शनिबार, वैशाख १५, २०८१

बच्चा बनाउन २,५०० कि.मि.को जोखिमपूर्ण यात्रा

नेपालप्लस संवाददाता२०७८ माघ २४ गते १६:१०

‘अष्ट्रेलियामा पाइने ईल भनिने बाम माछाहरु फुल पारेर बच्चा बनाउन दुई हजार पाँच सय किलोमिट यात्रा गर्छन् र त्यसपछि मर्छन्’ भन्ने तथ्य नयाँ खोजबाट पत्ता लागेको छ ।

सन् २०२१ मा वैज्ञानिक प्रतिवेदनमा प्रकाशित एउटा अध्ययन अनुसार अष्ट्रेलियाली बाम माछाहरूको महाकाव्य गज्जबकै छ । यिनको यात्रा दक्षिण-पूर्वी अस्ट्रेलियादेखि न्यू क्यालेडोनिया नजिकैको उष्ण क्षेत्रीय कोरल सागर (ट्रपिकल कोरल सी) को टाढासम्म फैलिएको छ ।

यो एकदमै खतराजन्य, अविश्वशनिय लाग्ने महासागरको पानी मार्फत २,५०० किमीको यात्रा हो ।

सर्ट फिन्ड इल (बाम माछा) अष्ट्रेलियामा पारिस्थितिक, आर्थिक र सांस्कृतिक रूपमा महत्त्वपूर्ण प्राणीहरू हुन् । तिनीहरू ताजा पानीका धाराहरूमा शिकार गर्ने दक्ष शिकारीपनि हुन् । गिप्सल्याण्ड व्यावसायिक माछापालन (अष्ट्रेलियामा प्रसिद्द माछापालन) का लागि मूल्यवान छन् ।

यसबाहेक तिनीहरूको रैथाने जनजातिमा बलियो सांस्कृतिक महत्त्व छ । उदाहरणका लागि, गुण्डितजमाराका मानिसहरूले कम्तिमा सात हजार वर्ष पहिले दक्षिण-पश्चिम भिक्टोरियाको बुज बिम सांस्कृतिक परिदृश्यमा जटिल जल कृषि प्रणालीहरू निर्माण गरेका थिए । त्यो भूद्रिष्य अहिले विश्व सम्पदा सूचीमा समाबेश छ ।

दुःखको कुरा, इलहरू वासस्थानको क्षति र आवागमनमा अवरोधहरूको कारणले घट्दै गएका छन् । तिनीहरूको जटिल जीवन चक्रको कारणले तिनीहरूको समुद्री यात्रा, तिनले फुल पारेर बच्चा बनाउने बारेमा थोरै जानकारी थियो ।

अहिले आर्थर रेलाह इन्स्टिच्युट फर इन्भाइरोन्मेन्टल रिसर्चका डा वेन कोस्टरको नेतृत्वमा अन्वेषकहरूको टोलीले गुन्डितजमाराका परम्परागत मालिकहरूसँगको सहकार्यमा उपग्रहमा आधारित अभिलेखीय ट्यागिङ प्रयोग गरेर भिक्टोरियन मुहानबाट कोरल सागरसम्म बाम माछाहरू अनुगमन, अवलोकन गरेको छ ।

“समुद्री वातावरणमा पार्ने सम्भावित प्रभावहरू बुझ्नको लागि बाम माछाको प्रवास मार्गहरूको जानकारी साँच्चै महत्त्वपूर्ण हुन्छ” कोस्टर भन्छन् “यसमा समुद्री वातावरणमा मानव गतिविधिहरूको प्रभावहरू समावेश छन् । जस्तै समुद्रको तटीय क्षेत्रबाट केहि दूरीमा रहेको समुद्री भागको विकास, गहिरो-समुद्र ड्रिलिंग, भूकम्प परीक्षण, अन्य व्यवस्थापन अनुप्रयोगहरू ।”

ईलहरुले फुल पारेर बच्चा बनाउने स्थलसम्म तिनको यात्रा समेटेर लामो दूरीमा ट्र्याक (अनुगमन) गरिएको इलको पहिलो उदाहरण हो ।

जटिल जीवन चक्र

“उनीहरूको सम्पूर्ण जीवन चक्र धेरै जटिल छ” कोस्टर भन्छन् “हामीले स्थानीय नदी र खोलाहरूमा भेट्टाउने इलहरू हजारौं किलोमिटर टाढा समुद्रमा जन्मेका थिए ।

लार्भा [बच्चा बाम माछाहरू] महिनौं र महिनौंसम्म समुन्द्री धारहरूमा तैरिरहन्छन् । अन्ततः तिनीहरू मीठो पानीमा पुग्छन् । तिनीहरू सम्भवतः १०, २० वा ३० वर्षसम्म त्यहाँ बस्छन् जबसम्म तिनीहरू परिपक्व हुँदैनन् । र नदीतिरै या समुद्रमा फर्कने यात्रा सुरु गर्छन् ।

