शुक्रबार, चैत १६, २०८०

चुरोटका ठुटा उठाउन कागलाई तालिम !

नेपालप्लस संवाददाता२०७८ माघ २५ गते १:५७

 

कागहरूलाई स्वीडेनका सडकहरूबाट चुरोटका ठुटा उठाउने तालिम दिने परियोजना अगाडी सारिएको छ । पक्षी विज्ञहरूले भने यस बारेमा गहिरो चिन्ता व्यक्त गरेका छन् ।

“यी स्वैच्छिक रूपमा भाग लिने जंगली चराहरू हुन्” कोर्भिड क्लिनिंगको वेबसाइटमा संस्थापक क्रिश्चियन गुन्थर-ह्यान्सनले उल्लेख गरेका छन् ।

कम्पनीले एउटा मेसिन प्रयोग गरेर कागहरूलाई तालिम दिने लक्ष्य राखेको छ जसले प्रत्येक चुरोटको ठुटोमा बदाम जस्ता खाद्य पुरस्कारको ब्यवस्था गर्छ ।

स्वीडेनको सहर सोडेरतालजेमा हाल एउटा पायलट परियोजना चलिरहेको छ । गुन्थेर हासेनले यो परियोजनाले शहरबाट चुरोटका ठुटा उठाउने कार्यलाई ७५ प्रतिशत सम्मको खर्च कटौति गर्न सक्ने दाबी गरेका छन् ।

“आज चुरोटको ठुटा उठाउनको लागतको अनुमान लगभग ८० क्रोना [स्वीडिश ओरे; एक सय ओरेको एक क्रोना बन्छ] वा प्रति सिगरेटको ठुटो भन्दा बढी छ । कसैले दुई क्रोना लाग्छ भन्छन्” । यदि कागहरूले चुरोटको ठुटा उठाएभने यो प्रति चुरोटको ठुटामा २० ओरे हुन सक्छ” उनले द गार्डियनसित भने ।

उच्च स्तरको बौद्धिकताका कारण कागको प्रयोग भइरहेको छ । न्यू क्यालेडोनियन काग जस्ता प्रजातिहरूमा सात वर्षको मानिसको जत्तिकै तर्क गर्ने क्षमता देखाइएको छ ।

अमेरिकाको युनिभर्सिटी अफ वाशिङटनका काग विशेषज्ञ काइली स्विफ्टका अनुसार स्वीडेनमा पाइने प्रजातिहरू पनि पर्याप्त धैर्य र पुरस्क्रित गरेर सफा गर्ने कार्यकालागि तालिम प्राप्त गर्न सक्षम छन् ।

यो पहिले नै हुडेड क्रो प्रजातिका कागले सफलतापूर्वक प्रदर्शन गरिसकेको भनाई उनको छ ।

अर्थशास्त्रको परिप्रेक्ष्यमा यो परियोजना ठूलो सम्झौता जस्तो देखिन्छ । तर स्विफ्ट र अन्य वैज्ञानिकहरूका अनुसार यो एक असंवन्धित प्रयास होईन् ।

“मलाई लाग्छ यो सबै कुरा हास्यास्पद छ” स्विफ्ट भन्छिन् “धेरै सहरका कर्मचारीहरूको सट्टामा चराहरूलाई काममा लगाउनुको नैतिकता के हो ?”

न्यु साउथ वेल्समा पशु बानी व्यवहारका विशेषज्ञ इमेरेटस प्रोफेसर गिसेला कपलान पनि यस्तै धारणा राख्छिन् ।

“यो सम्पूर्ण विचारनै धेरै नैतिक छैन र वास्तवमा जैविक चिन्ताहरूको द्रिष्टिकोणले घृणित र भयावह छ” उनी भन्छिन् ।

कपलानका अनुसार पहिलो चिन्ता भनेको तालिमले उनीहरूको जंगली व्यवहार परिवर्तन गर्न सक्छ ।

कोर्भिड क्लिनिङको वेबसाइटमा गुन्थर-ह्यान्सनले तर्क गरेका छन्- यी कागहरू पहिले नै मानिसले स्रिजना गरेको वातावरणमा बस्न बानी परेका छन् ।

“उनीहरूको हालको व्यवहार प्राकृतिक जस्तो छैन । त्यसैले तिनीहरूका लागि मानव संसारसँग थोरै फरक तरिकाले अन्तरक्रिया गर्नको लागि ठूलो परिवर्तन गर्नु आवश्यक छैन” उनी भन्छन् ।

