शुक्रबार, वैशाख ७, २०८१

युक्रेन संकट : रुस र बेलारुसद्वारा सैन्य अभ्यास सुरु

नेपालप्लस संवाददाता२०७८ माघ २७ गते १२:५९

Image Credit-topwar.ru

युक्रेनमा तनाव कम गर्न कूटनीतिक प्रयास बिहीवारबाट तीव्र हुने तालिका बाहिरिएकै बेला रुस र बेलारुसले युक्रेनको सिमा नजिक सैन्य अभ्यास शुरु गरेका छन् ।

शीत युद्ध पछि रूस र पश्चिम बीचको सबैभन्दा ठूलो सुरक्षा संकट उत्पन्न भएकैबिचमा दुबै पक्षले सैन्य अभ्यासहरू शुरु गरेका हुन् ।

रुसी र बेलारूसी सेनाले बेलारुसमा संयुक्त सैन्य अभ्यास सुरु गरेको मस्कोको रक्षा मन्त्रालयले रुसी भाषामा एक विज्ञप्ति प्रकाशित गर्दै भनेको छ ।

“अभ्यासको उद्देश्य रक्षात्मक अपरेशनको ढाँचा भित्र बाहिरी आक्रामकतालाई रोक्न र हटाउने विधिहरूमा काम गर्नु हो” विज्ञप्तीमा भनिएको छ ।

कुनै पनि देशले अभ्यासमा संलग्न स्रोतहरू निर्दिष्ट गरेको छैन । तर पश्चिमी देशहरुले ३० हजार रुसी सेना अभ्यासमा भाग लिन बेलारुसमा तैनाथ गरिएको दावी गरेका छन् ।

यसैबीच पेन्टागनले युक्रेन र रुसबीच थप द्वन्द्वको तयारीमा अमेरिकी सेना पोल्याण्डमा रहेको पुष्टि गरेको छ ।

बिहीवार जर्मनी, फ्रान्स, रसिया र युक्रेनका विदेश नीति सल्लाहकारहरूले बर्लिनमा शान्ति प्रयासहरू पुन: जीवित गर्न सम्भव छ कि भनेर छलफल गर्न भेला हुने कार्यक्रम रहेको जर्मन चान्सलर स्कोल्जको कार्यालयले उल्लेख गरेको छ ।

“युक्रेनमा तनावसँग जोडिएको मानवीय संकटको अवस्थामा बेलायत थप १,००० सैनिकहरू तैनाथ गर्न तयार रहेको छ ” प्रधानमन्त्री बोरिस जोनसनले बुधवार ब्रसेल्स र वारसामा नेटो सहयोगीहरूलाई भेट्ने योजनाबद्ध भ्रमण अघि भने।

रुसी सेनाको संख्या बृद्धि जारी : पेन्टागन

युनियन करेज २०२० नाम दिईएको संयुक्त रुसी-बेलारुसी अभ्यास १० दिनको लागि घोषणा गरिएको हो ।

पेन्टागनका प्रवक्ता जोन किर्बीले बुधवार आयोजित एक ब्रीफिङमा रुसी सेनाको निर्माण अस्थिर र अनावश्यक रहेको बताएका छन् ।

“हामीले पछिल्लो २४ घण्टामा रूसको अन्य ठाउँबाट युक्रेन र बेलारुसको सीमामा थप क्षमताहरू प्रवाह गरेको देखेका छौं” उनले बेलारुसमा रूसी रक्षा प्रमुखको उपस्थितिलाई उल्लेख गर्दै भने ।

“संख्या बढ्दै गइरहेको छ । हामीलाई पक्का छ कि त्यहाँको उत्तर भागमा एक लाख सेना छन् । तिनले त्यो क्षमता थप्न जारी राखेका छन् । हामीले थप बटालियन समूहहरू तिनीहरूको बाटोमा छन् भन्ने संकेतहरू पनि देख्छौं, किर्बीले थपे।

रुस र बेलारुसले अभ्यास अघि प्याराटुरूपर्स (हवाई सेना) र हवाई गस्ती समेत समावेश गरी अभ्यास गरेका छन् ।

बेलारूसी रक्षा मन्त्रालयले बुधबार सार्वजनिक गरे अनुसार अभ्यासका क्रममा आर्मर्ड कार्मिक क्यारियर, मोर्टार, ग्रेनेड लन्चर र साना हतियारहरू प्रयोग गरिएको थियो ।

बेलारूसी राज्य टेलिभिजनले प्रसारण गरेको फुटेजमा प्याराट्रूपर्सहरूले लक्षित क्षेत्रमा गोली हान्ने अभ्यास गरेको र रातमा तोपखाना प्रयोग गरेको देखाइएको थियो ।

मस्कोले संयुक्त अभ्यासका लागि साइबेरिया र सुदूर पूर्वबाट बेलारुसमा सेना सारेको छ, र कालो सागर क्षेत्रमा छवटा ठूला ल्यान्डिङ क्राफ्ट पठाएको छ।

यसैबीच रुसको रक्षा मन्त्रालयले बुधवार एउटा भिडियो जारी गरेको छ जसमा एस यु-३५ एस लडाकु विमान बेलारुसको हवाई सीमामा गस्ती गरिरहेको देखाइएको छ ।

मस्कोले संयुक्त अभ्यासका लागि साइबेरिया र सुदूर पूर्वबाट बेलारुसमा सेना सारेको छ । ब्ल्याक सी क्षेत्रमा छ वटा ठूला ल्यान्डिङ क्राफ्ट पठाएको छ।

बेलारुसमा रुसी सेनाको तैनाथीले पश्चिममा मस्कोले उत्तरबाट युक्रेनमा आक्रमण गर्न सक्छ भन्ने चिन्ता बढाएको थियो । तर मस्कोले आक्रमणको योजना रहेको अस्वीकार गरेको छ । युक्रेनी राजधानी बेलारुसको सिमानाबाट मात्र ७५ किलोमिटर टाढा छ ।

नाटोले सेना परिचालन बढायो

अमेरिकाले पोल्याण्ड र रोमानियामा थप सैनिकहरू पठाएको छ भने जर्मनीले लिथुआनियामा सेनाको संख्या बढाएको छ । नाटो सेनाहरू पहिले नै इस्टोनिया, लाटभिया र लिथुआनिया साथै पोल्याण्डमा तैनाथ छन् ।

वाशिंगटनले दोस्रो क्याभलरी रेजिमेन्टको स्ट्राइकर स्क्वाड्रनलाई जर्मनीको भिल्सेकबाट युक्रेनको सिमाना रहेको रोमानियामा सार्न थालेको छ । अमेरिकी अधिकारीहरूले करिब १,००० नेटो सेना पठाउने बताएका छन् ।

८२औँ एयरबोर्न डिभिजनका करिब १७०० अमेरिकी सैनिक पोल्याण्ड जाँदैछन् र करिब आधा पुगिसकेका छन् । आगामी दिनहरूमा थप सेना आउने अपेक्षा गरिएको छ । पेन्टागनका प्रवक्ता जोन किर्बीले भने ‘अमेरिकाले तनाव र द्वन्द हासिल गर्न प्रयास गरिरहेको छ । यसकालागि शान्तिपूर्ण प्रयास र कूटनीतिक बाटो अगाडि बढ्छ ।”

नाटोले युक्रेनमा सेना पठाउने योजना बनाएको छैन । तर बाल्टिक राज्यहरूबाट युक्रेनको पश्चिमी सीमाना र बुल्गेरियाको ब्ल्याक सी क्षेत्रमा सुरक्षालाई बलियो बनाउँदैछ । ३० राष्ट्रको सैन्य गठबन्धनले हंगेरी र स्लोभाकियामा दीर्घकालीन सैन्य उपस्थिति स्थापना गर्ने कि नगर्ने भनेर पनि विचार गरिरहेको छ ।

हंगेरीका विदेश मन्त्री पिटर सिज्जार्तोले बुधवार युरोन्यूजलाई बताएअनुसार उनको देशले युक्रेन संकटमा चालबाजीको एक भागको रूपमा आफ्नो भूमिमा थप नाटो सेनालाई स्वीकार गर्दैन । किनकि हंगेरीका सशस्त्र सेनाहरू देशको सुरक्षाको ग्यारेन्टी गर्न पर्याप्त छन् ।

बेलायती मन्त्रीहरूको मस्को भ्रमण

बेलायती शीर्ष कूटनीतिज्ञहरु तनाव कम गर्न खोज्दै बुधवार मस्को गएका छन् । विदेश सचिव लिज ट्रसले युक्रेनमा रुसी आक्रमणले त्यहाँ संलग्न सबैका लागि ठूलो परिणाम ल्याउने चेतावनी दिए ।

“रुससँग यहाँ विकल्प छ । हामी उनीहरूलाई संलग्न हुन, घटाउन र कूटनीतिको बाटो रोज्न दृढताका साथ प्रोत्साहन गर्छौं ” ट्रसले आफ्नो प्रस्थान गर्नु अघि भने । यो चार वर्ष भन्दा बढीमा बेलायतका तर्फबाट शीर्ष तहका राजदूतको पहिलो मस्को भ्रमण हो ।

दुई दिने भ्रमणका क्रममा विदेश सचिवले रुसी समकक्षी सर्गेई लाभरोभसँग भेटघाट गर्ने कार्यक्रम छ भने दुई देशका रक्षामन्त्रीहरु पनि सहभागी हुनेछन् ।

बुधबार स्पेनका विदेशमन्त्री जोसे म्यानुएल अल्बारेसले युक्रेनी समकक्षी दिमिट्रो कुलेबासँग भेट गर्न कीभको भ्रमण गरेका थिए ।

(एपी एफपी र युरोन्युजको सहयोगमा)

संवन्धित

रुसले युक्रेनमा आक्रमण गरे ठूलो मूल्य चुकाउनुपर्ने युरोपेली संघको चेतावनी

चिनिया राष्ट्रपतीले पुटिनलाई समर्थन गरेपछि अमेरिकी सेना पोल्याण्डमा अवतरण

तपाइँको प्रतिक्रिया

फेसबुक