परिपक्व बाम माछाहरू फुल पार्ने मैदानमा फर्किसकेपछि एक पटक फेरि हजारौं किलोमिटर यात्रा गर्छन् । तिनीहरूले एक पटक मात्र फुल पार्छन् ।

“त्यसपछि तिनीहरू मर्छन्” कोस्टर भन्छन् “एक पटक फुल पार्नु भनेको ती इलहरूको लागि यात्राको अन्त्य हो ।”

यसले संरक्षणलाई गाह्रो बनाउँछ । किनभने धेरै बाम माछाहरू फुल पार्ने भूमीमा फर्कनु अघि नै मर्छन् । यसैले यात्रा गर्ने इलहरूले सामना गर्ने खतराहरू बारे जान्न धेरै महत्त्वपूर्ण छ ।

कसरी बाम माछा ट्याग गर्ने

इल यात्रा (ओडिसे) बुझ्नको लागि अन्वेषकहरूले उपग्रह मार्फत तिनको क्रियाकलाप बारे जानकारी राख्न बाम माछाहरूलाई ट्याग गरे । तर बाम माछा ट्यागिङ कुनै सजिलो काम होइन ।

“यो धेरै कडा परिश्रम गर्नुपर्ने काम हो । धेरै कठिन रातहरू तिनलाई जालमा पारेर ट्याग (साना चिप्ल राख्न) बिताएँ” कोस्टर भन्छन् “हामीले प्रयोग गर्ने ट्यागहरू एकदमै ठूला हुन्छन् । त्यसैले हामी तिनीहरूलाई सम्भव भएसम्म सबैभन्दा ठूलो, बलियो इलहरूमा लगाउँछौं ।”

टोलीले इलहरू समात्न विशेष शंख आकारको जालहरू प्रयोग गर्‍यो । तर समातिएका प्रत्येक ५० वा १०० इलहरू मध्ये प्रायः एउटा मात्र ठूलो इलमा ट्याग गरे पर्याप्त हुन्छ ।

“त्यसैले हामीले उनीहरूलाई समात्ने प्रयासमा हप्तौं र हप्ताका हप्ता रातहरू गुजारेका छौं” कोस्टरले टिप्पणी गरे।

बाम माछाको लामो यात्राका खतरा

बाम माछाले धेरै खतरनाक चीजहरू उनीहरूको यात्रामा सामना गर्छन् ।

अन्वेषकहरूले पत्ता लगाए, बाम माछाहरू दिनको समय अनुसार पानी माथि र पानी मुनि गरिरहन्छन् । जब सूर्य बाहिर देखिन्छ तिनीहरू गहिरो पानीमा डुबुल्की मार्छन् । समुद्री सतहबाट ९०० मिटरसम्म यात्रा गर्छन् । तर रातको समयमा १०० देखि ३०० मिटरको सतह र पानीको न्यानो भाग खोजेर बस्छन् ।

समुद्रमा पानीको गहिराइ परिवर्तन गरीगरी बस्नाले बाम माछाहरूलाई तापक्रम नियन्त्रण गर्न अझ खासगरि शरिरको तापक्रम सन्तुलनमा राख्न (थेर्मोरेगुलेट) र सिकारीहरूबाट बच्न मद्दत गरेको हुनसक्छ । उष्ण ठाउँको अन्तिम गन्तब्यमा पुग्ने यहिनै तिनको प्रमुख अवरोध हुनसक्छ ।

“सामुद्रिक वातावरणमा बसाईसराई गर्ने बाम माछाहरूको धेरै शिकार हुन्छ” कोस्टर भन्छन् “धेरै ट्याग गरिएका बाम माछाहरू सेतो शार्क र ह्वेलहरू जस्ता सिकारीहरूले खाएको भेटिएका थिए ।”

चाखलाग्दो कुरा के छ भने बाम माछाहरू सधैं एउटै मार्ग पछ्याउँदैनन् । तिनीहरूमध्ये केहीले छोटो बाटो रोज्छन् । केहि बास स्ट्रेटको सिधै पूर्वतिर जाने बाटो रोज्छन् र त्यसपछि न्यानो पानीसम्म पुग्ने गरी छोटो दूरी रोज्छन् । अरू केहि ताज्मानियाको वरिपरि फुर्सदका साथ घुम्न जान्छन् ।

“यो बाटो लामो यात्रा हो । तर यसले तिनीहरूलाई धेरै छिटो गहिरो पानीमा पुर्‍याउँछ । यसले तिनीहरूलाई सिकारीहरूबाट बच्न मद्दत गर्ने फाइदा हुन सक्छ” कोस्टर बताउँछन् “तर हामीलाई वास्तवमा बाटोहरूको त्यो भिन्नता र त्यसमा अन्तर्निहित संयन्त्रहरूबारे थाहा छैन ।”

तपाइँको प्रतिक्रिया