बिहीबार, चैत १५, २०८०

एनआरएनए जापानको अनलाईन मतदान गराउने पाँच जनालाई प्रहरी अपराध शाखाबाट पत्र

नेपालप्लस संवाददाता / काठमाडौं२०७८ माघ २५ गते २३:१५

गैर आवाशीय नेपाली संघ (एनआरएनए) जापानको अनलाईन मतदानमा कम्प्युटर प्रणालीको जिम्मेवारी लिएका पाँच जनाले अपराध गरेको भन्दै प्रहरी प्रधान कार्यालय साईबर ब्युरोको अपराध अनुसन्धान शाखाले बयानकालागि पत्र काटेको छ ।

पत्र काटिएकामा जनकबिक्रम शाही, देबीलाल भण्डारी, कालिका थापा, सिद्दार्थ श्रेष्ठ र नेत्रप्रकाश भण्डारी छन् ।

एनआरएनए जापानको अनलाईन मतदानका लागि कम्प्युटर प्रणाली वा प्रविधिको जिम्मा एनआरएनए जापानकी कार्यवाहक अध्यक्ष अनिता गुरुङले यि पाँच जनालाई दिएकि थिईन ।

अनलाईन प्रविधिको जिम्मा यि पाँच जनाले लिएको भएपनि यस अघि एनआरएनए केन्द्रिय अध्यक्ष कुमार पन्त, उपाध्यक्ष डा बद्रि केसी महासचिव डा हेमराज शर्मा, सचिव गौरी राज जोशी र कोषाध्यक्ष महेश श्रेष्ठमाथि प्रविधिको दुरुपयोग गरेको भन्दै प्रहरीको यहि शाखाले माघ १७ गते पत्र काटेको थियो ।

यि पाँच जनाका प्रतिनिधि एनआरएनए सचिवालयका प्रमुख कार्यकारी अधिक्रित राजेश राणा आफैं उपस्थित भएर २०७८ माघ २१ गते लिखित र मौखिक जवाफ दिएका थिए ।

संवन्धित : एनआरएनएका अध्यक्ष पन्तसहित पाँच वरिष्ठ पदाधिकारीलाई प्रहरी अपराध अनुसन्धानबाट पत्र

राणाको लिखित जवाफ अध्ययन गरेपछि प्रहरीको साईबर ब्युरोले थप अनुसन्धान गरी एनआरएनए जापानको अनलाईन मतदानको जिम्मेवारी लिएका जनकबिक्रम शाही, देबीलाल भण्डारी, कालिका थापा, सिद्दार्थ श्रेष्ठ र नेत्रप्रकाश भण्डारी जिम्मेवार रहेको पतत लगाएपछि ति पाँच जनाका नाममा पत्र काटेको हो ।

उनीहरुलाई काटिएको पत्रमा उल्लेख छ “एनआरएनए जापानको दशैं अधिवेशनको निर्वाचनमा प्रविधिको दुरुपयोग गरी एम आइ एस सिस्टममा अनधिक्रित पहुँच गरि आइसिसी, आइसिसी आइटीले र एन सिसी एडमिन सन्चालकले फेरबदल गरि आफूखुशि मतदान गरि विद्युतिय कारोबार ऐन २०६३ अनुसार अपराध गरेको हुनाले कानुन यथाशिघ्र छानबिन गरि कारवाहि गरिपाउँ भन्ने निबेदन यस ब्युरोमा प्राप्त भएकोमा प्राप्त निबेदनउपर यस ब्युरोबाट अनुसन्धान गर्नुपर्ने भएकोले उक्त प्रविधिमा प्रयोग भैरहेको युजर ईमेल (User Email) के कति मितिबाट कुन आइपी (IP) परिवर्तन भएको हो ? निर्वाचनमा भोटिङ हुँदा कुन कुन आइ पीबाट भएको हो ? भोटिङ गर्न गएकाहरुले के कुन समयमा कसरि भोटिङ गरिसकेका हुन् ? सो लगायतको विषय पछिसम्म फरक नपर्नेगरि स्वयं तपाईहरु आफैं वा तपाईहरुको प्रतिनिधिलाई मिति २०७८ माघ २४ विहान १० बजे यस कार्यालयमा उपस्थित भई अनुसन्धान कार्यमा सहयोग गरिदिनुहुन अनुरोध गरिएको छ ।”

पत्र प्रहरी नायव उपरिक्षक ई. दिपेश जोशीको नामबाट काटिएको छ ।

उजुरिको जवाफ दिन सोमवार बोलाईएको भएपनि तिनले के कस्तो जवाफ दिए भन्ने सार्वजनिक भएको छैन ।

संवन्धित

एनआरएनएका अध्यक्ष पन्तसहित पाँच वरिष्ठ पदाधिकारीलाई प्रहरी अपराध अनुसन्धानबाट पत्र

तपाइँको प्रतिक्रिया

फेसबुक