बिहीबार, वैशाख १३, २०८१

प्रधान न्याययधिशमाथि महाअभियोग : सत्ताको लुछाचुँडी र बदला लिने आआफ्नै हतियार

तिर्थनाथ कँडेल२०७८ फागुन २ गते १६:००

लेखक तिर्थनाथ कँडेल

२०७४ वैशाख १७ गते सत्ता साझेदार दुई दल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) का २४९ सांसदले हस्ताक्षर गरेर तत्कालिन प्रधानन्यायाधीश सुशिला कार्की विरुद्द महाअभियोग प्रस्ताव दर्ता गरे । प्रहरी महानिरीक्षक नियुक्ति विवादमा कार्कीले गरेका निर्णयलाई लिएर महाअभियोग प्रस्ताव संसदमा दर्ता गरिएको थियो । यस बाहेक नेपाली कांग्रेसका केही पूर्व मन्त्रीहरुलाई जेल पुर्याउन कार्कीका फैसलाहरुले भूमिका खेलेका थिए । ०७४ बैशाखमा देशको प्रधानमन्त्री पुष्पकमल दाहाल थिए । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा त्यसका सहायक रथी । रिस आफ्ना सहयोगी नेताहरुलाई जेल पठाएको भन्ने थियो । बहाना प्रहरी महानिरिक्षक नियुक्तिको विषय बनेको थियो ।

उनिमाथि लगाइएको महाअभियोग पत्रमा पाँच बुँदा उल्लेख गरिएको भए पनि मुख्य कुरा महानिरिक्षक नियुक्तीमा सर्वोच्चले कार्यपालिकाका काममा हात हालेर हस्तक्षेप गरेको भन्ने नै थियो । दुर्गा सुबेदी, नेपाली कांग्रेसका पुराना नेता मध्येका एक । पंचायतकालमा नेपाली कांग्रेसले जहाज अपहरण गर्दाका मुख्य योजनाकार । सुशिला कार्की उनै दुर्गा सुबेदीकी श्रीमती । शेरबहादुर देउवाले दुर्गा सुबेदीको घर विराटनगरमा कयौं पटक सुशिला कार्कीले पकाएको भात खाएका छन । सुशिला कार्कीको सर्वोच्च सम्मको यात्रामा कतै न कतै देउवाको हात छ । किनभने देउवालाई आफ्नो फोहोरी राजनीतिको लागि न्यायिक मोहरा चाहिएको हुन्छ । त्यही मोहरा खोज्ने क्रममा कार्कीको सर्वोच्च सम्मको यात्रा तय भएको थियो ।

तर देउवाको राजनीतिक सोचको दायरा जती फराकिलो भए पनि घुमाउरो छ । त्यो घुमाउरो मोडमा गुमिरहँदा कहीं न कहीं रिंगटा लाग्छ र मान्छे पल्टिन्छ ।

प्रधानन्यायधिस हुँदै गर्दा सुशिला कार्कीका अगाडि दुईवटा बाटाहरु थिए । न्यायिक आवरणमा देउवाको मोहरा बन्ने अथवा न्यायमुर्ती हुने । उनले जुन बाटो रोजिन त्यो त सर्वविदितै छ- देउवाका आत्मिय पुर्व मन्त्रीहरुलाई जेल पुर्याएर उनले दुस्मनिको शुरुवात गरिन् । प्रहरी महानिरिक्षक नियुक्तिमा कार्कीको अन्तरिम आदेश बहाना मात्रा थियो । मुख्य रिस पुरानै थियो ।

देउवाले नेपालको राजनीतीक इमानलाई निले । चोलेन्द्रले न्यायपालिका निले । जनताले कहिल्यै विश्वास गर्न नसक्ने गरी कार्यपालिका र न्यायपालिकालाई यि दुइजना मिलेर सखाप पारे ।

