मंगलबार, वैशाख ११, २०८१

टर्की र ग्रीसको सिमानामा चिसोले जमेर आप्रवासीहरूको मृत्यु

नेपालप्लस संवाददाता२०७८ माघ २० गते २२:३२

Image Credit-AA/picture alliance via parstoday.com

ग्रीसको सीमा नजिकै चिसोले कठ्यांग्रिएर ज्यान गुमाएका थप सात आप्रवासीको शव फेला परेको छ । टर्कीका अधिकारीहरूले बिहीवार सार्वजनिक गरे अनुसार यसरि मृत्यु हुनेको संख्या १९ पुगेको छ ।

टर्कीले छिमेकी ग्रीसका सीमा गार्डहरूले आप्रवासीहरूको लुगा फुकालेर जबरजस्ती सीमा पार गराई चिसोमा मर्न दिएको आरोप लगाएको छ ।

ग्रीसले टर्कीको आरोपलाई अस्वीकार गरेको छ । यद्यपि एक शीर्ष युरोपेली युनियन (ईयु) अधिकारीले चिन्ता व्यक्त गर्दै यि दाबीहरूमाथि थप अनुसन्धान गर्न आवश्यक रहेको बताएका छन् ।

ग्रीसको सिमानामा रहेको एडिर्नको गभर्नरको कार्यालयले एक विज्ञप्तिमा भनेको छ “यस क्षेत्रमा खोजी र उद्धार कार्य पछि फिर्ता पठाइएपछि चिसोले जमेर मृत्युमा परेका आप्रवासीको संख्या दुर्भाग्यवश १९ पुगेको छ ।”

बुधवार पहिलो पटक फेला परेका १२ आप्रवासीहरूको शव पहिचानको लागि इस्तानबुलको फरेन्सिक औषधि संस्थामा लगिएको डिएचए समाचार एजेन्सीले रिपोर्ट गरेको छ ।

टर्कीका अधिकारीहरूले उनीहरूलाई आप्रवासीहरू कुन मुलुकका हुन् भन्नेबारे कुनै जानकारी नभएको बताएका छन् ।

टर्कीका गृहमन्त्री सुलेमान सोयलुले बुधवार सडकको छेउमा रहेको आंशिक नग्न शवहरूको धमिलो तस्बिरहरू पोस्ट गर्दै ग्रीक सीमा गार्डहरूले उनीहरूको लुगा र जुत्ता खोसेको बताएका थिए ।

‘बिलकुल बकवास’

विश्वका विभिन्न भागहरूमा आप्रवासीहरूले रिपोर्ट गरेका यस्ता कार्यहरू भागेर मानिसहरूलाई एक विशेष देशमा प्रवेश गर्न र फरक बाटो खोज्नबाट निरुत्साहित गर्न डिजाइन गरिएको मानव अधिकार समूहहरूले विश्वास गरेका छन् ।

ग्रीसका आप्रवासन मन्त्री नोटिस मिताराचीले मृत्युको बारेमा विवाद गरेनन् । तर यस घटनाबारे टर्कीको भनाईलाई ‘झूटो प्रचार’ भनेका छन् ।

“यी आप्रवासीहरू कहिले पनि सिमानामा आएनन् । उनीहरूले गरेको कुनै पनि सुझाव वा वास्तवमा टर्कीमा फिर्ता धकेलियो भन्ने कुरा नितान्त बकवास हो” मिताराचीले भनेका छन् ।

तर ईयूका गृह मामिला आयुक्त इल्वा जोहानसनले टर्कीको दाबीप्रति चिन्ता व्यक्त गरिन् ।

“म अलिकति स्तब्ध छु” उनले फ्रान्समा २७ राष्ट्रका गृह मन्त्रीहरूको बैठकमा भाग लिँदा एएफपीलाई टेलिफोनमा भनिन् ।

“हामीसँग यहाँ ग्रीक मन्त्री छन् । म उहाँसँग यो कुरा उठाउनेछु र यसबारे स्पष्टीकरण सोध्नेछु । यो अवश्य पनि छानबिन गर्न आवश्यक छ” उनको भनाई छ ।

यस घटनाले नाटो रक्षा गठबन्धनका प्रतिद्वन्द्वी सदस्यहरू बीच चरम तनाव बढाउने खतरा रहेको युरोन्युजले उल्लेख गरेको छ ।

“हामीले ग्रीसबाट यस प्रकारको व्यवहार देखिरहेका छौं, यो पहिलो घटना होइन” टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले बिहीवार भने ।

टर्कीले ग्रीसका अधिकारीहरूलाई अवैध रूपमा आप्रवासीहरूलाई आफ्नो क्षेत्रमा धकेलिदिएको आरोप लगाउँदै आएको छ । तर ग्रीसले उक्त दाबीलाई अस्वीकार गर्दै आएको छ ।

टर्कीले अंकारा र ईयू बीचको २०१६ सम्झौताको उल्लङ्घन गरी आफ्नो सिमानामा युरोप पुग्न खोजिरहेका मानिसहरूलाई आँखा चिम्लिरहेको ग्रीसले दावी गरेको छ ।

अंकारा र ईयुबिचको सम्झौता विस्तार गरिएको छ । ईयुले लाखौं सिरियाली र अन्य शरणार्थीहरूलाई होस्ट गर्न अंकारालाई अरबौं युरो सहायता प्रदान गरेको फ्रान्सेली मेडियाले उल्लेख गरेका छन् ।

यसै विषयसित संवन्धित अघिल्ला समाचार

स्पेनद्वारा क्यानरी टापुबाट ३१९ आप्रवासीको उद्धार, १८ जनाको मृत्यु भएको आशंका

ग्रीसमा अर्को डुङ्गा दुर्घटना हुँदा १३ आप्रवासीको मृत्यु, धेरै बेपत्ता

आप्रवासी तस्करी रोक्न युरोपेली मन्त्रीहरूको आकस्मिक भेला

लिबियाको हिरासतमा थुप्रै आप्रवासीको गोली हानी हत्या

युरोप छिर्न खोज्ने झण्डै चार दर्जन आप्रवासीको डुंगा पल्टेर समुद्रमै मृत्यु

मानव बेचबिखनमा संलग्न यातायात कम्पनीहरूलाई ईयूले कारवाहि गर्ने

समुद्रबाट आफ्नो देश छिरेका आप्रवाशी फ्रान्स फर्काइदिने बेलायती धम्की, ‘ब्ल्याकमेल’ भन्दै फ्रान्सद्वारा अस्विकार

अवैध आप्रवाशी रोक्न बेलायत र फ्रान्सबिच संझौता : प्रहरी संख्या दोब्बर, हवाई गस्ती र ६२ करोड युरो थप लगानी

समुद्रबाट युरोप छिर्ने आप्रवाशीहरूको मृत्यु यो वर्ष दोब्बर, ६ महिनामै १,१४६ को मृत्यु

छ दर्जन वंगलादेशी मानव तस्कर इन्टरपोलको खोजीमा : बंगलादेशदेखि युरोपसम्म तस्करको संजाल

युरोप छिर्न लागेका सयौं पाकिस्तानी र अफ्गानी शरणार्थी हिउँमा फसे

तपाइँको प्रतिक्रिया

फेसबुक