तर कपलानका अनुसार “मानिसका लागि त्यस्ता अप्राकृतिक कामहरू गर्दा बिताएको समयले जमघट, खानपिन, ओहोरदोहोर, बस्ने (समाजीकरण) चर्ने कला र सतर्कता अपनाउनुपर्ने व्यवहारबाट पनि चराहरुले समय निकाल्नुपर्छ । त्यसले चराहरूलाई हानि पुर्‍याउँछ।”

स्विफ्ट उनको भनाईमा सहमत छन् ।

“कुकुरले खानाको लागि काम गर्छ । किनभने त्यो खाना के हो र कहिले खुवाउँछ भन्नेमा हामीसँग लगभग पूर्ण नियन्त्रण छ” उनी भन्छिन् “जङ्गली कागले किन चुरोटको ठुटा खोज्छ जबकि उसले खाना आफैं खोज्न सक्छ ?”

तर ठूलो चिन्ता भनेको कागहरूमा सम्भावित स्वास्थ्य प्रभावहरूको संभावना हो ।

“चुरोटका फिल्टरहरू मानिसका लागि खतरनाक रसायनहरूले भरिएका हुन्छन् । यसरी ति चराको अस्तित्वमा खतरा हुन्छन्” कपलान भन्छन् “केही चराहरूले सुर्ति सेवन गर्दैनन् वा आफ्नो गुँडमा केही सामग्री प्रयोग गर्दैनन् भन्ने कुनै ग्यारेन्टी छैन । गुँडको सम्भावित प्रदूषण पनि हुनसक्छ ।”

गुन्थर-ह्यान्सनले आफ्नो वेबसाइटमा स्वास्थ्य प्रभावहरू बारे “कसैलाई थाहा छैन” भनेर स्वीकार गरेका छन् । तर कम्पनीले पत्ता लगाउन चाहेको उल्लेख गरेका छन् ।

उनी भन्छन् “चुरोटको ठुटाहरूमा धेरै निकोटिन र अन्य यौगिक तत्वहरू हुन्छन् जुन सास फेर्दा वा भित्र निल्दा खतरनाक हुन्छ । तर चराहरुले त्यसै गर्छन् भन्ने कसैलाई थाह छैन” ।

शहरी वातावरणमा मानिसले फालेको खाना खान र परिणाम स्वरूप पोषण प्राप्त गर्छन् भनेर चिनिन्छन् चरा । चराहरूलाई राम्रो आहारमा राख्न र यसमा समाधान निकालेर उनीहरूको समग्र स्वास्थ्य सुधार गर्न सम्भावनाहरू धेरै राम्रो भएको भनाई उनको छ ।

“आगामी पाईलट परीक्षणहरूमा चराहरूमा भएका तत्वहरुको स्तर अनुगमन गरिनेछ । र कुनै पनि खतरनाक स्तरमा पुगेमा ती यौगिक तत्वहरू समावेश भएका कुनै पनि वस्तुहरू हटाउन परियोजना परिमार्जन गरिनेछ” वेबसाइटमा उल्लेख छ ।

तर यो कसरी गर्ने भन्ने बारे कुनै जानकारी दिइएको भने छैन ।

मानिसले कागलाई रोजगारी दिने प्रयास गरेको यो पहिलो पटक होइन । र फोहोर उठाउन प्रयोग भएको पनि पहिलो पटक होइन । सन् २०१८ मा फ्रान्सेली थिम पार्कले मानवद्वारा हुर्काएका काग (रुक्स) हरूलाई प्रचार स्टन्टको रूपमा पार्क सफा गर्न तालिम दिएको थियो ।

पुई दु फू थिम पार्कका प्रमुखले एएफपी समाचार एजेन्सीलाई भने “यो पार्क सफा राख्न मात्र होइन । प्रकृतिले हामीलाई वातावरणको ख्याल गर्न सिकाउन सक्छ भनेर देखाउनु पनि हो ।”

सन् २०१७ मा एक डच कम्पनीले ठ्याक्कै यस्तै विचारको घोषणा गर्‍यो । यसले खाना पुरस्कारका रुपमा ब्यवस्था गरेर (खाना जम्मा गर्ने मेसिन प्रयोग गरेर) चुरोटका ठुटाहरू सफा गर्न तालिम दिन चाहन्थ्यो ।

तर आयोजनाको ब्यवहारिकता र प्रभावकारिता मूल्याङ्कन गरेको एक वर्षपछि क्राउड सिटिज नामक कम्पनीले परियोजना अगाडि बढ्न नसक्ने घोषणा गर्‍यो ।

तपाइँको प्रतिक्रिया

फेसबुक