बिहीबार, वैशाख १३, २०८१

निराशा र एक्लोपनबाट छुट्कारा पाउन ईटालीयन हजुरआमाहरुलाई टिकटक

नेपालप्लस संवाददाता२०७८ माघ १५ गते ०:१९

खासगरि किशोर किशोरीहरुमा लोकप्रिय ठानिएको टिकटक अहिले ईटालीका हजुरआमाहरुमा समेत निकै लोकप्रिय देखिएको छ ।

इटालीको एक हेरचाह केन्द्र (डे केयर सेन्टर) का वृद्ध महिलाहरू डिप्रेसन र एक्लोपनबाट लड्न सामाजिक सञ्जाल प्लेटफर्म टिकटकमा युवाहरूसँग संलग्न भइरहेका छन् ।

अहिले सम्म, ‘फलोवर्स’, ‘लाइक’, ‘इनफ्लुएन्स’, ‘डिसलाईक’ ‘कमेन्ट’ जस्ता सामाजिक सञ्जालका सामान्य शब्द उत्तरी इटालीको मोडेना नजिकैको क्याप्रीको केन्द्रमा रहेका महिलाहरूलाई केही मतलब थिएन ।

तर अहिले त्यो परिवर्तन भएको छ । किनकि हजुरआमाहरूले युवा पुस्ताका लागि भिडियोहरू उत्पादन गरेर १० हजार फलोअरहरू बढाएका छन् ।

एससिएआइ सहकारीले महामारीको समयमा यो पहल गर्‍यो । केन्द्रका केहि हजुरआमाहरुमा एक्लोपना, निराशा, नकारात्मक भावनाका लक्षण देखाउन थालेपछि यो पहल गरिएको थियो ।

केन्द्रका निर्देशक इलारियो डे निटिसले वृद्ध र युवाहरूले सँगै समय बिताउन सक्ने आफूहरूसँग परियोजनाहरू भएको तर कोविड-१९ को बीचमा यो गाह्रो भएको बताए ।

युवाहरुको भोट तान्न फ्रान्सेली राष्ट्रपतिका उम्मेदवारको टिकटकमा लडाई

डेकेयर सेन्टरलाई यस क्षेत्रमा बस्ने परिवारहरूले निजी रूपमा सहयोग र समर्थन गरेका छन् । त्यसैले स्थानीय समुदायसँगको सम्बन्ध पहिले नै गहिरो थियो ।

तर तिनीहरू अहिले अझ बलियो भएका छन् । किनभने वृद्धहरूले सामाजिक सन्जालमा युवाहरूलाई भेट्न सक्छन् ।

“हामी धेरै खुसी छौं । किनभने तिनीहरूले हामी हाम्रो ठाउँ देख्न सक्छन् । बाहिरका मानिसहरू हामीलाई यहाँ खुसीसाथ बाँचिरहेको, राम्रो व्यवहार र सम्मान गरेको देखेर धेरै खुसी छन्” केन्द्रका वृद्धहरू मध्ये एक एड्रियाना मिशेलिनीले भनिन् ।

क्रिसमसको सजावट गर्ने, व्यायाम र बाहिरका मानिसहरूलाई अभिवादन गर्ने कला र तरिकाहरूले ति महिलाहरूलाई अप्रत्याशित रूपमा प्रसिद्ध बनायो ।

मौरिजिया पोलाई ‘तपाई आफू अहिले एक प्रसिद्ध हजुरआमा हुँ भनेर थाहा छ ?’ भनेर सोध्दा उनले जवाफ दिइन् “के म एक प्रसिद्ध हजुरआमा हुँ ? एक प्रसिद्ध पो ? तपाईंले यो कथा कहाँबाट पाउनुभयो ?”

सामाजिक सञ्जालमा पोष्ट गरिएको एक भिडियोमा प्राविधिकरुपमा जानकार हजुरआमाहरूले उनीहरूको रेकर्ड संख्या ब्यापक देखेपछि फलोअरहरू सबैलाई धन्यवाद दिइरहेका छन् । तर ति हजुरआमाहरु अझै धेरै फलोवरहरु प्राप्त गर्ने र अझै धेरै बनाउनमा कटिबद्ध छन् ।

(स्रोत-फ्रंस२४न्युज)

तपाइँको प्रतिक्रिया