरलाइनहरूमा लुफ्थान्साको भुत उडान (खाली, रित्ता उडान) हरूको अनुपात पुरा गर्ने प्रस्ताव गरेको छ ।

ग्रीन पिसले एक लाख भुत उडान गर्नुभन्दा ति कम्पनीको उडानलाई अन्य कम मुल्यमा उड्ने (लो कस्ट फ्लाईट) विमान कम्पनीहरुलाई दिने र तिनले टिकटको मूल्य घटाएर बढी यात्रु लैजान सक्ने प्रस्ताव गरेको छ । यसो गर्दा भुत उडान गर्ने कम्पनीले आफ्नो स्लट कायम राख्न सक्छन् र आर्थिक भारपनि कम पर्छ ।

ग्रीनपीसको ‘युरोपियन मोबिलिटी फर अल’ अभियानका प्रवक्ता हर्विग शुस्टरका अनुसार यो ईयुले कार्यान्वयन गर्नका लागि सजिलो कदमहरू नउठाउने, अर्थात् फ्यान्टम उडान (खाली उडान) हरू अन्त्य गर्ने र उचित रेल लिंक भएको ठाउँमा छोटो दुरीका उडानहरू निषेध गर्नु गैरजिम्मेवारपूर्ण हुनेछ ।

तपाइँको प्रतिक्रिया

फेसबुक