बुधबार, वैशाख १२, २०८१

फ्रान्सका सुपरमामार्केटमा गफाडीकालागि छुट्टै ‘क्याशियर’

नेपालप्लस संवाददाता / फ्रान्स२०७८ माघ २८ गते १८:४५

देशभरका पसलहरूमा ग्राहकहरूलाई कर्मचारीसँग कुरा गर्न अलि बढी समय लिनको लागि “ब्लाब्ला केश” भनेर चिनिने च्याट-मैत्री ग्राहक डेस्कहरू सिर्जना गरिँदैछ । फ्रेन्च शब्द “ब्लाब्ला” को अर्थ सामान्यतया ‘गफ गर्न रुचाउने’ भन्ने हो ।

यस कदमको पछाडिको विचार भनेको मानिसहरू बीचको सम्बन्ध पुन: सिर्जना गर्नु हो । बातचित गरेर संवन्ध विकास गर्नु हो । विशेष गरी महामारीको दुई वर्ष पछि सुपरमार्केटहरूलाई कर्मचारी र पसलहरूको ब्यापारमा चिन्तित बनाएको छ । र ब्यापारीहरुले ग्राहक तान्ने नयाँ बातो खोजिरहेका छन् ।

“हामीलाई थाहा छ हामी स्वागत गर्नेछौं । हाम्रो पछाडिका मानिसहरूलाई पनि थाहा हुन्छ कि हामी हतारमा हुँदैनौं । हामी हतारमा पैसा तिरेर हिंड्न चाहनेको बाटोपनि रोक्दैनौं” पश्चिमी शहर एन्जर्सको क्यारेफोर स्टोरका एक ग्राहकले भने ।

“केही ग्राहकहरू चाँडै पैसा तिरेर निस्किहाल्न चाहन्छन् । ति हातरमा हुन्छन् । अरूहरू आफ्नो समय आनन्दले लिन, ढिलो गर्न, अन्य ग्राहकहरुसित गफगाफ, परिचय गर्ने क्षणको आनन्द लिन र हाम्रा क्याशीयरहरूसँग कुरा गर्न चाहन्छन् । त्यसैले यसले हामीलाई केही शब्दहरू बोल्ने, दुखसुख आदानप्रदान गरेर क्याशीयरसँग थोरै समय निकाल्न अनुमति दिन्छ” कारेफुर सुपरमार्केटका प्रबन्धक, पियर-इम्मानुएल वासेउरले भने ।

“ग्राहकलाई बिदा गर्दा हामीले हाम्रो समय लिन्छौं । ग्राहकहरूले यसलाई मन पराउँछन् भन्ने सिद्द भएको छ । हामीलाई शान्त रूपमा सामानहरु हिसाब गरेर जानको लागि आफ्नो समय लिएर काम गर्न अझ रमाइलो लाग्छ । त्यसैले हामी ब्यापारमा, ग्राहकको खुशिमा अझै फरक देख्न सक्छौं । यद्यपि हामी प्रायः पुरानै ग्राहकहरू भेट्छौं जससँग हामी पहिले सामान्य चेकआउटमा कुरा गर्थ्यौं” क्यासियर गोरोले भनिन् ।

यो तरिकाले फ्रान्समा आकर्षण गरेको छ । फ्रान्सका अन्य ठूला सुपरमार्केट चेनहरू जस्तै हाइपर यू र ओसँले पनि जनवरीमा पूर्ण रूपमा यो तरिका अपनाउने भनेर योजना अगाडि बढाएका छन्। अहिले यस्ता ‘ब्लाब्ला’ क्यासियरहरु लगभग १५० वटा स्थापना गरिएको छ।

यो नयाँ योजनाले विशेष गरी वृद्धवृद्धाहरूलाई आकर्षण गरेको छ । ८२ वर्षीया मारी लुक लफुभ्र जोस्तो भन्छिन् “माई शिष्ट भएर, घरको औपचारिक अनौपचारिक दैनिकीबाट बाहिर निस्किएर पसलहरूमा बकबक गर्न र रमाइलो कुराकानी गर्न मन पर्छ ।”

“अरु केसहरुमा मानिसहरुलाईस् सधैं हतार हुन्छ । अलिकति समय बढी लागेपनि ति समय गयो, ढिलो भो, हतार भो भनेर गन गन गर्छन् । यस्तो केस गजजबको छ ।”

(एएफपीको सहयोगमा)

तपाइँको प्रतिक्रिया

फेसबुक