शुक्रबार, वैशाख ७, २०८१

जर्मनीको ग्यास भण्डार ‘चिन्ताजनक’ स्तरमा

नेपालप्लस संवाददाता२०७८ माघ २६ गते १८:४४

सांकेतिक तस्विर

जर्मनीको ग्यास भण्डार सकिंदै गएर चिन्ताजनक स्तरमा खसेको छ । सरकारले रूससँगको तनाव र नयाँ नर्ड स्ट्रिम २ पाइपलाइन (रुसबाट आउने ग्याँस पाईपलाईन) को स्वीकृतिमा ढिलाइ भएकाले भएको ग्यास भण्डार चिन्ताजनक अवस्थामा पुगेको जर्मन सरकारले बुधबार स्वीकार गरेको छ ।

अर्थ र जलवायु मन्त्रालयका प्रवक्ताले बुधवार पत्रकार सम्मेलनमा सरकारले भण्डारण स्तरको अवस्थाको अनुगमन गरिरहेको र यो निश्चित रूपमा चिन्ताजनक रहेको बताएका हुन् ।

ग्यासको भण्डार हालै भएको ४० प्रतिशतबाट ३० देखि ४० प्रतिशतमा घटेको र सन् २०२० को तुलनामा भने ८० प्रतिशत घतिसकेको छ ।

जर्मनीको ५५ प्रतिशत भन्दा बढी ग्यास रूसबाट आउँछ जुन सन् २०१२ यता १५ प्रतिशत अंकले बढेको छ ।

हालसम्म जर्मनीका चान्सलर ओलाफ स्कोल्जको सरकारले आपूर्ति सुनिश्चित गरिएको र जाडोमा पर्याप्त मात्रामा ग्यास नपुग्ने आफ्नो देशमा बढ्दो चिन्ता रहँदारहँदै पनि अभावको जोखिम नभएको दाबी गरेको थियो ।

अर्थतन्त्र तथा जलवायु मन्त्रालयको प्रतिवेदन अनुसार ४० प्रतिशत भण्डार सात दिनको ध्रुवीय तापक्रमका लागि मात्र पर्याप्त हुनेछ ।

बर्लिनस्थित आर्थिक संस्थान डि आइ डब्ल्युले जनवरीमा एउटा नोटमा चेतावनी दिएको थियो “यदि युक्रेनमा द्वन्द्व बढ्यो र रूसले प्रभावकारी रूपमा जर्मनीलाई आपूर्ति बन्द गर्यो भने हामी नयाँ ग्यास संकटको सामना गर्नेछौं । फलस्वरूप ग्यासको मूल्य बढ्दै जानेछ । त्यससँगै उपभोक्ता र समग्र अर्थतन्त्रका लागि लागतहरू बढ्ने छन् ।”

रुसले युक्रेनसँगको साझा सीमामा दशौं हजार सेना र सैन्य उपकरणहरू जम्मा गरेको छ । ग्यास आपूर्तिमा यसैले प्रभाव पारेको हो ।

अमेरिकाले रुसले आफ्नो छिमेकीमाथि आक्रमण गर्न तयारी गरिरहेको आरोप लगाएको छ । तर रुसले त्यस भनाईलाई अस्वीकार गरेको छ । मस्कोले युक्रेन र जर्जियालाई कहिल्यै पनि नेटो सुरक्षा गठबन्धनमा सामेल हुन दिननहुने माग गर्दै आएको छ ।

संवन्धित : युरोपेली बन्दरगाहहरूमा साइबर आक्रमण, तेल टर्मिनलहरू अवरुद्ध

हाल रूसबाट युरोपमा धेरै ग्यास पठाउने काम युक्रेनबाट ट्रान्जिट हुँदै आउँछ जसले राजस्व र कीभको लागि केही मात्रामा सुरक्षा सुनिश्चित गर्दछ ।

तर नर्ड स्ट्रिम २ पाइपलाइनले युक्रेनलाई बाइपास गरी रसियाबाट बाल्टिक सागर हुँदै जर्मनीमा ग्यास पुर्‍याउने लक्ष्य राखेको छ । युक्रेन र अमेरिका दुवैले पाइपलाइनको आलोचना गरेका छन् । त्यसले युक्रेनको सुरक्षालाई कमजोर बनाउने बताइन्छ ।

पाइपलाइन सन् २०२१ को गर्मीमा पूरा भएको थियो । तर जर्मन नियामकले पाइपलाइनको जर्मन खण्ड सञ्चालन गर्ने कम्पनीलाई जर्मनीमा बसोबास गर्ने हुनुपर्ने माग गर्दै यसको प्रमाणीकरण स्थगित गर्यो ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले मंगलबार स्कोल्जसँगको संयुक्त पत्रकार सम्मेलनमा यदि रुसले युक्रेनमा आक्रमण गरेमा त्यहाँ नर्ड स्टीम २ नरहने चेतावनी दिएका थिए ।

यूरोजोनभर मुद्रास्फीति हालैका महिनामा पछिल्लो दशकहरूमै नदेखिएको स्तरमा बढेको छ । मुख्य रूपमा ऊर्जा लागतमा भएको तीव्र वृद्धिले त्यसरि बढेको हो ।

युरोस्टेटका अनुसार युरो प्रयोग गर्ने १९ देशमा ऊर्जाको मूल्य जनवरीमा एक वर्ष अघिको तुलनामा २८ दशमलव ६ प्रतिशत बढी थियो ।

तपाइँको प्रतिक्रिया

फेसबुक