शनिबार, वैशाख ८, २०८१

मानव हृदय प्रत्यारोपणका लागि जर्मन अनुसन्धानकर्ताहरू सुँगुर प्रजनन गर्दै

नेपालप्लस संवाददाता / जर्मनी२०७८ माघ २४ गते ०:०२

जर्मन वैज्ञानिकहरूले यस वर्ष वंशाणुगत रूपमा परिमार्जित सुँगुरहरूलाई मानव हृदय दाताको रूपमा प्रयोग गर्न क्लोन गर्ने र त्यसपछि प्रजनन गर्ने योजना बनाएका छन् । यो विधि अमेरिकीहरुद्वारा इन्जिनियर गरिएको जनावरको सरल संस्करणमा आधारित छ जुन गत महिना विश्वको पहिलो सुँगुर मानव प्रत्यारोपणमा प्रयोग गरिएको थियो ।

म्युनिखको लुडविग-म्याक्सिमिलियन्स युनिभर्सिटी (एलएमयु) का वैज्ञानिक एकहार्ड वुल्फले आफ्नो टोलीले नयाँ प्रजातिलाई अकल्यान्ड आइल्याण्ड नस्लबाट परिमार्जन गरी २०२५ सम्ममा प्रत्यारोपण परीक्षणका लागि तयार पार्ने लक्ष्य राखेको बताएका छन् ।

यस प्रकारको पहिलो शल्यक्रियामा, मेरिल्याण्ड मेडिसिन विश्वविद्यालयको टोलीले गत महिना सुँगुरको मुटुलाई १० तरिकाले परिमार्जन गरी एक गम्भीर बिरामीमा प्रत्यारोपण गरेको थियो । उनका डाक्टरहरूले संक्रमण, अंग अस्वीकार वा उच्च रक्तचापको जोखिम बाँकी रहेपनि उनले राम्रो प्रतिक्रिया दिइरहेको बताएका छन् ।

“हाम्रो अवधारणा पाँचवटा आनुवंशिक परिमार्जनहरू सहित सरल मोडेल अपनाएर अगाडि बढ्नु हो” वुल्फले भने । तर यो कामले युरोपको सबैभन्दा कम अंग दान दर र बलियो पशु अधिकार आन्दोलन भएको देशमा चर्को बहस सुरु गरेको छ ।

२० वर्षदेखि जनावरबाट मानिसमा प्रत्यारोपण गर्ने (जेनोट्रान्सप्लान्ट भनेर चिनिने) अनुसन्धान गरिरहेका वोल्फले आफ्नो टोलीले ‘संस्थापक जनावरहरू (फाउन्डर एनिमल)’ मात्र उत्पादन गर्न अझै पनि असक्षम क्लोनिङ प्रविधि प्रयोग गर्न सक्षम बनाउने छ । त्यसबाट भविष्यमा आनुवंशिक रूपका समान पुस्ताहरू प्रजनन हुनेछन् ।

“यस्तो पहिलो पुस्ता यस वर्ष जन्मनु पर्छ । र टोलीले दुई वा तीन वर्षको अवधिमा मानव क्लिनिकल परीक्षणको लागि स्वीकृति खोज्नु अघि तिनीहरूको हृदय बेबुन बाँदरहरूमा परीक्षण गर्ने छ” वुल्फले भने ।

प्रत्यारोपणहरू अंग विफलता भएका व्यक्तिहरूका लागि प्रयोग गरिन्छ जससँग अन्य उपचार विकल्पहरू हुँदैनन् । जर्मनीको अंग प्रत्यारोपण फाउन्डेसनको तथ्याङ्क अनुसार हृदय फेर्नकोलागि प्रतिक्षा गरिरहेका ब्यक्तिहरुको सूची २०२१ को अन्त्यमा जर्मनीमा लगभग ८,५०० थियो ।

वुल्फका समर्थकहरूका अनुसार पशु दाताहरू (क्लोनिन गरेर प्रजनन् गरिएका जनावर) ले त्यो सूची छोटो बनाउन मद्दत गर्न सक्छन् । तर विपक्षीहरू भन्छन् “प्रविधिले जनावरहरूको अधिकारलाई असर गर्छ । प्रभावकारी रूपमा सुँगुरहरूलाई अङ्ग कारखानाको स्थितिमा हानि पुर्‍याउँछ । किनभने प्रत्यारोपणमा प्रयोग गरिएका बाँदरहरू पीडाले मर्छन् ।”

फर्वरी २०१९ मा जर्मन दबाब समूह डाक्टर्स अगेन्स्ट एनिमल एक्सपेरिमेन्ट्सले जेनोट्रान्सप्लान्टेशन अनुसन्धानमा प्रतिबन्धको माग गर्दै ५७ हजार भन्दा बढी हस्ताक्षरहरू संकलन गरेको थियो ।

जर्मनीको पशु कल्याण संघको म्युनिख शाखाका प्रवक्ता क्रिस्टिना बर्चटोल्डले अभ्यासलाई “नैतिक रूपमा धेरै शंकास्पद” भनेकि छन् ।

“जन्तुले मानिसको लागि जगेडा साधन (स्पेयर पार्ट्स) को रूपमा काम गर्नु हुँदैन” उनले भनिन् “एक घरपालुवा जनावर, एक तथाकथित फार्मको जनावर, एक क्लोन वा प्राकृतिक रूपमा जन्मेको जनावर सबैको समान आवश्यकता, डर, पीडा र अधिकारहरू हुन्छन् ।”

क्लोनिङ प्रविधि प्रयोग गरी ‘संस्थापक जनावर (फाइन्डर एनिमल)’ सिर्जना गरेर प्रत्यारोपणका लागि प्रयोग गरिने आनुवंशिक रूपमा समान सुँगुरहरूबाट प्रजनन गरिने योजना छ।

यो ठूलो प्रगतिले प्रत्यारोपणका लागि मानव अंगहरूको अभावलाई समाधान गर्न सक्छ । तर पशु कल्याण समूहहरू भन्छन् ‘यसले अङ्ग कारखानाको स्थितिमा सुँगुरहरू घटाउँछ, थप पीडा दिन्छ ।’

तपाइँको प्रतिक्रिया

फेसबुक