बिहीबार, वैशाख १३, २०८१

रूस-जर्मनी ग्यास पाइपलाइन र भू-राजनीतिक स्वार्थ

सोन्या सियस्निक, फ्रंस २४ / फ्रान्स२०७८ माघ १७ गते १८:३२

युक्रेन वरपरको संकटले युरोपेलीहरूलाई तिनीहरू रूसी ऊर्जा आपूर्तिमा कत्तिको निर्भर छन् भनेर कठोर रुपमा संझाएको छ । भ्लादिमिर पुटिनले युक्रेनमा आक्रमण गर्ने निर्णय गरेमा युरोपेली युनियनले रुसलाई एकजुट र बलियो प्रतिक्रिया दिने विकल्पहरू तौलिरहेको छन् । ईयुले रूसी तेल र ग्यासमाथिको आफ्नो निर्भरतामा असहजताको नयाँ भावना महसुस गरिरहेको छ ।

“अमेरिका र ईयूले युक्रेनमा थप रुसी आक्रमणको परिणाम सहित आपूर्ति झटकाबाट बच्न विश्वभरका विभिन्न स्रोतहरूबाट ईयुमा प्राकृतिक ग्यासको निरन्तर, पर्याप्त र समयमै आपूर्ति गर्न संयुक्त रूपमा काम गरिरहेका छन्” अमेरिकी राष्ट्रपति जो बाइडेन र युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डर लेयनले शुक्रबार एक संयुक्त विज्ञप्तिमा घोषणा गरेका छन् ।

युक्रेनी सीमामा रूसी सेनाको तैनाथीले बढ्दो तनाव स्रिजना गरेको छ । त्यसले विवादास्पद नर्ड स्ट्रिम २ परियोजनामा जोखिम र संशय बनाएको छ जुन् १,२०० किलोमिटर भन्दा बढी लामो ग्यास पाइपलाइन बाल्टिक सागर अन्तर्गत पश्चिमी रूसबाट उत्तरपूर्वी जर्मनीसम्म चलिरहेको छ । त्यो २०२१ को अन्तमा सम्पन्न भएको थियो। ।

रुसी, जर्मन, डच र फ्रान्सेली ऊर्जा कम्पनीहरूको संयुक्त आयोजनामा रहेको उक्त पाइपलाइनलाई ब्रसेल्सबाट सञ्चालनमा ल्याउन हरीयो बत्ती दिइयो । यसले प्रत्येक वर्ष जर्मनीमा ५५ अर्ब घनमिटर ग्यास पठाउन सक्छ।

तर रुससँगको वर्तमान कूटनीतिक संकटले पाइपलाइनको भविष्यलाई जटिल बनाएको छ । यदि रूसले युक्रेनमा आक्रमण गर्‍यो भने “नोर्ड स्ट्रिम २ रोक्ने निर्णय ईयु को राजनीतिक वा सैन्य रणनीतिको एक हिस्सा हुनेछ” पेरिसको दोफिन विश्वविद्यालयको जलवायु अर्थशास्त्र विभागकी निर्देशक अन्ना क्रेटीले फ्रान्स २४ सँगको अन्तर्वार्तामा भनेकि छन् ।

“एकपक्षीय रूपमा गर्न सकिँदैन । यसका लागि सम्पूर्ण कन्सोर्टियम (इयुका बिभिन्न देशका कम्पनीको साझा पअभियान् पहल, योजना) को सहमति चाहिन्छ” उनको भनाई छ ।

नर्ड स्ट्रिम २ को दीर्घकालीन सम्झौतामा “हामीसँग एकातिर रसियाको राष्ट्रिय कम्पनी गाजप्रोम छ र अर्कोतिर हामीसँग धेरै युरोपेली कम्पनीहरू छन् जसले सम्झौताहरूबाट लाभ लिने वा परिमार्जन गर्नुपर्नेछ” क्रेटीले भनिन् । “ईुयु मात्रै एक सरोकारवाला होइन र रसियाले [सम्बन्धित] कम्पनीहरूसँग सम्झौता गर्न सकोस । र सम्भवतः एक अर्को विरुद्ध खेल्न सकोस ।”

आपूर्ति जोखिममा रहेको संकेत

अर्कोतर्फ “यदि रुसले युरोपमा ग्यासको प्रवाह रोक्ने निर्णय गर्‍यो भनेपनि यो रातारात हुने छैन” क्रेतीले भनिन् । अचानक ग्यास प्रवाह रोक्दा सुरक्षा जोखिम बढ्ने हुनालेपनि ऊर्जा आपूर्तिमा पूर्ण अवरोध तत्कालै हुने सम्भावना छैन ।

क्रेटीका अनुसार अधिक सम्भावित परिदृश्य के छ भने रूसले केही हप्ताहरूमा ग्यासको प्रवाहलाई घटाउने छ जसले युरोपेलीहरूलाई उनीहरूको आपूर्ति खतरामा छ भन्ने स्पष्ट संकेत पठाउनेछ ।

सन् २००८ मा पनि त्यस्तै भएको थियो, जब मस्को र कीभ बीच ऊर्जा भुक्तानीमा मतभेद र युक्रेनले ग्यास स्थानान्तरण गरिरहेको आरोपले मस्कोलाई ऊर्जा प्रवाह रोक्न प्रेरित गर्‍यो । र जनवरीमा दुई हप्ता भन्दा बढीको लागि युरोपका केही भागहरू रूसी उर्जाविहीन भए ।

युरोस्टाट तथ्यांकका अनुसार सन् २०१९ मा ईयुको आधा भन्दा बढी ऊर्जा आवश्यकता अर्थात् ६१ प्रतिशत आयात द्वारा आपूर्ति गरिएको थियो । ईयु मुख्यतया कच्चा तेल, प्राकृतिक ग्यास (इयुको आपूर्तिको ३५ प्रतिशत) र ठोस ईन्धन आयातको लागी रूसमा निर्भर गर्दछ ।

यदि युरोपले रुसी ग्याँसबाट छुटकारा पाउने हो भने विकल्पहरू के छन् ? “यसबाट ग्यास निर्यातकर्ताको रूपमा अमेरिकाको भूमिका शुरु हुन्छ” क्रेटीले भनिन् ।

संयुक्त राज्य अमेरिका तरल प्राकृतिक ग्यास (एलएनजी) को एक महत्वपूर्ण उत्पादक हो जुन समुद्र द्वारा ग्याँसका टर्मिनलहरूमा ढुवानी गर्न सकिन्छ । एलएनजी क्लासिक ग्यासको एक सुविधाजनक विकल्प हो । एक ऊर्जा स्रोत हो जुन पाइपलाइनहरू मार्फत मात्र ढुवानी गर्न सकिन्छ । अमेरिकी अधिकारीहरूले गत मंगलवार घोषणा गरे अनुसार तिनीहरू मध्य पूर्व र उत्तर अफ्रिकाका आपूर्तिकर्ताहरूसँग युरोपमा एलएनजी डेलिभरी बढाउन वार्ता गरिरहेका छन् ।

“एलएनजी डाइभर्सनहरू दक्षिणी युरोप र एशियाबाट पनि आउनसक्छ यद्यपि यी अन्तिम-मिनेट गरिने आपूर्तिहरू हुन् जुन उच्च मूल्यमा खरिद गरिन्छ” क्रेटीले उल्लेख गरिन् ।

‘युक्रेनी सरकार विरुद्ध दबाब अभियानको एक भागको रूपमा रसियाले युक्रेन हुँदै युरोपमा जाने ऊर्जा आपूर्तिको मात्रा लगभग ५० प्रतिशतले घटाएको छ’ न्यु योर्क टाइम्सले रिपोर्ट गरेको छ।

नर्ड स्ट्रिम २ को भविष्य अनिश्चित रहनेछ जबसम्म मस्को र पश्चिमबीचको मौखिक झगडा जारी रहन्छ ।

पाइपलाइन पूर्ण रूपमा सञ्चालन हुनु अघि दुई थप अवरोधहरू हटाउनु पर्छ: सुरक्षा प्रमाणीकरण र नियामक स्वीकृति । ब्रसेल्सका अधिकारीहरूले हाल पाइपलाइन युरोपेली ऊर्जा नियमहरूसँग मिल्दोजुल्दो छ कि छैन भनेर निर्णयको प्रयास गरिरहेका छन् । निर्णय विशुद्ध प्राविधिक देखिन सक्छ । अन्तमा “रूसलाई धेरै शक्ति दिने कि नदिने भनेर निर्णय गर्नुपर्ने छ” क्रेटीको भनाई छ ।

एक उच्च-स्तरीय जर्मन कूटनीतिज्ञले सम्भावित खतराहरूलाई कम गरे, रसिया पनि युरोपमा भर परेको उल्लेख गर्दै ।

“अवश्य पनि युरोप र रसियाबिच केही अन्तरनिर्भरता छ । हामीले रूसबाट धेरै ग्यास पाउँछौं । र ईयु रूसको लागि सबैभन्दा ठूलो ग्यास बजार हो । रूसी आम्दानीको ठूलो हिस्सा ग्यास निर्यातबाट आउँछ । जहाँसम्म ग्यासको सवाल छ, अहिले आपूर्तिको सुरक्षा छ’ नाम उल्लेख नगर्न आग्रह गरेका कूटनीतिज्ञले भने ।

जर्मनीले हालैका हप्ताहरूमा आक्रामक रुसी प्रतिक्रियामा डगमगाएको आरोप लगाइएको छ । कीभमा हतियार निर्यातलाई अस्वीकार गरेर ईयू साझेदारहरूसँगको सम्बन्ध तोडेको र नर्ड स्ट्रिम २ लाई युक्रेन मुद्दाबाट अलग विचार गर्नुपर्दछ भनेको छ । किनभने यो “निजी-क्षेत्र को परियोजना भएकाले दुई फरक ब्यवहारले हेरिनुपर्ने भनाई जर्मनीको छ ।

जर्मन कूटनीतिज्ञको लागि बर्लिनको स्थिति स्पष्ट छ । “हामी धेरै स्पष्ट छौं कि रूसी धम्कीहरू अस्वीकार्य छन् । हामी नाटो र ईयुमा हाम्रा साझेदारहरूसँग पूर्ण रूपमा पङ्क्तिबद्ध छौं । कुनै हिचकिचाहट भएको छैन।”

जर्मनीको नयाँ गठबन्धन सरकार भित्र हरित पार्टी रुसप्रति कट्टरपन्थी दृष्टिकोण अपनाउने बलियो वकालत गरिरहेको छ । नयाँ विदेश मन्त्री र ग्रीन पार्टीकी सदस्य अन्नालेना बेरबकले भर्खरै पुटिनको विरुद्धमा उभिन इच्छुकता देखाउँदै भनिन् “नर्ड स्ट्रिम २ लाई रुस विरुद्ध तयार भइरहेको प्रतिबन्धको शस्त्रागारमा समावेश गरिनुपर्छ ।”

युक्रेनको राजधानी कीभमा अधिकारीहरूसँगको बैठक पछि बेरबक रुसी विदेशमन्त्री सर्गेई लाभरोभसँग उच्चस्तरको बैठकको लागि जनवरी १८ मा मस्को पुगे ।

लाभरोभसँगको वार्तापछिको संयुक्त पत्रकार सम्मेलनमा बेयरबकले रुसले युक्रेनमा आक्रमण गरे नर्ड स्ट्रिम २ पाइपलाइन अगाडि बढ्न नसक्ने चेतावनी दिएकी थिइन्। केही घन्टा पछि, जर्मन चान्सलर ओलाफ स्कोल्जले यो स्थितिलाई पुन: घोषणा गरे । यदि रूसले युक्रेनमा आक्रमण गर्यो भने जर्मनीले नर्ड स्ट्रीम २ अपरेसनहरू रोक्न विचार गर्ने पनि उल्लेख गरे ।

पाइपलाइन हाल तयार अवस्थामा रहेको बेला रुसले गत शुक्रवार पुटिनले जर्मन व्यवसायी नेताहरूसँग भेट्ने तालिका रहेको घोषणा गर्‍यो ।

वार्ताको सामग्रीको बारेको अनुमानबारे सोध्दा क्रेटीले प्रस्ताव राखिन्: “रुसीहरूले ‘हामीले समय गुमाउन छोड्नुपर्छ’ भन्न सक्छन् । र पाइपलाइन सञ्चालन नभएमा युरोपेली कम्पनीहरूलाई जरिवानासहित धम्की दिन्छन्” उनले भनिन् ।

युरोपेलीहरूले पनि ग्यास युद्धहरूमा खेल मैदानलाई बराबरी गर्न खोज्न सक्छन्, । नर्ड स्ट्रिम पाईप खोल्ने वा युरोपसँग रूसको सम्बन्धको वर्तमान अवस्थाको आधारमा यसलाई फेरि बन्द गर्ने ।

उनले भनिन् “अहिलेको क्षणलाई हेरेर भन्नुपर्दा पाइपलाइनमा सहयोग जारी राख्ने संभावना आधा आधा छ ।”

तपाइँको प्रतिक्रिया