शनिबार, वैशाख १५, २०८१

यात्रु बोक्ने ड्रोन बनाउन दौड जारी

नेपालप्लस संवाददाता२०७८ माघ १८ गते १७:३०

विज्ञापन र खाद्य वितरण देखि निर्माण र कृषिसम्म ड्रोनहरूको रजाई चल्दै छ । ड्रोन बढ्दो रूपमा धेरै उद्योगहरूमा प्रयोग भइरहेका छन् ।

ड्रोनको आगमन

ड्रोनहरू पहिलो विश्वयुद्धको सुरुमा आकाशमा पुगेका थिए । तिनीहरू शत्रुहरूमाथि सैन्य आक्रमणको लागि प्रयोग गरिन्थ्यो । प्रारम्भिक रेडियो-नियन्त्रित विमान डिजाइनबाट ड्रोनको डिजाइन र अनुप्रयोग (एप्लिकेसन)नाटकीय रूपमा विकसित भएको हो ।

सन् २०१३ मा अमेजोनले टेक्नोलोजी (प्रविधी) प्रयोग गर्ने आफ्नो रुचिको घोषणा गर्‍यो । यसलाई उपभोक्ता दर्शकहरूमा बाहिर ल्याएर त्यो रुची सार्वजनिक गर्‍यो । त्यसबेलादेखि ड्रोनहरू अधिक लोकप्रिय भए । तिनीहरूको आगमन पछि आलोचकहरूले उपभोक्ताले प्रयोग गर्ने ड्रोनहरू चाँडै हराउने छन् भन्ने भविष्यवाणी गरेका थिए । यो दिर्घकालिन रुपमा प्रयोग हुन सक्दैन र टेक्नोलोजीको रमाइलो टुक्रा मात्र हो भन्ने बुझाई आलोचकहरुमा थियो ।

आज ड्रोनहरू केका लागि प्रयोग गरिन्छन् ?

तर ड्रोनहरू पुनर्जागरणको माध्यमबाट फेरि बढे जब तिनीहरूले धेरै उद्योगहरूलाई सुरक्षा र दक्षता प्रदान गर्न सक्छन् भन्ने महसुस भयो । तिनीहरू अब कृषि, निर्माण, आपतकालीन प्रतिक्रिया, सडक निगरानी, ट्राफिक नियन्त्रण, जासुसी, फोटोग्राफी, भौगोलिक मापनको चित्र, बाढीको अवलोकन, हिउँपहिरोको अवस्था अवलोकन र आगो नियन्त्रण जस्ता धेरै क्षेत्रहरूलाई समर्थन गर्न प्रयोग गर्न थालियो । अहिले सबै आकार र बनावटहरूमा उडान गर्छन् ड्रोनले ।

फ्रान्सको एफईडी ड्रोनका संस्थापक रबिह बोउ रसेदले ड्रोनले किसानहरूलाई बालीमा लाग्ने रोग अग्रिम पत्ता लगाउन र उत्पादन गणना गर्न मद्दत गरिरहेको बताएका छन् ।

“जब म हरेक याममा ड्रोन उडाउँछु म वास्तविक तथ्यांक प्राप्त गर्न थाल्छु। त्यसैले, अहिलेको मौसमको तथ्यांकले अर्को याममा के हुन्छ भनेर पत्ता लगाउन सजिलो हुन्छ, तुलना गरेर हेर्न सकिन्छ । त्यसैले हामी बालीको अवस्था र रोग फैलाउने भविष्यवाणी सुरु गर्न सक्छौं किनभने हामीसित अघिल्लो डाटापनि हुन्छ” उनको भनाई छ ।

प्रविधिले किसानहरूलाई अझ दिगो रूपमा बाली उत्पादन गर्न सक्षम बनाउँदै छ । बार्कईभी (एक स्मार्ट र दिगो गतिशीलता समाधान प्रदायक) ले शहरहरूमा घर घरै सामान पुर्‍याउने (डेलिभरी) र संसार परिवर्तन गर्ने लक्ष्य राखेको छ । यस्ता फर्महरू विकास गर्न लागिएको छ कि डेलिभरी ड्रोनहरूले कार्बन उत्सर्जन कम गर्न मद्दत गर्दै कम्बुस्टन पावर्ड भेहिकल्स (ग्याँसलाई हावामा सम्पर्क गराएर ड्रोनको भित्रि भागबाटै इन्धनले सक्रिय पार्ने मेशिन वा प्लगले काम गर्ने तरिका) सवारी साधनहरू प्रतिस्थापन गर्छन् ।

बार्क ईभीका मार्केटिङ म्यानेजर फादी वादीले भनेका छन् “हामीसँग भएको यो ड्रोन जस्तो प्राविधिकले डेलिभरी खेललाई परिवर्तन गर्दैछ । र सबैभन्दा महत्त्वपूर्ण कुरा हामीले धेरै वातावरणीय कारण हुने दहन इन्जिन (कम्बुस्टन इन्जिन) को कमीमा वास्तवमै फरक देख्न थाल्नेछौं । समस्या, प्रदूषण र सबैको फरक देखिने छ ।”

अब यात्रु बोक्ने ड्रोनहरूको प्रगति अपरिहार्य देखिन्छ । र कम्पनीहरूले पहिलो सफल निर्माता बन्ने प्रयासस्वरुप दौड जारी राखेका छन् ।

त्यसो त, यात्रु र पैदल यात्रुहरूका लागि स्पष्ट सुरक्षा चिन्ता पनि बढेको छ । यो प्रविधिले यात्रु ड्रोनहरु आकाशमा घुम्नुअघि नोकरशाहीको पहाडलाई पार गर्नुपर्ने छ । उड्ने कारहरू एक पटक सन् १९५० मा भविष्यवाणी गरिएको थियो जुन निकट भविष्यमा आउन सक्छ ।

 

तपाइँको प्रतिक्रिया