हुन त देउवा (तत्कालिन सरकार) ले कार्की विरुद्दको महाअभियोगको प्रस्ताव तर्साउन मात्र ल्याएका थिए । तर कार्की के तर्सीनु । आफैंले भात पकाएर खुवाएको एउटा राजनीतिक लल्लुलाई उनले नचिन्ने कुरै थिएन । देउवाले आफ्ना राजनीतिक ट्रिकहरु कार्कीकै श्रीमान दुर्गा सुबेदीबाट सिकेका थिए । देउवाको ठ्याक्कै हैशियत उनलाई थाहा थियो । त्यसले उनी डग्दै डगिनन ।

कार्की महाअभियोग सामना गर्ने भनेर बसिरहेकी थिइन् । उता सर्वोच्च अदालतमा उक्त प्रस्ताव खारेज गर्न रिट पर्‍यो । अहिले पुन: मुख्य गरी नेपाली कांग्रेस र माओवादी केन्द्रको सरकार छ । प्रसंग अली फरक छ । तर अहिले फेरी प्रधानन्यायधिशका विरुद्दमा महाअभियोग प्रस्ताव दर्ता गरिएको छ । उ बेला पुष्पकमल दाहाल प्रधानमन्त्री थिए । अहिले शेरबहादुर देउवा प्रधानमन्त्री छन ।

अहिले दर्ता भएको महाअभियोग प्रस्तावको पत्र समातेर घर हिंडेका प्रधानन्यायधीश चोलेन्द्र शम्शेर राणा त्यो बेला सर्वोच्चका न्यायधिश थिए । सुशिला कार्की विरुद्द दर्ता भएको महाअभियोग प्रस्ताव खारेजीका लागि परेको रिट राणाको एकल इजलासमा पर्‍यो । कार्की र राणाको सम्बन्ध सुमधुर थिएन । राणा विशेष अदालतको न्यायधिश छँदा कांग्रेसका पूर्व मन्त्रीहरुलाई भ्रष्टाचार मुद्दामा उनले सफाइ दिएका थिए । विशेषको फैसला विरुद्दमा सर्वोच्च पुगेका ति मुद्दाका फैसलालाई कार्कीले नै उल्ट्याइदिएकी थिइन । कार्कीलाई राणाले चहार्ने हरेक ढोकाको ठेगाना थाहा थियो । उनले तिनै भ्रष्टाचारका मुद्दामा विशेषका फैसला उल्ट्याउँदै राणालाई नसिहत दिनुपर्ने फैसला सुनाएकी थिइन ।

दुबैकाबिच रहेको यस्तो सम्बन्ध अनी कार्की माथिको महाअभियोग प्रस्ताव खारेजिको रिट राणाको इजलासमा । धेरैले अड्कल काटे- अब कार्की अतित वर्तमान सबै सकियो । तर बाहिरी अनुमान र अड्कल विपरित राणाले आफ्नो एकल इजलासबाट महाअभियोग प्रस्ताव नै खारेज गरिदिए । र, उनले उक्त रिटमाथिको आदेशमा लेखे, ‘निवेदकले माग गरेको अन्तरिम आदेश गर्दै गर्दा मेरो मन मलीन, उदास र अशान्त भइरहेको महशुस गरिरहेको छु । सम्मानीय प्रधानन्यायाधीश विरूद्धको महाअभियोग प्रस्ताव दर्ता भएकै दिनदेखि यस संस्थाका सबै न्यायाधीशको अनुहारमा बादल लागेजस्तो हिन भावना जागृत भएको अवस्था प्रत्यक्ष देखिने गरी प्रतिविम्बित भइरहेको मैले देखेको छु, महशुस गरिरहेको छु । के यो चिन्ता र अवस्था कसैले महशुस गर्नुनपर्ने ?

धेरैलाई चकित पार्ने गरी आएको उनको यो फैसलाका पछी पनि देउवाको हात थियो भन्नेहरु नेपाली कांग्रेस भित्र धेरै छन । किनभने त्यो महाअभियोग प्रस्तावको मुख्य उद्देश्य कार्कीलाई तर्साउनु थियो । कार्की तर्सिइन् अत्थवा तर्सिइनन् त्यो छुट्टै कुरा थियो । अर्को कुरा शेरहबदुर देउवा र चोलेन्द्रको सम्बन्ध विशेष अदालत देखी नै मजबुत बनेको थियो । आफ्ना साथीहरुलाई सफाइ दिएको गुन मानेका थिए देउवाले । त्यसैको परिणाम चोलेन्द्र आसान बाटो हुँदै सर्वोच्च आए । कति ठाउँमा देउवाले आँखा चिम्लिए । धेरै ठाँउमा चोलेन्द्रले ढाकछोप गरिदिए । यो लगातार चल्यो । देउवाले नेपालको राजनीतीक इमानलाई निले । चोलेन्द्रले न्यायपालिका निले । जनताले कहिल्यै विश्वास गर्न नसक्ने गरी कार्यपालिका र न्यायपालिकालाई यि दुइजना मिलेर सखाप पारे ।

