बिहीबार, वैशाख १३, २०८१

१६ पत्नी, १५१ सन्तान : बच्चा जन्माउने क्रम अझै जारी

नेपालप्लस संवाददाता२०७८ माघ २१ गते ०:५०

फोटो-जिम्बाब्वे न्युज

उनका १६ पत्नी छन् । तिबाट १५१ सन्तान भैसके । तर पनि प्रजनन जारी राख्नको लागि एक रातमा चार पटकको सम्भोग तालिका पछ्याईरहेका छन् उनले । उनी अहिले १७ औं पत्नी विवाह गर्ने तरखरमा छन् । थप सन्तान जन्माउनका लागि उनी एक रात १६ जनामध्ये चार श्रीमतीसँग सुत्छन् ।

जिम्बाब्वेका ६६ वर्षीय मिशेक न्यान्डोरो आफ्नो पूर्णकालिन जागिरले आफ्ना १६ जना श्रीमतीलाई थप सन्तान जन्माउन सन्तुष्टि दिएको बताउँछन् ।

उनले सन् १९८० को दशकमा सुरु गरेको बहुविवाह परियोजना अझै अगाडि बढीरहेको छ । त्यसैको निरन्तरताको रूपमा आफ्नी १७ औँ श्रीमती विवाह गरेर ल्यान लागेको तयारिलाई रोक्ने उनको कुनै योजना छैन ।

मिशेक एक सेवानिवृत्त युद्ध दिग्गज हुन् । उनले पहिलो पत्नी सन् १९८३ मा विवाह गरे । तर सन् २०१५ मा उनको अन्तिम विवाह पछि उनले आफ्नो बहुविवाह परियोजनालाई रोके । किनभने उनको देशको अर्थव्यवस्था ध्वस्त भएको थियो ।

उनका पत्नीहरु । फोटो-जिम्बाब्वे न्युज

तर अवस्था अहिले सुधारिँदै गएको छ । सबै चीजहरू राम्रो हुँदै गएको छ । उनको योजना अर्को महिना फेरि विवाह गर्ने छ (यो रिपोर्ट गर्दा विवाहको योजनामा थिए, हाल विवाह गरिसकेका छन्)। स्थानीय समाचार आउटलेट द हेराल्डले रिपोर्ट गरेको छ ।

“म यहाँ के गरिरहेको छु भने आफ्नो परियोजना पूरा गर्दैछु । एक बहुविवाह परियोजना जुन मैले सन् १९८३ मा सुरु गरें । र मृत्युले मलाई नछोएसम्म रोक्न चाहँदिन” उनले द हेराल्डलाई सुनाए ।

“म हाल मेरो १७ औं विवाह यो जाडोमा विशेष कार्यक्रमसहित गर्ने योजना गरिरहेको छु” मिशेक भन्छन् । मर्नु अघि १०० पत्नी र १,००० बच्चा बनाउने उनको आशा छ ।

मशोनाल्यान्ड सेन्ट्रल प्रान्तको एमबिरे जिल्लाका मिशेक आफ्ना पाका उमेरका पत्नीहरूको कामवासना कम भएकाले कम उमेरका महिलाहरूसँग विवाह गर्नुपर्छ भन्ने विश्वास गर्छन् । अहिले उनको परिवार ठूलो मात्रामा खेतीपातीमा निर्भर छ । उनका करिब ५० वालवालिका जिम्बाब्वेका सहरहरूमा बिभिन्न विद्यालयमा पढ्छन् । अन्य ११ जनाले जिम्बाब्वे राष्ट्रिय सेनामा काम गरिरहेका छन् । उनका तेह्र छोरीहरू विवाहित छन् ।

मिशेक आफ्ना छोराछोरीबाट प्राप्त धेरै उपहार र पैसाको कारण आरामसँग बाँचिरहेको धक नमानी सुनाउँछन् । त्यति मात्र होइन, उनका श्रीमतीले खाना पकाउने र सरसफाइ गर्ने काम गर्छन् । “मेरो प्रत्येक श्रीमतीले दिनहुँ मेरो लागि खाना पकाउँछिन् । तर नियम यो हो कि मैले स्वादिष्ट खाना मात्र खान्छु । जसरिसुकै पकाउन् मेरो मापदण्ड पुरा नगरि पकाएको, स्तरिय छैन भने त्यो फ्याँकिन्छ” उनको भनाई छ ।

“उनीहरूलाई नियमहरू थाहा छ । र मैले उनीहरूको खाना फिर्ता पठाउँदा उनीहरू नरिसाउने वाचा गरेका छन् । फिर्ता पठाउनु भनेको पाठ सिक्नु हो जसले गर्दा तिनीहरूलाई सुधार गर्न मद्दत गर्दछ” उनको तर्क छ ।

एक रातमा चार पटकको संभोग तालिकाबारे उनी भन्छन्‌: “म मेरो तालिका अनुसार सुत्ने कोठामा जान्छु । त्यसपछि म मेरी श्रीमतीलाई सन्तुष्ट पारेर अर्को कोठामा जान्छु । मेरो काम नै यहि हो । मेरो अरु काम छैन ।”

उनी अझै थप्छन्: “म मेरो हरेक पत्नीको उमेर अनुरूप सुत्ने कोठामा मेरो व्यवहार परिवर्तन गर्छु । म उमेर छिप्पिएकाहरूसित जस्तो व्यवहार गर्छु त्यसरी म जवानहरूसित गर्दिन ।”

हाल उनका दुई श्रीमती गर्भवती छन् । आफू नमर्दासम्म बालबच्चा जन्माईरहने आशा उनको छ ।

जिम्बाब्वेमा बहुविवाह असामान्य छैन । यो लामो समयदेखि जिम्बाब्वेको ग्रामीण क्षेत्रहरूमा अभ्यास गरिएको छ जहाँ यसले गहिरो सांस्कृतिक जराहरू गाडेको छ । धेरै पत्नीहरू भएका पुरुषहरू सुत्ने कोठामा बलिया ठहरिने वा पैसावाल देखिने गर्थे ।

चाखलाग्दो कुरा के छ भने सहरी क्षेत्रमा पनि बहुविवाह बढ्दै गएको छ । आर्थिक स्थायित्व, प्रेम लगायतका विभिन्न कारणले महिलाले दोस्रो पत्नी बन्ने बाटो रोजिरहेका छन् ।

(द डेली हेराल्ड, जिम्बाब्वे न्युज, द मिररको सहायताले)

तपाइँको प्रतिक्रिया