शनिबार, वैशाख १५, २०८१

युरोपेली बन्दरगाहहरूमा साइबर आक्रमण, तेल टर्मिनलहरू अवरुद्ध

नेपालप्लस संवाददाता२०७८ माघ २० गते २१:२३

बेल्जियम, जर्मनी र नेदरल्याण्डमा साईबर आक्रमण गरिएपछि तेल आपूर्ती गर्ने बन्दरगाह सुविधाहरू ठूलो मात्रामा अवरुद्द भएका छन् ।

अधिकारीहरूका अनुसार साईबर आक्रमणको प्रयास धेरै पहिलेदेखि शुरु गरिएको थियो । साईबर आक्रमणले गर्दा मुख्य रूपमा तेल टर्मिनलहरू सञ्चालनमा बाधा पुगेको छ । र ट्याङ्करहरूलाई ऊर्जा आपूर्ति गर्नबाट रोकेको छ ।

जर्मन न्यायिक अधिकारीहरूले ऊर्जाको बढ्दो मूल्यको बीचमा साईबर हमला भएकाले तेल अपरेटरहरूको संदिग्ध फिरौती माथि अनुसन्धान सुरु गरेको बताएका छन् ।
युरोपेली संघको नीति एजेन्सी युरोपोलले जर्मन अधिकारीहरूलाई आफ्नो समर्थन प्रस्ताव गरेको बताएको छ ।

उत्तरी जर्मनीको प्रमुख बन्दरगाह सहर ह्याम्बर्ग र बेल्जियम र नेदरल्यान्ड्सका कम्तीमा छवटा तेल टर्मिनलमा समेत साईबर आक्रमण गरिएको छ ।

एक जर्मन कम्पनी ओइल ट्यांकिङले आफ्नो कम्प्युटर प्रणालीलाई असर गर्ने साइबर घटनाको शिकार भएको बिहीवार पुष्टि गरेको छ ।

ओइल ट्यांकिङले २९ जनवरीमा ह्याक गरेको पत्ता लगाएका थिए र आपतकालीन उपायहरू अपनाएको बताएको छ ।

“हाम्रा सबै टर्मिनलहरूमा सकेसम्म चाँडो सामान्य सञ्चालनमा फर्किने दिशामा काम गर्न लागिरहेका छौं” ओइल ट्यांकिङले एक विज्ञप्तिमा भनेको छ ।

बेल्जियमका अधिकारीहरूले गेन्ट र एन्टर्प-जिब्रुगका बन्दरगाहहरू अवरुद्ध भएपछि अनुसन्धान सुरु गरेका छन् ।

रोटरडममा रहेको ब्रोकरेज फर्म रिभरलेक युरोपको सबैभन्दा ठूलो कार्गो बन्दरगाह हो । यहाँका एक अधिकारीले ह्याकले केही तेल ट्यांकीहरु अनलोड गर्नबाट रोकेको बताएका छन् ।

“धेरै पोर्ट टर्मिनलहरूको सफ्टवेयर ह्याक गरिएको छ र तिनीहरूले ठूला प्रशोधन ट्यांकले प्रशोधन गर्न सक्दैनन्” ब्रोकर जेले भ्रिम्यानले एएफपीलाई भने “मूख्यत अपरेटिङ सिस्टम डाउन छ ।”

तपाइँको प्रतिक्रिया