सर्वाेच्चमा विचाराधीन सभामुख अग्नि सापकोटा र एकीकृत समाजवादीका १४ सांसद विरुद्धको रिटमा फैसला हुन बाँकी छ । ओलीलाइ लागेको छ, यि दुबै मुद्दाको फैसला आफ्नो पक्षमा पार्न सके यो भन्दा ठूलो राजनीतिक बदला अर्को हुनै सक्दैन ।

चोलेन्द्र शम्शेर राणा विरुद्दमा माहाअभियोग ल्याउनुपर्ने आवाज अहिलेको होइन । शायद उतिबेला राणा विरुद्दमा महाअभियोग आएको भए पास हुने सम्भावना पनि थियो । देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्चले परमादेश जारी गरेपछी एमाले राणा प्रती रुष्ट थियो । तर देउवा राणाका गुन महाअभियोगले तिर्ने पक्षमा थिएनन । देउवा आँखा चिम्लिएर बसे, सर्वोच्चमा राणाले उधुम मच्चाए ।

राणा मोहरा हुन ति जसका पनि हुन सक्दछन । कसलाई कहाँँ प्रयोग गर्ने भित्री कौशल राजनीतिज्ञको हो । अहिले प्रधानन्यायधिश राणा केपी ओलीको कोटरिमा पुगे । यती बेला सर्वोच्चमा विचाराधिन दुईवटा राजनीतिक मुद्दाहरु फैसलाको नजिक छन । दुबै मुद्दाहरु प्रमुख प्रतिपक्ष एमालेसँग सम्बन्धित रहेकोले पनि पछील्लो समय ओली र राणाको भेटघाट बाक्लिएको जानकारहरु बताउँछन ।

सर्वाेच्चमा विचाराधीन सभामुख अग्नि सापकोटा र एकीकृत समाजवादीका १४ सांसद विरुद्धको रिटमा फैसला हुन बाँकी छ । ओलीलाइ लागेको छ, यि दुबै मुद्दाको फैसला आफ्नो पक्षमा पार्न सके यो भन्दा ठूलो राजनीतिक बदला अर्को हुनै सक्दैन । केपी ओली एमाले फुटाउन भूमिका खेलेको भनेर सभामुखसँग रुष्ट छन । यि दुबै मुद्दामा सभामुखलाई पछार्न सकिने यो भन्दा गतिलो उपाए अर्को हुने थिएन । यही जुक्ती साकार गराउन ‘राणा-ओली’ डिल भइरहेको थाहा पाए पछी रातारात महाअभियोग ल्याइएको छ ।

शेरबहादुर देउवालाई एमसीसी पास गराउनु छ । प्रचन्डलाई सभामुख बचाउनु छ । माधव नेपाललाई आफ्ना १४ सांसदको जागिर जोगाउनु छ । तर यि तीनै जनालाई थाहा छ, यो महाअभियोग प्रस्ताव कुनै पनि हालतमा पारित हुँदैन । तर यसले केही समयका लागि उनिहरुको जित सुनिष्चित गरेको छ ।

अबको १० महिना पछी राणाले अवकाश पाउँदै छन । त्यतिबेलासम्म नभए पनि चुनावसम्म महाअभियोग प्रस्ताव तन्किने छ । शेरबहादुर देउवा, केपी ओली र प्रचन्डहरुले फेरी अर्को मोहरा फेला पार्ने छन । हरेक आशनधारी विक्रीमा छ यो देशमा ।

तपाइँको प्रतिक्रिया