बिहीबार, वैशाख १३, २०८१

ब्रेक्सिटले गर्दा बेलायतलाई ‘उच्च लागत, ब्यापारमा ढिलाइ र थप अवरोधको सम्भावना’ : रिपोर्ट

नेपालप्लस संवाददाता / बेलायत२०७८ माघ २६ गते १९:४२

बेलायती व्यवसायहरूमा ब्रेक्जिटको कारणले ठूलो प्रभाव पारेको बेलायती रिपोर्टलेनै उल्लेख गरेको छ । युरोजोनबाट बेलायत बाहिरिने निर्णय (ब्रेक्जिट) गरेपछि लागत बढेको, कागजी प्रक्रियाहरू बढेको, धेरै झन्झटिलो बनेको र सीमामा ढिलाइ भएको प्रमुख संसदीय समितिका अध्यक्षले बताएका छन् ।

बेलायत ईयुको व्यापारिक संरचनाबाट बाहिरिएको एक वर्ष भन्दा बढी समयपछि सार्वजनिक लेखा समितिले प्रधानमन्त्री बोरिस जोनसनले गरेको ब्रेक्सिटको असरको चित्रण गरेको हो । समितिले चेतावनी दिएको छ “नयाँ सीमा नियन्त्रणको अर्थ थप अवरोध हुन सक्छ ।”

युके-ईयु व्यापारमा यसको प्रतिवेदन सरकारमा सानो फेबदल भएपछि प्रमुख ब्रेक्सिट समर्थक सांसद जैकब रीस-मोगले सार्वजनिक गरेका हुन् । उनी ब्रेक्जिट अवसरहरूको लागि मन्त्रीको नयाँ भूमिकामा नियुक्त भएको केही घण्टा पछि रिपोर्ट प्रकाशित भएको हो ।

“ब्रेक्जिटको एउटा ठूलो प्रतिज्ञा भनेको बेलायती व्यवसायहरूलाई उनीहरूको उत्पादकत्व र अर्थतन्त्रमा योगदान बढाउन अवशर दिनको लागि मुक्त गर्नु थियो । यो महामारीबाट आर्थिक उन्नती र सुधार पुन: प्राप्तिको लामो बाटोमा अझ बढी आवश्यक छ” समितिका अध्यक्ष विपक्षी लेबर पार्टीका डेम मेग हिलियरले भनेका छन् ।

संवन्धित- ब्रेक्सिट पछिको एक वर्ष : बेलायत र युरोपेली निर्यातकर्ताहरूलाई कस्तो असर ?

“अहिलेसम्म मात्र पत्ता लगाउन सकिने प्रभाव भनेको बढ्दो लागत, बढ्दो कागजी कार्य र सीमा ढिलाइ हो” उनको भनाई छ ।

बेलायतले ईयुसँग गरेको ब्रेक्सिट पछिको व्यापार सम्झौताले मूल्य र कोटा रहित सामानहरूको लागि बजार पहुँच सुरक्षित गर्दछ । तर बेलायतको ईयुको एकल बजार र भन्सार संघ छोड्ने निर्णयले व्यापारीहरूको लागि अतिरिक्त कर्मचारीतन्त्र र लागतहरू बढाएको छ ।

“यो स्पष्ट छ कि ईयुबाट बाहिरिनुले प्रभाव पारेको छ । नयाँ सीमा व्यवस्थाले व्यापारमा लागत थपेको छ” सांसदहरूको प्रतिवेदनमा भनिएको छ “व्यापारको मात्रा पनि कोरोना भाइरस महामारी र बृहत् विश्वव्यापी प्रभावले थप दबाब बढाएको छ ।

सार्वजनिक खर्चको अनुगमन गर्ने समितिले चेतावनी दिएको छ- महामारीबाट आर्थिक पुन: प्राप्तिको परिणामस्वरूप उच्च ग्राहक संख्याका साथै बन्दरगाहहरूमा नयाँ जाँचहरूले थप सीमा अवरोधको सम्भावना ल्याउँदछ । सन् २०२२ को पहिलो केही हप्तामा डोभर (सिमा क्षेत्र) पुग्ने लरीहरूको लामो लाइन बढेको छ ।

“सेप्टेम्बरमा सञ्चालन हुने अपेक्षा गरिएको नयाँ ईयु प्रवेश बाहिरिने पद्दती (ईयु इन्ट्री एक्जिट सिस्टम = ईई एस) ले युकेबाट ईयु जाने यात्रुहरूलाई प्रक्रिया पुरा गर्न लामो समय लाग्ने जोखिम ल्याउँछ” रिपोर्टले भन्छ । यद्यपि ब्रेक्सिट बिना पनि गैर-ईयू देशहरूका यात्रुहरूका लागि नयाँ स्वचालित आईटी प्रणाली बेलायतमा लागू हुने थियो । किनभने यो ईयुको शेन्जेन क्षेत्र बाहिर थियो ।

“यूकेले अझै ईयुबाट पूर्ण आयात नियन्त्रणहरू पेश गर्न सकेको छैन” समितिले भनेको छ “ईयु भरका व्यापारीहरू र ढुवानी गर्नेहरू तयार छन् भन्ने कुरा सुनिश्चित गर्नका लागि नियन्त्रणहरू चरणबद्ध रूपमा धेरै गर्न बाँकी छ।”

संवन्धित: ब्रेक्जिटपछि युरोपेली युनियन र बेलायतबिचको ब्यापार नाटकियरुपमा गिर्दो

सन् २०२० को अन्त्यमा ब्रेक्सिट संक्रमण अवधि समाप्त भएपछि ईयूले बेलायतबाट सामानहरूमा पूर्ण आयात नियन्त्रणहरू प्रस्तुत गरेको थियो ।

साना र मध्यम आकारका व्यवसायहरू (एसएमई) लाई नयाँ सीमा लागत र रातो टेप (ट्याग लगाउने कार्य) को सामनाकालागि मद्दत गर्न थप कार्य गर्न सकिने सांसदहरूले बताएका छन् । संक्रमण सहज बनाउनको लागि दुई करोड पाउण्ड समर्थन कोषको एक तिहाइ मात्रै भुक्तान गरिएको उनीहरूको दाबी छ ।

संवन्धित: युरोपेली युनियनबाट बेलायत बाहिरियो : युनियन र बेलायत कसलाई कति घाटा ?

ईयुबाट आइपुगेका सामानहरू जाँच गर्ने व्यवस्था परीक्षण नगरिएको र शोषण हुनसक्ने र त्यसले नियामक र वित्तीय जोखिमहरू बढाउने उनीहरुको बह्नाई छ । समितिले नयाँ पूर्वाधार निर्माणमा ढिलाइ भएकोसमेत उल्लेख गरेको छ ।

सन् २०२३ सम्म डोभरमा आउँदा जाँचको लागि चयन गरिएका सामानहरू लगभग १०० किलोमिटर भित्र पठाइन्छ । “अन्तरदेशीय क्षेत्रहरू बन्दरगाहहरूबाट जति अगाडि छन् बाटोमा सामानहरू अफलोड हुन सक्ने जोखिम बढी छ” प्रतिवेदन भन्छ ।

सन् २०२५ सम्ममा विश्वको सबैभन्दा प्रभावकारी सिमाना बनाउने सरकारको महत्वाकांक्षी योजना थियो । तर आजको अवस्थालाई हेरेर त्यसमा विश्वस्त हुननसकिने समितिले उल्लेख गरेको छ ।

 

तपाइँको प्रतिक्रिया