शुक्रबार, वैशाख ७, २०८१

रुस र युक्रेनबिच युद्धको संभावना खारेज गर्न आग्रहसहित शान्ति समाजद्वारा प्रदर्शन

नेपालप्लस संवाददाता / काठमाडौं२०७८ माघ २० गते १५:५३

रुस र युक्रेनबिच बढ्दो तनाव अन्त्य गर्न, युद्धको कुनैपनि सम्भावनालाई खारेज गर्न आग्रह सहित मानव अधिकार तथा शान्ति समाजले २०७८ माघ २० गते रुपन्देही जिल्लास्थित बुटवलको चौराहामा प्रदर्शन गरेको छ ।

प्रदर्शनमा शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनालले युद्ध टार्ने कुटनीतिमा जोड दिँदै युद्धको कुनैपनि संभावनालाई खारेज गर्न संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय समुदायले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने धारणा व्यक्त गरे ।

प्रदर्शनमा रुस र युक्रेनलाई युद्ध रोक्न शान्ति प्रवर्धन गर्न र जनताको शान्तिको अधिकारको सम्मान गर्न आग्रहसहित ‘युद्धमा कसैले पनि जित्दैनन् पराजित केवल मानवता हुने गर्छ,, युद्धमा सवैको क्षय हुन्छ, शान्तिमा सवैको जय हुन्छ’ लेखिएका प्लेकार्ड प्रदर्शन गरिएको थियो ।

बिहान ११ बजेदेखी आधा घण्टासम्म गरिएको प्रदर्शनमा शान्ति समाजका सदस्य तथा शुभचिन्तकहरुको सहभागिता थियो ।

तपाइँको प्रतिक्रिया

फेसबुक