बुधबार, वैशाख १२, २०८१

जर्मन कामदारहरूद्वारा न्यूनतम ज्याला वृद्धिको स्वागत, रोजगारदाता मुद्रास्फीति बारे चिन्तित

नेपालप्लस संवाददाता२०७८ माघ १६ गते १२:४३

जर्मनीको नयाँ सरकारले न्यूनतम पारिश्रमिकलाई प्रतिघण्टा १२ यूरो पुर्‍याउने योजना बनाएको छ । यो परिवर्तनले यस वर्ष करिब ६० लाख कामदारहरूलाई फाईदा पुग्ने छ ।

पारिश्रमिक वृद्धि चान्सलर ओलाफ स्कोल्जले आफ्नो निर्वाचन अभियानका क्रममा गरेको वाचा मध्ये एक थियो । कामदारहरूले यस समाचारलाई स्वागत गरे पनि केही रोजगारदाताहरू खुशि छैनन् । उनीहरुले पहिले नै लकडाउनको समयमा व्यवसाय गुमाएकाले त्यसलाई कसरि उठाउने भन्ने दबाबमा छन् । सँगै उच्च मुद्रास्फीतिको बीचमा कसरी व्यवस्थापन गर्ने भनेर चिन्तित छन् ।

आउने वर्षमा ओबेर्क्र्मेर स्थित प्लेन्ट्ज बेकरीले जर्मनीका अन्य कम्पनीहरूले जस्तै नयाँ न्यूनतम ज्याला लागू गर्नुपर्नेछ जुन २० प्रतिशतले बढाइनेछ । गरिबी र कम ज्यालाले ग्रस्त ब्रान्डेनबर्ग क्षेत्रमा तीन मध्ये एक जना कामदार तलब वृद्धिबाट लाभान्वित हुनेछन् ।

“एक कर्मचारीको रूपमा मलाई लाग्छ कि यो राम्रो निर्णय हो । उचित तलब पाउनु उत्कृष्ट कुरा हो । एक पेशेवरको रूपमा म सभ्य रूपमा भुक्तानी पाउँदा खुसी छु” प्लेन्ट्ज बेकर माइकल थ्रुत्सेलरले फ्रान्स २४ लाई भने ।

सरकारको निर्णयपछि बेकरीका मालिक कार्ल-डिएटमार प्लेन्ट्जलाई दुई वटा कुरा खट्केको छ : उनका कर्मचारीहरू विशेष गरी काम गर्न चाँडो उठ्नुपर्नेहरू यसको लागि योग्य छन् । तर उनी मुद्रास्फीति हुने र मूल्यहरू बढाउनुपर्ने चिन्ता गर्छन् । यसको अर्थ उनको कम्पनीको भविष्यका बारेमा उनको चिन्ता छ । किनकि जर्मनीमा हरेक दिन एउटा बेकरी सधैंकालागि बन्द हुने गरेको छ ।

“जर्मनीमा हरेक दिन एउटा बेकरी बन्द हुँदैछ । हामी कोरोनाभाइरस प्रतिबन्धबाट पीडित छौं । ऊर्जा र कच्चा पदार्थको मूल्य बढेको छ । अब तलबमा २० प्रतिशत वृद्धि भएको छ । यसको असर पक्कै पर्ने छ” उनले भने।

वृद्धिबाट लाभान्वित हुने ६० लाख कामदारमध्ये चार लाख महिला हुनेछन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक