शुक्रबार, चैत १६, २०८०

मातेका बाँदरहरूले दिए रक्सीको उपचारमा ताजा ज्ञान

नेपालप्लस संवाददाता२०७८ माघ १९ गते २२:४९

Image credit-esquire.com

अन्तर्राष्ट्रिय अन्वेषकहरूको टोलीले मदिरा सेवन गर्ने बाँदरहरूको समूहको अध्ययन गरेर रक्सीको उपचारमा उपलब्धि हाँसिल गरेका छन् ।

सेल मेटाबोलिज्ममा प्रकाशित अध्ययनले मादक पदार्थ सेवन गर्नेहरू भर्भेट मन्की (बाँदर) हरूको बन्धक समुहलाई सादा पानी र इथानोल भएको पानीको बीचमा नि:शुल्क छनोटको प्रस्ताव कसरी दिइयो भनेर वर्णन गरेको छ ।

कुन बाँदरहरू रक्सीतिर आकर्षित थिए र कुनले रक्सी त्याग गर्न रोजे भनेर क्रमबद्ध गरेपछि अनुसन्धानकर्ताहरूले कलेजोमा उत्पादन हुने हर्मोनको एनालग प्रयोग गरेर प्रयोगात्मक उपचार को तरिका सार्वजनिक गरे जसलाई फाइब्रोब्लास्ट ग्रोथ फ्याक्टर २१ (एफजीएफ २१) भनिन्छ । यसको अर्थ उनीहरूले “रक्सी मन पराउने” भनेका छन् ।

नतिजाहरूले रक्सीको खपतमा ५० प्रतिशत कमी हुने ठूलो आशा देखायो ।

भर्खरको जीनोम (जिन समाबेश भएको क्रोमोजोम) को विस्तृत अध्ययनहरूले देखाएको छ कि एफजीएफ २१ हर्मोनको भिन्नताहरू मानिसमा रक्सीको खपतसँग जोडिएको छ । र एफजीएफ २१ को फार्माकोलजिकलले मुसाहरूमा अल्कोहल खपत कम गर्छ भनेर चिनिन्छ । तर यो बाँदर जातिहरूमा प्रभाव पार्ने पहिलो र महत्वपूर्ण हो । यसले मानव उपचारमा एक कदम अगाडि बढाएको छ ।

चाखलाग्दो कुरा के छ भने यस अध्ययनले एफजीएफ २१ ले मुसाहरूमा चिनीको मात्रा कम गर्छ भन्ने कुरा पनि फेला पारेको छ । र अनुसन्धानकर्ताहरूले चिनी र रक्सीको लागि हाम्रो भोक क्रमिक विकासको माध्यमबाट जोडिएको हुनसक्छ कि भनेर सोचेका थिए।

अमेरिकाको आयोवा कार्भर कलेज अफ मेडिसिन विश्वविद्यालयका अध्ययनका वरिष्ठ लेखक डाक्टर म्याथ्यू पोटथफ भन्छन् “स्तनपन्थीहरू मुख्यतया फलफूललाई ​​कुहाएर, गलाएर परिणत (फर्मेन्टिङ) गर्ने रक्सीको सम्पर्कमा आएका थिए जसमा उच्च मात्रामा साधारण चिनी हुन्छ ।

एफजीएफ २१ ले भर्भेट बाँदरहरूमा रक्सीको खपत र मुसाहरूमा चिनीको खपतलाई रोक्छ भन्ने मस्तिष्क सर्किटहरू अध्ययन गरेर टोलीले हर्मोनले पूर्ण रूपमा अलग न्यूरल मार्गहरूमा कार्य गर्दछ भन्ने पत्ता लगायो ।

जाँड रक्सीकोलागि नयाँ उपचारहरू विकास गर्ने दिशामा प्रगति अत्यन्तै आवश्यक छ । अत्यधिक अल्कोहल खपत विश्वभरि एक प्रमुख स्वास्थ्य र सामाजिक समस्या हो । र रक्सी खपत विनियमित गर्ने मार्गहरूलाई चिकित्सकीय रूपमा लक्षित गर्ने प्रयासहरू प्रभावकारी रूपमा अल्कोहल प्रयोगले विकारको रुप धारण गर्ने वा अन्य समस्या निम्त्याउने हुनाले उपचार गर्ने क्षमता सीमित बनेका छन् ।

मानिसमा रक्सीको उपचार गर्न किन गाह्रो छ ?

