बिहीबार, जेठ १२, २०७९

कमलको पातबाट बन्ने भो वातावरण सफा राख्ने जैविक प्लाष्टिक

नेपालप्लस संवाददाता२०७८ माघ २६ गते १५:१३

वैज्ञानिकहरुले वातावरण सफा राख्ने, प्रदुषण नफैलाउने, पानी तर्किने र छिडो कुहिने भन्दै कमलको पातबाट जैविक झोला उत्पादन गर्ने बिकल्प ल्याएका छन् ।

अन्वेषकहरूले कमलको पातमा चमत्कारी गुणहरू हुने र त्यसैमा आधारित बलियो, छिटो गल्ने र आफैलाई सफा गर्ने नयाँ जैविक प्लास्टिक विकास गरेका हुन् ।

साईन्स अफ द टोटल इन्भाईरोमेन्ट एण्ड एप्लाइड मेटेरियल्स एन्ड इन्टरफेसमा प्रकाशित अध्ययनका अनुसार नयाँ ढंग वा तरिकाले प्रयोग गर्ने प्लास्टिकले तरल र फोहोरलाई हटाउँछ । त्यसपछि माटोमा गाड्दा छिटो टुक्रा हुन्छ र कुहिन्छ ।

अध्ययनका प्रमुख लेखक र आरएमआईटी विश्वविद्यालयका पीएचडी अनुसन्धानकर्ता मेहरान घासेमलो भन्छन् “नयाँ बायोप्लास्टिक ताजा खाना खान र टेकवे प्याकेजिङमा प्रयोगको लागि उपयुक्त हुनसक्छ ।”

“प्लास्टिक फोहोर हाम्रो सबैभन्दा ठूलो वातावरणीय चुनौतीहरू मध्ये एक हो । तर हामीले विकास गर्ने विकल्पहरू व्यापक प्रयोगको मौका पाउनको लागि पर्यावरण-मैत्री र लागत-प्रभावी दुवै हुनु आवश्यक छ” घासेमलोको थप भनाई छ ।

उनीहरुले यो नयाँ जैविक प्लास्टिकलाई ठूला-ठूला उत्पादनलाई ध्यानमा राखेर डिजाइन गरेका थिए । यसलाई बनाउन सजिलो छ र सजिलैसँग औद्योगिक उत्पादन प्रक्रियाहरूसँग एकीकृत गर्न सकिन्छ ।

नयाँ अनुसन्धान जैविक-प्रेरणाको उत्कृष्ट उदाहरण हो । विद्यमान वा पुराना प्राविधिक समस्याहरू समाधान गर्न विकासको सहजताबाट प्रेरणा लिएर त्यसो गर्न सकिन्छ ।

“हामीले कमलका पातहरूको असाधारण रूपमा पानी-विकर्षक संरचनालाई एक अद्वितीय प्रकारको जैविक प्लास्टिक प्रदान गर्न प्रतिरुप बनाएका छौं जसले टिकाउ र बिग्रिने दुवैलाई ठीकसँग संयोजन गर्दछ” घासेमलो भन्छन् ।

प्राङ्गारिक प्लास्टिक ?

नयाँ प्लास्टिक प्राकृतिक रूपमा प्राङ्गारिक, मल बनाउन सकिने (कम्पोस्टेबल) छ । यसले हाल प्रयोगमा रहेको प्लास्टिकका झोला, प्लास्टिक उत्पादनबाट अलग राख्छ । हालका प्लास्टिक उत्पादनहरुलाई औद्योगिक प्रक्रियाहरूको ब्यापक प्रयोग गरिन्छ । प्राङ्गारिक प्लास्टिकलाई त्यस्तो औद्योगिक प्रक्रियाहरुको आवश्यकता नभएपनि चल्छ ।

यो बायोप्लास्टिक अर्कोतर्फ माटोमा छिट्टै टुक्रिन्छ, सड्छ, गल्छ र मल बन्छ । प्लास्टिक जस्तो वर्षौं वर्ष माटोमा बस्दैन ।

“बिरुवाबाट बन्ने सामग्रीहरू बीच ठूलो भिन्नताहरू छन् । हरियो सामग्रीबाट बनाइएकै कारणले यो सजिलै घट्छ भन्ने होइन” घासेमलो भन्छन्।

“हामीले मिश्रणशील बनाउनका लागि हाम्रा कच्चा पदार्थहरू सावधानीपूर्वक चयन गरेका थियौं । र यो हाम्रो माटो अध्ययनको नतिजामा प्रतिबिम्बित हुन्छ जहाँ हामी माटोमा जिवाणु र कीराहरूको सम्पर्कले हाम्रो जैवीक प्लास्टिक द्रुतरूपमा सड्ने, गल्ने गरेको देख्न सक्छौं ।

