शनिबार, वैशाख १५, २०८१

एनआरएनए जापान भंग गरेकोमा अध्यक्ष पन्तद्वारा उच्च स्तरिय समितिका सदस्य हिराचनलाई चेतावनी

नेपालप्लस संवाददाता२०७८ फागुन ३ गते १९:१५

गैर आवाशीय नेपाली संघ (एनआरएनए) जापान भंग गरी त्यहाँका संस्थापक अध्यक्ष राजन प्रधानांगलाई कार्यवाहक अध्यक्ष तोकिएको निर्णय अध्यक्ष कुमार पन्तले बदर गरिदिएका छन् ।

अध्यक्ष कुमार पन्तले मंगलवार एनआरएनए उच्च स्तरिय समितिका सदस्य देवमान हिराचनलाई पत्र पठाउँदै उच्च स्तरिय समितिलाई एनआरएनए जापान भंग गर्ने अधिकार नभएको उल्लेख गर्दै त्यस्तो निर्णय नगर्न चेतावनी दिएका हुन् ।

देवमान हिराचनलाई पठाएको पत्रमा अध्यक्ष पन्तले भनेका छन् “एनसिसि जापानका सम्बन्धमा उचित निकास निकाल्नका लागि अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसिसि) को ८१ औं बैठकले निवर्तमान अध्यक्ष भवन भट्टलाई जिम्मेवारी दिएको र उहाँले सबै पक्षसँग परामर्श गर्ने क्रममा रहनुभएको तपाईलाई जानकारी छ । उहाँले यथाशिघ्र समाधान निकाल्नुहुनेमा हामी विस्वस्त छौं । उच्च स्तरीय समितिलाई एनसिसि जापानका सम्बन्धमा काम गर्ने कार्यक्षेत्र तोकिएको छैन ।”

हिराचनले बक्तव्यमा हवला दिएजस्तो उच्च स्तरीय समितिमा एनसिसि जापान भङ्ग गर्नेबारे कुनैपनि छलफल र निर्णय नभएको र यस्तो भ्रमपूर्ण बक्तव्य जारी गरेकोमा आफू आश्चर्यचकित भएको पन्तले उल्लेख गरेका छन् ।

आइसिसिको तर्फबाट १० औं अन्तर्राष्ट्रिय महाधिवेशन प्रतिनिधिको नामावली निर्वाचन समितिलाई पठाएसकेको र अहिले निर्वाचन समितिले प्रकृया अगाडि बढाईसकेको पन्तको प्रत्रमा उल्लेख छ । त्यसैले यस्ता गतिविधिहरु गरी निर्वाचनको वातावरण नधमिलाउनको लागि पन्तले हिराचनलाई अनुरोध गरेका छन् ।

उच्च स्तरीय समितिले आइसिसिलाई सुझाव दिनसक्ने तर यस समितिले परिषदको कार्यकारी अधिकार प्रयोग गर्न नसक्ने उल्लेख गर्दै पन्तले देवमान हिराचनलाई पठाएको पत्रमा भनिएको छ “राष्ट्रिय समन्वय परिषद भङ्ग गर्ने अधिकार उच्च स्तरीय समितिलाई नभएकोले शिव प्रसाद पौडेलको नेतृत्वमा रहेको हालको राष्ट्रिय समन्वय परिषदलाई नियमित कामकारवाही अगाडि बढाउनुको लागि म अनुरोध गर्दछु ।”

संरक्षकको हैसियतले सबै पक्ष बिच सहमती र सहकार्यको वातावरण तयार गर्नुको सट्टा विधानलाई आफ्नो हातमा लिएर भ्रमपूर्ण गतिविधि गरेको भन्दै आइसिसिलाई त्यस्तो निर्णय अस्वीकार्य रहेको अध्यक्ष पन्तले देवमान हिराचनलाई पठाएको पत्रमा उल्लेख छ । पन्तले संरक्षकको मर्यादा भित्र रहेर यस्ता गतिविधि तुरुन्त बन्द गर्न पनि हिराचनलाई सचेत गराएका छन् ।

यस अघि एनआरएनए विवाद समाधान उच्च स्तरिय समितिका एक देवमान हिराचनले एनआरएनए जापानको कार्य समितिलाई मिलाउन प्रयास गरिएको तर जति प्रयास गर्दापनि दुई पक्ष मिलेर जान नसक्ने स्थिति देखिएकाले उक्त समिति बदर गरेको निर्णय गरेका थिए । हिराचनले जारी गरेको बक्तब्यमा एनआरएनए जापानको कार्यसमिति भंग गरि राजन प्रधानांगलाई कारवाहक अध्यक्ष तोकेको उल्लेख छ ।

हिराचनले एनआरएनए जापानको तर्फबाट एनआरएनए आइसिसीमा डेलिगेट्सको नामावली पठाउने संवन्धमा तदर्थ समितिको अध्यक्ष (राजन प्रधानांग) ले विधान बमोजिम पठाउने निर्णय गरेकोपनि उल्लेख गरेका छन् । प्रधानांगको अध्यक्षतामा गठित समितिले पाँच जनाको तदर्थ समिति गठन गरेको र अन्य सदस्य अध्यक्षलेनै मनोनित गर्न पाउने निर्णय गरेको समेत देवमान हिराचनको प्रस बिज्ञप्तीम उल्लेख छ ।

एनआरएनए जापानको नाममा अध्यक्ष शिव प्रसाद पौडेल र अनिता गुरुङ समुहले नेत्रित्व गरी सन्चलान गर्दै आएको एनआरएनए जापान समितिको वैधता फर्वरी १५ कै मितिदेखि समाप्त भएको घोषणा समेत बिज्ञप्तिमार्फत् गरिएको छ ।

हिराचनको बिज्ञप्तीमा एनआरएनए जापानको विवाद समाधान गर्न एनआरएनए उच्च समिति गठन भई सो उच्च स्तरिय समितिको सदस्यद्वय देवमान हिराचन र भवन भट्टलाई विवाद समाधान गर्न अधिकार प्रत्यायोजन गरिएको उल्लेख छ । तर हिराचनलाई अध्यक्ष पन्तले पठाएको पत्रमा भने एनआरएनए जापानको विवाद समाधान गर्ने जिम्मा भवन भट्टलाई दिएको उल्लेख छ, हिराचनको नाम उल्लेख छैन ।

तर हिराचनको प्रेस बिज्ञप्तीमा भवन भट्टको सहमति लिएको वा नलिएको उल्लेख छैन । र बिज्ञप्तीमा भवन भट्टको दस्तखतसमेत छैन ।

यस विषयमा भवन भट्टले हालसम्म कुनै प्रतिक्रिया जनाएका छैनन् । तर अध्यक्ष कुमार पन्तले भने हिराचनलाई ‘विधानलाई आफ्नो हातमा लिएर भ्रमपूर्ण गतिबिधि नगर्न र संरक्षकको मर्यादाभित्र रहन सचेत’ गराएका छन् ।

देवमान हिराचनलाई कुमार पन्तको पत्र

एनआरएनए जापान भंग गर्ने हिराचनको बिज्ञप्ती

तपाइँको प्रतिक्रिया