शुक्रबार, असोज २१, २०७९

चराको मुखमा कसरि यति धेरै माछा ?

नेपालप्लस संवाददाता२०७८ माघ २५ गते १७:४८

एटलान्टिक महासागरका पफीन (चरा) हरूको ठोंडमा पत्ती भन्दा धारिलो हतियार हुन्छ । तिनको जिब्रोनै त्यस्तो धारिलो हुने हो । ति धार तिनीहरूको मुखको छत वा माथिल्लो भागमा थिचिएर रहेको हुन्छ । तिनको ठोंडले कुनै माछालाईपनि खस्न नदिइकन, नगुमाई एकैचोटि दस वा बढी साना भुरा माछाहरू समात्न मद्दत गर्दछ ।

फेरिपनि प्रश्न उठ्छ, पफिन चराले कसरि यति धेरै माछा आफ्नो ठोंडमा अड्याउन, टिप्न सक्छन् ?

पफिनहरूसँग दुईवटा विशेषज्ञताहरू हुन्छन् जसले यसलाई धेरै माछाहरू समात्न सफल बनाउँछ । तिनीहरूको चुच्चोको माथिल्लो भाग (तालु) र तिनीहरूको जिब्रोको टुप्पोलेनै यो रहस्य खोल्छ । तिनीहरूको माथिल्लो तालुहरूमा धेरै साना मेरुदण्डहरू हुन्छन् जसले माछा समात्छन् । अर्थात् धेरै मसिना हड्डीले माछा समातेपछि अड्याउँछ । यसको जिब्रोको छेउ खस्रो र मोटो हुन्छ त्यसलाई यसले चिप्लो माछा समात्न प्रयोग गर्दछ । माछा समातेपछि पफिनले आफ्नो शिकारलाई माथिको मेरुदण्डमा धकेल्छ र ति साना हड्ड्डीले च्याप्प अँठ्याएर राख्छन् ।

धेरै मानिसले समुद्री तटमा उडिरहेको माछा हेर्ने गरेका हुन्छन् । उष्ण प्रदेशिय वा यसो भनौं, उश्ण वातावरणिय समुन्द्रमा पौडी खेल्ने, उड्ने सामान्यरुपको माछा होइन तिउनलाई पक्रने । तर उड्ने पफिन चराको चुचुरोबाट झुण्डिने माछा ।

पफिन चराहरूले ठोंडमा एक दर्जन वा त्योभन्दा बढी माछाहरू बोक्छन् । तर अपवादका रुपमा भन्नुपर्दा बेलायतमा ६५ वटासम्म माछा ठोंडमा बोकेको पाइ एको छ । आफ्नो एक्लो ठोंडमा काँचो माछा बोकेर चल्लालाई खुवाउन जान्छन् ति । त्यो ठोंडमा माछा अँठ्याएर पखेटा फिटिफिटी हान्दै आफ्नो रंगीन चुचुरोमा बोकेका माछा गुँडमा पुर्‍याउन प्रसिद्ध छन् पफीन चरा ।

१९ औं शताब्दीको उत्तरार्धमा त्यस्ता ओभरलोडेड चुचुरोहरू भेट्टाउन दुर्लभ थियो । किनकि खाना र प्वाँखहरूको खोजीले समुद्री तटमा अधिकांश पफिन चराका उपनिवेशहरू समाप्त पारेको थियो । तिनले पफिन चराको शिकार धेरै गरेर समाप्त पारेका थिए । तिनीहरूको संख्या फर्काउन संरक्षण कार्य थालियो र तिनलाई यत्रतत्र देख्न ४० वर्ष कुर्नु पर्‍यो ।

पफिन चराहरू औपनिवेशिक प्रजननकर्ता हुन् । अर्थात् तिनले आफ्नो उपनिवेश बनाउँछन् र त्यहिं परिवार हुर्काउँछन् । ठूला समूहमा भेला भएर तटीय वा टापुका चट्टानहरूमा गुँड खन्ने काम गर्छन् । प्रत्येक जोडीले सामान्यतया प्रजनन मौसममा एउटा अण्डा पार्छन् । आमाबाबुले अण्डा वा चल्लाको संख्या हेरेर त्यहि अनुरुप खाना पक्रन उड्ने गर्छन् ।

पफिनहरू आफ्ना जवान हुन लागेका बचेराहरूको लागि माछाको खोजीमा २० माइल (झण्डै ३३ किमी) सम्म उड्ने गर्छन् । त्यसो गर्दा तिनको शरिरको धेरै ऊर्जा खर्च हुन्छ । तिनीहरूले आफ्नो स्वास्थ्यलाई खतरा नपर्नेगरि आफ्नो गुँड बनाएको टापुबाट कति टाढा जान सकिन्छ भनेर सीमित गर्दछन् । तिनीहरू आफ्नो पहुँच भित्र रहेको ठाउँमा मात्रै शिकार (माछा) समात्छन् । आफ्नो चल्लाको लागि सबैभन्दा स्वस्थ (प्रोटिन र फ्याटमा उच्च) माछा समात्ने प्रयास गर्छन् ।

अक्सर यो गुणस्तर र माछाको प्रकारसित संवन्धित हुन्छ । चल्ला बाँच्ने कालको माछा । साथै खानाको एक पर्याप्त मात्रा निर्धारण गर्नुपर्नेपनि हुन्छ । एउटा पफिन चल्लाले कहिलेकाहिं आफ्ना आमा बाबुले ल्याएको माछा निल्न सक्दैन । त्यस्तो अवस्थामा पफिनले उसको मुखको आकार अनुसारको माछा खोज्नुपर्ने हुन्छ ।

यिनै बिभिन्न कारणले गर्दा लगभग ३० प्रतिशत पफिन बचेराहरु मात्र जवान हुन सफल हुन्छन् । किनभने तिनले पर्याप्त पौष्टिक साना खानाहरू पाउँदैनन् ।

पफिन चरा वा अन्य चराको जनसंख्यालाई कायम राख्ने बारेमा मात्र होइन । यसले तिनीहरूको वरपरको पानीमा के भइरहेको छ भन्ने संकेत पनि प्रदान गर्न सक्छ । यो मानवकालागि वातावरणिय ज्ञान हो । तिनीहरूको क्षमता (वा असक्षमता) दुबै महत्वपूर्ण हुन्छ । उचित आकारमा पर्याप्त माछा फेला पार्न र जवानहरूलाई हुर्काउनको लागि पोषण गुणस्तरले हामीलाई जलवायु परिवर्तन र न्यानो पानीले अन्य प्रजातिहरूलाई कसरी असर गर्छ भनेर बुझ्न मद्दत गर्न सक्छ ।

दीर्घकालीन रूपमा यसले हामीलाई जलवायु परिवर्तनका प्रभावहरू न्यूनीकरणमा हाम्रो सफलताको बारेमा पनि जानकारी गराउन सक्छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक