शुक्रबार, वैशाख १४, २०८१

खोप पास लागु हुनासाथ युरोपमा जोडी भेट्टाउन मुस्किल

नेपालप्लस संवाददाता / फ्रान्स२०७८ माघ १६ गते ०:०६

फ्रान्समा खोप पास लागू भएदेखि कोविड-१९ विरुद्ध खोप नगरिएका मानिसहरू अब बार, रेस्टुरेन्ट र सिनेमाघरहरूमा जान पाउँदैनन् । तिनै ठाउँ केटाकेटी भेट्ने, रमाइलो गर्ने, प्रेमी प्रेमीका भेट हुने उपयुक्त ठाउँहरू हुन् । डेटिङ अनुप्राग (एप) हरूमा प्रयोगकर्ताहरूको बढ्दो संख्याले आफ्नो खोपको स्थिति पोस्ट गर्दै छन् । खोप लगाएकाहरुले ‘मैले खोप लगाइसकेको छु, म सुरक्षित छु’ भनेर मनपर्ने केटा वा केटी खोजिरहेका छन् ।

कोविडको समय प्रेमकालागि एक जटिल मामला बनेको छ । फ्रान्समा सोमबार खोप पास लागू भएपछि यस हप्ता डेटिङ झन् गाह्रो भयो । नयाँ पासले १६ वर्ष वा माथिका मानिसहरूले सार्वजनिक स्थानहरू जस्तै बार, रेस्टुरेन्ट र सिनेमाघरहरूमा प्रवेश गर्न खोपको प्रमाण (अर्थात तीन डोज खोप) देखाउनु पर्छ ।

स्विट्जरल्याण्डमा एउटा नयाँ डेटिङ एप छ, (भ्याक्सिन-फ्री: लब) ले अब खोप नभएका एकलहरूलाई भेट हुने अवसर प्रदान गर्दछ । साइटले युरोपमा विशेष गरी जर्मनीमा १२ हजार भन्दा बढी प्रयोगकर्ताहरू भएको दावी गरेको छ ।

फ्रान्समा खोप नलगाएका वा लगाउन नचाहनेकालागि डेटिङ एप अझै छैन । तर केही लोकप्रिय रहेका विश्वब्यापी डेटिङ एप छन् ति फ्रान्समा पनि लोकप्रिय छन् । ति सीमापार जनस्वास्थ्य आवश्यकताहरू अनुरूप सार्वजनिक गरिएका छन् ।

विश्वको अग्रणी अनलाइन डेटिङ एपहरू मध्ये एक टिन्डरले गत गर्मीयाम देखि प्रयोगकर्ताहरूलाई ‘भ्याक्सिनेटेड’ वा ‘भ्याक्सिङ सून’ अन्तरक्रियात्मक स्टिकरहरू तिनीहरूको प्रोफाइलको लागि प्रस्ताव गरेको छ । अमेरिकामा टिन्डर, हिन्ज, ओकेकुपिड र म्याच जस्ता अन्य एपहरूसँगै खोप लगाइएको जानकारि दिने प्रयोगकर्ताहरूलाई प्रोफाइल ब्याज, बुस्टहरू र ‘सुपर लाइकहरू’ जस्ता सुविधाहरू प्रदान गरेर खोप जागरूकता बढाउन गत वर्ष व्हाइट हाउससँग साझेदारी गर्‍यो । युके सरकारले पनि ‘इन-एप बोनस’ हरू प्रदान गर्न अग्रणी डेटिङ ब्रान्डहरूसँग मिलेर काम गर्यो । भ्याक्सिन गरिएका प्रोफाइलहरूको लागि ।

तर पनि प्रश्न उठ्छ, के खोप स्थितिको सार्वजनिक घोषणाहरूले फ्रान्सेलीहरू वा अन्य देशका प्रेमको कथा पारखीहरूका लागि काम गर्दछ ?

जोडी खोज्ने विशाल फ्रान्सेली डेटिङ साइट मिटिकमा प्रति महिना एक करोड भन्दा बढीले भ्रमण गर्छन् । जाब वा बुस्टर खोप अब प्रयोगकर्ताको प्रोफाइलहरूमा एक सुविधा थपिएको छ । तर यो अझै २४ वर्षीया सलोमेको लागि अनावस्यक हो ।

“यो मेडिकल जानकारी हो । मलाई डेटिङ एपमा समावेश गर्नु अनौठो लाग्छ” उनी भन्छिन् । उनले दुई डोज खोप लगाएकि छन् । तथापि कोविड-१९ भाइरसले आफ्नो प्रेम जीवनमा असर पारेको भनाई उनको छ ।

“डेटिङ अहिले झन् जटिल छ । म एपहरूमा कम भरोसा गर्छु । किनभने मलाई थाहा हुन्न केटा कहाँ हुन्छ । वा ऊ संक्रमित भएको बेलामा भाइरस हल्का रूपमा रहेको भए त्यो नदेखिएपनि सार्न सक्छ ।”

खोप खोज्दै

टिन्डर फ्रान्सका प्रवक्ता बेन पुयग्रेनियरका लागि खोप स्टिकरले यस महामारीले ल्याएको भारीपनलाई कम गर्छ । जुन सबैका लागि दमनकारी रहन्छ । “विशेष गरी जब तपाईं डेटिङ गर्दै हुनुहुन्छ” उनले फ्रान्स २४ सँग भने ।

टिन्डरले खोप स्थितिलाई विकल्पका रुपमा प्रस्ताव गरेको छ । किनभने कम्पनीका टोलीहरूले पत्ता लगाए कि धेरै प्रयोगकर्ताहरूले उनीहरूको प्रोफाइलमा खोपको स्थिति साझा गरिसकेको पुयग्रेनियरले बताए । कम्पनीले डिसेम्बर २०२० देखि खोप प्रयोगकर्ताहरू बीच छलफल हुनु अपरिहार्य विषय भएको बताएको छ । कम्पनीको तथ्यांक अनुसार छ महिनामा (डिसेम्बर २०२० देखि जुन २०२१ सम्म) भ्याक्सिन शब्द यो डेटिङ साईटमा १४९ प्रतिशतले बढेको छ ।

टिन्डर यो घटना अवलोकन गर्ने एक मात्र प्लेटफर्म होइन । मेटिकमा अगस्त २०२१ मा गरिएको एक आन्तरिक अध्ययनले पत्ता लगायो कि दर्ता भएका प्रयोगकर्ताहरूको ३२ प्रतिशतले पहिले नै आफ्नो खोप स्थिति भरिसकेका थिए । अझ के हो भने फ्रान्सेली एपका ५० प्रतिशत प्रयोगकर्ताहरूले उनीहरू कसैलाई भेट्न मद्दत गर्न खोपमा भरोसा गरिरहेका थिए । तर फेब्रुअरी २०२१ मा यो १८ प्रतिशत मात्र थियो ।

रेस्टुरेन्टहरू छाडेर सिधा घर

जब नयाँ खोप पास सोमबारदेखि लागू भयो स्थिति झनै कठिन भयो । पहिलेको स्वास्थ्य पासले मानिसहरूलाई अन्य कागजातहरू देखाएर रेस्टुरेन्ट, बारहरुमा जान अनुमति दिएको थियो । जस्तै-कोरोना परिक्षणको नकारात्मक प्रमाणले सार्वजनिक स्थानहरूमा प्रवेश पाइन्थ्यो । खोप पास खोप लगाइएका वा कोभिड-१९ लागेर सन्चो भएको प्रमाण भएका व्यक्तिहरूका लागि मात्र उपलब्ध छ अहिले । त्यो पनि ११ हप्ता र छ महिनाको सङ्क्रमण बीचमा मात्रै लागु हुन्छ ।

“खोप नगरिएको व्यक्तिसँग कुनै रेस्टुरेन्ट, बार वा सिनेमाघरहरू जाने बिकल्प छैनन् । डेटिङ एकदम सीमित हुनेछ” सलोमे सास फेर्छिन् ।

“जाडोको बेला एक मात्र विकल्प भनेको अपार्टमेन्टमा भेट्नु हो । सुरक्षित रहनकालागि केटालाई नचिनेपनि उसको ठाउँमा पहिलो डेटमा जान थोरै केटीहरु मात्रै राजी हुन्छन् । र मपनि जान्न। यसले खोप नगरिएका पुरुषहरूको लागि डेटिङको संख्या घटाउनेछ” उनको भनाई छ ।

३४ वर्षीया एडेल फ्रान्सका २० प्रतिशत मानिसहरूमध्ये एक हुन् जसलाई खोप लगाइएको छैन । बारम्बार टिन्डर र एडोप्ट प्रयोगकर्ता उनी भन्छिन् “मलाई डेटिङ एप्समा कहिले पनि अप्ठ्यारो लागेको छैन ।” कोविद-१९ ले उनको डेटिङमा पुग्ने तरिका मात्र परिवर्तन गरेको छ ।

“लकडाउनको समयमा एपहरू कसैलाई भेट्ने एक मात्र माध्यम थियो । जबकि महामारी भन्दा पहिले म महिनामा एक पटक नाच्न वा साथीको ठाउँमा जाँदा मानिसहरूलाई चिन्ने गर्थें” उनले भनिन् “केटाहरु भेटेर मलाई त्यो सामाजिक सम्बन्ध राख्न अनुमति दियो । सबै बन्द भएकोले कर्फ्यूको बावजुद हामी एकअर्काको घरमा भेट्थ्यौं ।”

“महामारी भन्दा पहिले म रक्सी पिउने वा कसैसँग चलचित्र हेर्ने प्रारम्भिक चरणमा जान्थें। अब त्यो तरिका छाड्नु मेरो लागि सामान्य भएको छ । कोविड पछि डेटिङहरु तुरुन्तै गम्भीर भैदिए । ”

यद्यपि एडेल आफैंले बुस्टर लगाईनन् । उनको भनाईमा उनको आदर्श जोडी खोप बिरोधी हुनु पर्दैन । “मलाई स्विस एपको दृष्टिकोण धेरै अलग गरिएको जस्तो लाग्छ। म मेरो विचार साझा नगर्ने जोकसैसँग छलफल गर्न सक्छु । यो रोक्न खोज्नु लाजमर्दो हो” उनी भन्छिन् ।

एडेलसँग अर्को केही महिनाको लागि खोप पास छ । किनभने उनले एपमा भेटेका एक व्यक्तिबाट कोभिड-१९ सरेको थियो । त्यो निको भएकाले उनीसित पास छ । तर उनी आफ्नो डेटिङ भविष्यको बारेमा कौतुहलमा छन् ।

“यसले भ्याक्सिन पास नभएका मानिसहरूलाई भेट्न सम्भवतः सजिलो हुनेछ” उनी अनुमान गर्छिन् । “यदि कसैले ‘भ्याक्सिनेटेड’ स्टिकर पोष्ट गर्छ र म उसलाई मन पराउँछु भने म उसको प्रोफाइललाई विस्तृत रूपमा हेर्छु । यदि मैले देखे कि ऊ विशेष गरी खोप नभएका मानिसहरूको विरुद्धमा छ भने म यसको पछि लाग्ने छैन।”

तपाइँको प्रतिक्रिया