शुक्रबार, वैशाख १४, २०८१

एनआरएनए उच्च स्तरिय समितिलाई अध्यक्षबाट अल्टिमेटम, बैठक नबसे निर्वाचनको अन्तिम घोषणा

नेपालप्लस संवाददाता काठमाडौं२०७८ फागुन १ गते १४:१३

गैर आवाशीय नेपाली संघ (एनआरएनए) मा लामो समयदेखिको विवाद मिलाउन गठित सात सदस्यिय उच्च स्तरिय समितिलाई एनआरएनए अध्यक्ष कुमार पन्तले बैठक बस्न अन्तिम अल्टिमेटम दिएका छन् ।

नेपालप्लस उच्च स्रोतका अनुसार फर्वरी पाँचमा बुझाउनुपर्ने प्रतिनिधि छनौटको रिपोर्ट फर्वरी १३ सम्मपनि नदिएको र बैठक बस्नसमेत आनाकानी गरेपछि पन्तले आइतवार फर्वरी १३ नेपालको समय अनुसार रातको १२ बजे सम्मकालागि अन्तिम अल्टिमेटम दिंदै संयोजक घले र अन्य सदस्यहरुलाई पत्र पठाएका हुन् ।

आइतवार राती १२ बजेसम्मपनि उच्च स्तरिय समितिका संयोजक शेष घलेले बैठक नबोलाएमा आइतवार रातीनै अल्टिमेटमको समयसिमा सकिएपछि प्रतिनिधि छनौट सूची केन्द्रिय समितिलाई हस्तान्तरण गरिने छ । र केन्द्रिय समितिले निर्वाचन आयोगलाइ दिएर निर्वाचनको र्पक्रिया शुरु हुने छ ।

स्रोतका आनुसार फर्वरी ५ मै बुझाउनुपर्ने सूची नबुझाउने, बैठक बस्नै आनाकानी गर्ने र फर्वरी मध्यान्हसम्मपनि शेष घले सम्पर्क बाहिर बसेपछि अध्यक्ष कुमार पन्तले समिति समस्या समाधानका लागि गम्भिर नबनेको भन्दै यस्तो अल्टिमेटम दिएका हुन् ।

यस विषयमा सम्पर्क गरेर अध्यक्षको निर्णयबारे बुझ्न खोज्दा अध्यक्ष कुमार पन्तसित सम्पर्क हुन सकेन ।

तपाइँको प्रतिक्रिया