“हाम्रो अन्तिम उद्देश्य प्याकेजिङ डेलिभर गर्नु हो जुन तपाइँको घरपछाडि कम्पोस्टमा थप्न सकिन्छ । वा अन्य जैविक फोहोरसँगै हरियो कन्टेनरमा फ्याँक्न सकिन्छ ताकि खानाको फोहोरलाई यो कन्टेनरसँग कम्पोष्ट गर्न सकियोस जसले गर्दा पुनर्चालू (रिसाइक्लिंग) को खाद्य प्रदूषण रोक्न मद्दत गर्दछ । ”

कमल : पातलो, पानी तर्काउने, हल्का, स्व-सफाई मेसिन

कमलका पातहरू सफा हुन्छन् । तिनीहरूका धेरै अनौठो र पौराणिक विशेषताहरू मध्ये फोहोर हुन लगभग असम्भव छ । तिनीहरूमा पानी तर्काउनसक्ने गुण हुन्छ । सुक्ष्म स्तरमा साना साना मैनबत्तीको जस्तै चिप्लो पानी तर्काउने (वेक्स) तह हुन्छन् र माथि साना स्तम्भहरू मिलेर बनेको हुन्छ ।

कमलको पातमा खस्ने पानी धेरै टिक्दैन वा सन्चय हुन्न । प्राय एक थोपा मात्र रहन्छ । गुरुत्वाकर्षण वा हावाको कारणले अन्य थोपा खस्न बाध्य हुन्छन् । ती थोपाहरूले पातको सतहमा जम्मा भएको कुनैपनि फोहोर निकाल्छन् । आफ्नो फराकिलो पातलाई उल्लेखनीय रूपमा सफा राख्छन् ।

तिनीहरूबाट स्व-सफाई प्लास्टिक बनाउन रोयल मेलबर्न इन्स्टिच्युट अफ टेक्नोलोजी (आर एम आइ टी) का अनुसन्धानदाताहरुले सिंथेटिक रूपमा माड (स्टार्च) र सेलुलोसिक (फोटोफ्राफिक फिल्म र वार्नेश लगाउने यौगिक) न्यानो कणहरूबाट बनेको प्लास्टिक बनाए । त्यसपछि प्लास्टिकको सतहलाई कमलको पातको स्तम्भहरूको नक्कल गर्ने ढाँचामा छापिएको थियो । पिडि एम एस (प्लान्ट डिजाइन व्यवस्थापन प्रणाली) को सुरक्षात्मक तह, सिलिकनमा आधारित जैविक पोलिमर (बिभिन्न अणुहरुबाट बनेको एक रासायनिक यौगिक तत्व) ले लेपित हुनु अघि उनीहरुले छापेका थिए ।

परीक्षणहरूले पत्ता लगायो कि बायो प्लास्टिकले तरल पदार्थ र फोहोरलाई प्रभावकारी रूपमा हटाउने मात्र गर्दैन बरु तातो, एसिड र इथानोलको सम्पर्कमा आएपछि यसको स्व-सफाई गर्ने गुणहरू पनि कायम राख्छ । यसले खाद्य उद्योगको लागि विशेष रूपमा उपयोगी बनाउँछ ।

सम्बद्ध लेखक रोयल मेलबर्न इन्स्टिच्युट अफ टेक्नोलोजी (आर एम आई टी) विश्वविद्यालयका अनुसन्धानदाता डा बेनु अधिकारी भन्छन् “डिजाइनले स्टार्च (माड) मा आधारित प्लास्टिकका धेरै चुनौतीहरू पार गरेको छ ।”

“स्टार्च (माड वा यस्तै चिप्लो पदार्थ) सबैभन्दा आशाजनक र बहुमुखी प्राकृतिक पोलिमर (विभिन्न अनुहरुबाट बनेको एक रासायनिक यौगिक पदार्थ) हरू मध्ये एक हो । तर यो तुलनात्मक रूपमा कमजोर र चिसोपन वा आर्द्रता (म्वाईस्चर) को लागि अत्यधिक संवेदनशील छ” अधिकारीलाई उल्लेख गर्दै कसमस पत्रिकाले लेखेको छ ।

“हाम्रो जैव-प्रेरित ईन्जिनियरिङ् मार्फत कमलको प्रभावको नक्कल गरेर हामीले अत्यधिक प्रभावकारी माड वा चिप्लोपन (स्टार्च) मा आधारित सड्ने, गल्ने, कुहिने (बायोडिग्रेडेबल) प्लास्टिक प्रदान गरेका छौं ।”

तपाइँको प्रतिक्रिया

फेसबुक