यद्यपि धेरै स्तनपायीहरू रक्सीको सुगन्धमा आकर्षित हुन्छन् । मानिसहरू यसको तलतलले दिने आकर्षणको लागि विशिष्ट रूपमा संवेदनशील हुन सक्छन् ।

लगभग एक करोड वर्ष पहिले, हाम्रा पुर्खाहरुको जीनमा एकल बिन्दु उत्परिवर्तन (फेरबदल) मा रक्सीको उपयोग गर्ने क्षमतामा २०-गुना बृद्धि गर्न सक्षम बनायो । सम्भवतः रक्सीले फर्मेन्टेड फलहरुको अधिक पहुँच प्राप्त गर्नको लागी प्रतिक्रिया देखायो जुन तिनीहरुले जंगलमा खसिसकेर फर्मेन्ट बनेका फलफूल जसको रुप भनेको रक्सी बनाउन कुहाउने वा गलाउने रुपको हो ।

तर मानिसहरुले त्यहि रक्सीको स्वाद दिने फरफ्मेन्टेड फलफूल बढी लिए, तलतल लाग्दै गयो र त्यो तलतल बढ्दै जाँदा झन धेरै लिन थाले । अवं प्रकारले रक्सी पिउने लतपनि बढ्दै गयो । त्यो हाम्रो जिनमा बढ्दै, मिल्दै गयो । पछि रक्सी बन्न थालेपछि त्यहि रक्सीनै बढी पिउन थाले । अत्यधिक रक्सी पिउँदै गएपछि बानी बस्यो र त्यो समस्याको रुपमा देखापर्‍यो ।

एफजीएफ २१ को कार्यमा संलग्न मस्तिष्कको विशिष्ट क्षेत्रहरूमा संकुचित गरेर, अनुसन्धानकर्ताहरूले क्लिनिकल ​​​​उपचारहरूमा यसको प्रयोगको लागि ठूलो प्रगति गरेका छन् ।

उनीहरूले हर्मोनले न्यूक्लियसमा रहेको न्यूरल ट्रान्समिशनलाई परिवर्तन गर्दछ । अर्थात् त्यो एक मस्तिष्क क्षेत्र हो जसले लतमा जटिल भूमिका खेल्छ ।

लेखकहरूका अनुसार अर्को चरण भनेको एफजीएफ २१ को विशेष प्रभावहरू पत्ता लगाउनु हो जुन पशु मोडेलहरूमा रक्सी खपत गर्ने बेला यी न्यूरोन्सहरूको गतिविधिमा हुन्छ ।

“हाम्रा नतिजाहरूले कलेजो-देखि-मस्तिष्कको इन्डोक्राइन (शरीरभित्र उत्पादित हुने तरल पदार्थ वा अन्त:स्राव) ले दिने प्रतिक्रियाका लागि एक संयन्त्र प्रदान गर्दछ जसले कलेजोलाई क्षतिबाट जोगाउने कार्य गर्दछ” आयोवा विश्वविद्यालयका सह-प्रथम लेखक डा काइल फ्लिप्पो भन्छन्।

“एफजीएफ २१ को प्रभावहरूले भविष्यको अनुसन्धानको लागि अवसरको प्रतिनिधित्व गर्दछ । वर्तमानको अध्ययन तथ्यांकले संकेत गर्दछ कि एफजीएफ २१ सँगको तुलनाले अल्कोहल-उपयोग विकार र सम्बन्धित उपाय पत्ता लगाउने समस्या विरुद्ध सम्भावित उपचार विकल्प प्रदान गर्न सक्छ” डा काइल फ्लिप्पोको भनाई छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक