शुक्रबार, वैशाख १४, २०८१

“एनआरएनए विवाद समाधान उपसमितिको रिपोर्टका आधारमा समस्याको समाधान हुँदैन” आचार्य

नेपालप्लस संवाददाता / काठमाडौं२०७८ माघ २५ गते २१:५५

गैर आवाशिय नेपाली संघ (एनआरएनए) भित्र सात महिना देखि जारी विवाद तीन जनाको प्राविधिक समितिको प्रतिवेदन संचार माध्यममा सार्वजनिक भएपछी अझ कसिलो बन्दै गएको छ । उच्चस्तरिय समितिमा छलफल र वहस नहुँदै संचार माध्यमहरुमा सार्वजनिक भएको उक्त प्रतिवेदन अपुरो रहेको अध्यक्षका एक जना प्रत्याशी कुल आचार्यले बताएका छन ।

“प्राविधिक समितिले बुझाएको भनिएको रिपोर्ट मैले पनि संचार माध्यमहरुबाट थाहा पाएँ । रिपोर्ट मुल समस्यामा गएकै छैन । त्यो रिपोर्टका आधारमा समस्याको समाधान हुँदैन”- उनले भने “उठिरहेका समस्याहरु भन्दा बाहिर रहेको रिपोर्ट मान्नु र नमान्ने भन्ने कुरै हुँदैन । हाम्रो कुरा सबै समस्याको समाधान यही उच्चस्तरिय समितिलेनै गरोस भन्ने हो । अझ मैले सुने अनुसार त प्राविधिक समितिको रिपोर्ट उच्चस्तरिय समितिमा नपुग्दै बाहिर सार्वजनिक भएको थियो । त्यसले पनि यो रिपोर्टलाई समितिले नै महत्व दिएको छैन ।”

आचार्यको भनाइ थियो “अर्को कुरा बाहिर सार्वजनिक भएको त्यो प्रतिवेदनलाई कसरी आधिकारिक मान्ने ? त्यसैले त्यो प्रतिवेदनका बारेमा टिका टिप्पणी गरिरहनु आवश्यक छ जस्तो मलाई लाग्दैन ।”

एनआरएन भित्रका विवाद समाधान हुने कुनै विकल्प नदेखिए पछी चार साता अघि आचार्यले नै उपेन्द्र महतो, जीवा लामिछने, शेष घले, कुमार पन्त लगायतका अभियन्ताहरुलाई हिमालय होटलमा भेला पार्न सफल भएका थिए । त्यही बैठकले नै विवाद समाधानका लागि उच्चस्तरिय समिती बनाउने निर्णय गरेको थियो ।

संरक्षक समितिका प्रमुख शेष घलेको संयोजकत्वमा बनेको समितिले नै कानुनविद मुकुन्द पौडेल, सज्जनबर सिंह थापा र यमरी आइटी कम्पनी रहेको प्राविधिक उपसमिती बनाएको थियो । सो समितिले गत २ फर्वरिमा २० पृष्ठ लामो प्रतिवेदन अध्यक्ष कुमार पन्तलाई बुझाएको थियो । तर उक्त रिपोर्ट त्यस अघी नै सार्वजनिक भएको थियो ।

आचार्यले नेपालप्लससँग कुरा गर्दै त्यसरी उच्चस्तरिय समितिमा पुग्नु अगावै सार्वजनिक भएको रिपोर्टका बारेका प्रतिकृया ब्यक्त गर्नुभन्दा पनि उच्चस्तरिय समिती प्रति आफुहरुलाई विश्वास रहेको बताए ।

“हाम्रो विश्वास के हो भने उच्चस्तरिय समितिले सबै समस्याहरुको समाधान गरी अधिवेशन र निर्वाचन गरेर यो संस्थालाई पार लगाउने कुरामा हामी सबैले मद्दत गर्नु पर्छ भन्ने नै मेरो कुरा हो” उनले भने ।

आचार्यले अगाडि थपे- “मैले उच्चस्तरिय समितिमा रहनु भएका सबैं जनासँग बेला बेलामा कुराकानी हुँदा भनिरहेका छौं ‘तपाईंहरुले सहि र सत्यको पक्षमा निर्णय गर्नुस । संस्थासँग तपाईंहरुको पनि इज्जत जोडीएको छ । सँस्था बद्नाम भयो भने तपाईंहरु पनि अछुत रहनुहुन्न । सत्यका पक्षमा हुने निर्णयमा हाम्रो पूर्ण सहयोग र समर्थन रहने छ ।”

गत सोमवार बसेको उच्चस्तरिय समितिको बैठकमा प्रतिनिधि विवाद रहेका भनिएका देशहरुमा समस्या सुल्झाउने जिम्मा त्यहिंका नयाँँ र पुराना कार्य समितिलाई दिने निर्णय गरेको थियो । उनिहरुसँग समितिको बिहिवार बस्ने भनिएको बैठक अगावै प्रतिनिधिको सुची मागिएको छ ।

आचार्यले समितिको यो कदम साकारात्मक रहेको बताउँदै भने “सबैको विश्वास भनेको पनि उच्चस्तरिय समिती नै हो । समस्याको समाधान गर्ने पनि यही समितिले हो । हामीले एनआरएनकै ईतिहासमा सबैभन्दा छोटो बैठक गरेर र आइसीसीले निर्णय गरेर यो समितिलाई समस्या समाधानको जिम्मा लगाएको हो । त्यसैले यो समितिलाई विश्वास गरेर अघी बढ्नुको बिकल्प हुँदैन ।”

उनले थपे “यतिधेरै गैर आवाशिय नेपालीहरुको विश्वाश र भरोसा रहेको ब्यक्तिहरुले कुनै गलत निर्णय गर्नुहोला भन्ने कुरामा खास गरेर मेरो विश्वास छैन ।”

तपाइँको प्रतिक्रिया