बुधबार, वैशाख १२, २०८१

फ्रान्सेली राष्ट्रपतीको फोटो चोर्ने क्रम बढ्दै, ५० जनामाथि कारवाहि

नेपालप्लस संवाददाता / फ्रान्स२०७८ माघ २२ गते २३:०५

फोटो- रेडियो फ्रंस – गियोम होर्काजुयलो मार्फत् फ्रंसब्लु डट कम

फ्रान्सेली राष्ट्य्रपतीको निर्वाचन नजिकिंदै गर्दा सरकारी कार्यालयबाट झिकेर राष्ट्रपतीको फोटो (पोट्रेट) उल्टोपाल्टो पारी सार्वजनिक स्थलमा झुण्ड्याउनेहरुलाई सजाय सुनाउन थालिएको छ ।

राष्ट्रपतीलाई गालिगलौज गर्न, आपाच्य तरिकाले सालोचना गर्न, झुटा गम्भिर आरोपहरु लगाएर बेइज्जती गर्न र खासमा वातावरण संरक्षणका कठोरपन्थिहौर्ले उनको आलोचना गर्न फोटोको दुरुपयोग गर्ने क्रम बढ्न थालेपछि सजायँको माग बढ्न थालेको हो ।

पोर्ट्रेट चोर्नेहरूको कानुनी गाथा जारी छ । बिहीवार फर्वरी ३ मा पाँच जनालाई एजेन कोर्ट अफ अपीलले २०१९ मा इमानुएल म्याक्रोनको चित्र गेर्सका धेरै टाउन हलहरूमा झुण्ड्याएकोमा सजाय सुनाएको थियो । तिनले अन्यत्रबाट झिकिएका फोटा त्यहाँ लगी उल्टो पारेर झुण्ड्याई दिएका थिए । तिनका बिरुद्द मुद्दा दायर गरिएको थियो ।

यो निर्णयले अभिव्यक्ति स्वतन्त्रताको हनन हुने, अभिव्यक्ति स्वतन्त्रता रक्षा गर्नुपर्ने भन्ने आधारमा २०२० को अन्त्यमा कार्यकर्ताहरूलाई रिहा गर्ने ओस फौजदारी अदालतको निर्णयलाई उल्टायो । किनकि त्यो बेला अभिब्यक्ति स्वतन्त्रतामाथि अंकुश लाग्ने भन्दै जेल सजायँ सुनाएकालाई फैजदारी अदालतले रिहा गर्नुपर्ने फैसला सुनाएको थियो । अभियोजन पक्षले तुरुन्तै निर्णयलाई चुनौती दिन अपील गर्‍यो । किनकि यसले सन् २०१९ बाट यसरि केहि ब्यक्तिले छुटकारा पाएपछि व्यवस्थित रूपमा फोटो झुण्ड्याउने काम गर्दै आएका छन् ।

त्यसैले कार्यकर्ताहरूलाई दोस्रो परीक्षणमा दोषी ठहर गरियो । तर सजायबाट छुट दिइयो । “हामीलाई भनिएको छ कि अभिव्यक्ति स्वतन्त्रतामा आक्रमण र दमन बीच कुनै असमानता छैन । यद्यपि तथ्यहरू सजाय दिनुपर्छ भनेर निस्चित गर्न पर्याप्त गम्भीर छैनन् । त्यसैले हामीलाई बुझ्न अलिकति समस्या छ” प्रतिवादीहरूका एक वकिल मी पियर रुजु द बुबेले ला देपेस अखवारद्वारा गरिएको अन्तर्वार्तामा छक्क पर्दै भने ।

यो निर्णय कार्यकर्ताहरूका लागि एक झटका जस्तो देखिन्छ । किनभने जनवरीको शुरुमा पहिलो पटक एक पोर्ट्रेट यसैगरि उल्टो पारेर झुण्ड्याउनेलाई पुनरावेदन अदालतले पुनरावेदनमा सफाइ दिएको थियो । अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्नुपर्छ भन्ने तर्कलाई अघि बढाइएको थियो । तर यो निर्णयले पुनरावेदन अदालतलाई प्रेरित गरेन ।

मे २०१९ देखि अहिंसात्मक कार्य (कोप२१) आन्दोलनको आह्वानका क्रममा फ्रान्सभरिका टाउन हलहरूबाट राष्ट्रपति पदका पोस्टरहरू चोरी गरेकोमा करिब पचास कार्यकर्ताहरूलाई कारबाही गरिएको छ । तिनीहरूले आफ्नो लक्ष्य भनेको एमानुएल म्याक्रोनको जलवायु निष्क्रियतामा सचेत गराउन भन्ने दाबी गर्दै आएका छन् ।

फ्रान्सका नगरपालिका, सरकारी कार्यालयमापनि राष्ट्रपतीको फोटो राख्ने चलन छ । तिनै नगरपालिका, नगर कार्यालय लगायतका अन्य सरकारी भवनबाट राष्ट्रपतीको फोटो झिक्ने र सार्वजनिक वा अन्य स्थलमा उल्टोपाल्टो पारेर झुण्ड्याउन थालेपछि सजायँ गर्न थालिएको हो ।

तपाइँको प्रतिक्रिया