बिहीबार, वैशाख ६, २०८१

युद्धको खतरा बढेको भन्दै विदेशी नागरिकहरू युक्रेनबाट बाहिरिंदै

नेपालप्लस संवाददाता२०७८ फागुन २ गते २०:१४

Image credit-kyivpost

युक्रेन-रुसबिच युद्दको खतरा रहेको भन्दै धेरै बिदेशी नागरिकहरुले युक्रेन छोड्न थालेका छन् ।

धेरै पश्चिमी सरकारहरूले आफ्ना नागरिकहरूलाई रूससँग आसन्न युद्धको खतरा रहेको बताएर युक्रेन छोड्ने सल्लाह दिएपछि युक्रेन छोड्न थालेका हुन् ।

धेरै विदेशी आगन्तुकहरू र स्थानिय बासिन्दाहरूसमेत आइतवार र सोमवार युक्रेनको राजधानी कीभको बोरिस्पिल एयरपोर्टमा देश बाहिर जान उडानको लागि पर्खिरहेका थिए ।

धेरै युरोपेली सरकारहरूले युक्रेनमा बस्ने आफ्ना नागरिकहरूलाई देश छोड्न सल्लाह दिएका छन् । अमेरिकी राष्ट्रपति जो बिडेनले गत हप्ता अमेरिकी नागरिकहरूलाई सकेसम्म चाँडो बाहिर निस्कन भनेका थिए । तर अमेरिकन चेम्बर अफ कमर्स भने कीभमा सञ्चालन भैरहेको छ ।

बेलायतको विदेश कार्यालयले भने शुक्रबार युक्रेनमा रहेका बेलायती नागरिकहरूले व्यावसायिक काम गर्ने अवस्था रहेपनि अब युक्रेन छोड्नुपर्ने बताएको थियो । त्यसपछि धेरै बेलायतीहौर्ले युक्रेन छोड्न थालेका छन् ।

कीभका धेरै बासिन्दाहरूले आफ्ना नागरिकहरूलाई तुरुन्तै युक्रेन छोड्न सल्लाह दिने विदेशी नेताहरूको भन्दा आफ्नै सरकारलाई बढी ध्यान दिएको देखिन्छ । युक्रेनको सरकारले भर्खरै देश छोड्नुपर्ने अवस्था नरहेको र त्यस्तो अवस्थामा आफ्ना नागरिकलाई जानकारि दिने उल्लेख गरेको छ ।

“तपाई सधैं कुनैपनि परिस्थितिकोलागि तयार हुनुपर्दछ । त्यसपछि तपाइँसँग डराउनु पर्ने केहि हुने छैन” युक्रेनका अधिकारीहरुले भनेका छन् ।

तर युक्रेनका केहि नागरिक र राजनितिक बिश्लेषकहरुलेपनि युक्रेन र रुसबिच ठूलो सैन्य युद्द नभएर केही आर्थिक नाकाबन्दी हुने आँकलन गरेका छन् । तर केहि मानिसहरुले भने आक्रमण भैहालेमा अन्यत्र सर्नु पर्ने बिकल्प राखेर त्यसकोलागि चाँजोपाँजो मिलाएको बताइन्छ ।

युक्रेनमा केही उडानहरू रद्द गरिएका छन् । सरकारले अन्तर्राष्ट्रिय यात्रुहरूलाई सुरक्षित राख्ने र यसको हवाई क्षेत्र खुला राख्ने वाचा गरेको छ ।

कीभको बोरिस्पिल अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ताले आइतवारको वातावरणलाई धेरै तनावपूर्ण भनेर वर्णन गरेका छन् । तर त्यहाँ कुनै आतंक नभएको बताएका छन् । केही विदेशी नागरिकहरूलाई बाहिर निस्कनका लागि उनीहरूको सरकारको सल्लाहमा काम गरिरहेका छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक