शुक्रबार, चैत १६, २०८०

मार्च २१ र २२ मा एनआरएनए निर्वाचन, २६ र २७ मार्चमा महाधिवेशन

नेपालप्लस संवाददाता२०७८ फागुन २ गते १७:५०

गैर आवाशीय नेपाली संघ (एनआरएनए) को निर्वाचन आगामी मार्च २१ सोमवार र २२ मंगलवार तथा महाधिवेशन २६ शनिवार र २७ आइतवारका दिन हुने भएको छ ।

यस अघि एनआरएनएको निर्वाचन फर्वरी २८ मा हुने घोषणा गरिएको थियो । तर एनआरएनएको नियमावली अनुसार निर्वाचनको मिति घोषणा हुनु एक महिना अघि महाधिवेशन प्रतिनिधिहरुको सूची निर्वाचन आयोगलाई उपलब्ध गराउनुपर्ने भन्ने प्रावधान भएकाले मिति पछि सारिएको हो ।

नियमावलीको प्रावधान अनुसार एक महिनाको समय राख्दा निर्वाचनको मिति १६ मार्च पुग्छ । तर यति ठूलो संस्थाको निर्वाचन र महाधिवेशन सम्पन्न गर्दा बैद्यिक, सांस्क्रितिक र धार्मिक हिसाबलेपनि हेर्नुपर्ने भन्दै निर्वाचनको उपयुक्त मिति, समय, पल हेर्न ज्योतिषीसँग सम्पर्क गरिएको थियो । ज्योतिषीले बुधवार १६ मार्च भन्दा २१ र २२ मार्चमा गर्नु उपयुक्त हुने सुझाव दिएकाले निर्वाचन आयोगले यसलाई सदर गरेको हो ।

खासमा निर्वाचन समितिलेनै निर्वाचनको मिति मार्च २१ र २२ तथा महाधिवेशनको मिति २६ र २७ मार्च भनेर प्रस्ताव गरे अनुसार एनआरएनए केन्द्रिय अध्यक्ष कुमार पन्तले त्यसलाई सदर गरिदिएको स्रोतले उल्लेख गरेको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक