शनिबार, वैशाख ८, २०८१

एनआरएनए उच्चस्तरिय समितिको बैठक अनिस्चित, साँझसम्म विशेष निर्णय हुने संभावना

नेपाल प्लस२०७८ माघ २९ गते १४:००

गैर आवाशीय नेपाली संघ (एनआरएनए) को विवाद समाधान गर्न बनेको उच्च स्तरिय समितिका संयोजक शेष घले संपर्कमा नआएपछि शनीवार बस्ने भनिएको बैठकपनि अनिस्चित बनेको छ । संयोजकका नाताले घले स्वयंले बैठक डाक्नुपर्ने र संपर्क गर्नुपर्नेमा उनीनै संपर्कबिहिन भएपछि विवादको समाधान सहमतिका आधारमा हुने आशामाथि फेरि तुशारापात हुने देखिएको हो ।

शनिवार दिउँसोसम्म समितिका अन्य सदस्यहरु अध्यक्ष कुमार पन्त, भवन भट्ट, जीवा लामिछाने, राम प्रताप थापा र डा उपेन्द्र महतो घलेको संपर्क कुरेर बसेका थिए । अर्का सदस्य देवमान हिराचन भने घलेको उपस्थिति हुने भएपछि स्वत उपस्थित हुन्छन् भन्ने बुझाई थियो । नेपालप्लस स्रोतका अनुसार कुमार पन्तले शेष घलेलाई शुक्रवारदेखिनै संपर्कको प्रयास गरेका थिए । तर घलेसित सम्पर्क हुन नसकेको नेपालपप्लस उच्चस्रोतले बतायो ।

समितिका बाँकी ६ सदस्यहरु शेष घलेको प्रतिक्षामा बसेका छन् । शनिवार साँझसम्म घलेको प्रतिक्षामा बस्ने र उनले बैठक बारे कुनै चासो नलिएमा बहुमत प्राप्त सदस्यहरु बसेर निर्वाचनकलागि प्रतिनिधि छनौटदेखि बाँकी समस्याहरुको निर्णय गर्ने संभावना छ ।

शेष घलेमाथि विश्वाश गरेर बसेका अध्यक्ष कुमार पन्त लगायतका सदस्यहरु यतिखेर ब्यापक दबाब र तनावमा परेका छन् ।

दिउँसो नेपालप्लसले यसबारे बुझ्न खोज्दा समितिका सदस्यहरु जीवा लामिछाने, उपेन्द्र महतो, कुमार पन्त, रामप्रताप थापा लगायत कोहिपनि संपर्कमा आएनन् ।

कुमार पन्तले त अहिले फेसबूकको म्यासेन्जरनै निस्क्रिय (डिज्याक्टिभ) गरेका छन् । अन्य सदस्यहरुपनि कोहि सम्पर्कमा आउन चाहेको छैनन् ।

एनआरएनएको लामो समयदेखि बल्झिएको प्रतिनिधि विवाद लगायतका समस्या पूर्व अध्यक्ष र संरक्षक समितिले सुल्झाउन सक्छन् भनेर आशावादी बनेका एनआरएनहरुपनि अहिले यो उच्चस्तरिय समिति भित्रैको विवाद र कार्यशैली देखेर वाक्क बनेका छन् ।

यसैबिच यो उच्चस्तरिय समितिले विवाद समाधान गर्ने छाँटकाँट नदेखिएपछि एनआरएनए अन्तर्राष्ट्रिय समन्वय समिति (केन्द्रिय समिति) को बैठक बसेर बहुमतका आधारमा प्रतिनिधि छनौटबारे यस अघिका सुझाव र बिकल्पलाई मान्य गरि निर्वाचनको मिति र प्रक्रिया सुनिस्चित गर्नुपर्ने भन्दै आन्तरिक छलफल चलेको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक