बुधबार, वैशाख १२, २०८१

निर्वाचन तालिका घोषणा गर्दै एनआरएनए निर्वाचनमा अगाडि बढ्यो (तालिका सहित)

नेपालप्लस संवाददाता२०७८ फागुन ४ गते १०:४५

गैर आवाशीय नेपाली संघ (एनआरएनए) को निर्वाचन समितिले निर्वाचनका सम्पूर्ण प्रक्रिया अगाडि बढाएको छ ।

बुधवार विहानै एनआरएनए निर्वाचन कमिटीले निर्वाचनका सम्पूर्ण प्रक्रिया सार्वजनिक गरेको हो । (निर्वाचन तालिका अन्तिममा हेर्नुस्)

गैर आवाशीय नेपाली संघ (एनआरएनए) मा लामो समयदेखि रहेको विवाद सर्वसम्मतिबाट समाधान गर्न प्रमुख संरक्षक शेष घलेको संयोजकत्वमा सात सदस्यिय उच्चस्तरिय समिति बनेको थियो । तर पटक पटक समय थप्दापनि समितिले उक्त विवाद समाधान गर्न नसकेको भन्दै अध्यक्ष कुमार पन्तले निर्वाचन प्रक्रिया अगाडि बढाउने निर्णय गरेका हुन् ।

उच्च स्तरिय समितिका संयोजक शेष घलेले समयसिमा कटिसक्दापनि सम्पर्कसम्म नगरेकाले यो समितिले काम गर्न नसक्ने भन्दै एनआरएनएका अध्यक्ष कुमार पन्तले प्रतिनिधिको सूची निर्वाचन् समितिलाई सोमवार (फर्वरी १४) मा बुझाएर निर्वाचन प्रक्रिया अगाडि बढाउने बाटो खोलिदिएका थिए ।

एनआरएनए निर्वाचन कमिटीले बुधवार जारी गरेको बिज्ञप्तीका अनुसार निर्वाचन २१ र २२ मार्च (चैत्र ७ र ८ गते) हुने निस्चित गरिएको छ । अनलाईन मार्फत् हुने निर्वाचनमा मतदान गर्न मतदाताको अनुहार पुष्टी (फेस भेरिफिकेसन) गर्नुपर्ने भएकाले सबै मतदातालाई आफ्नो अनुहार प्रष्ट देखिने फोटो (सेल्फी) पठाउन निर्वाचन कमिटीले आग्रह गरेको छ ।

मतदाताहरुलाई संघको एम आ ई एस सिस्टममा लगइन गरेर आफ्नो सेल्फी राख्दिन (अपलोड) गर्न भनिएको छ । मतदाताले मतदानका बेला आफ्नो आफ्नो मोबाईल वा कम्प्युटर उपकरण (डिभाईस) मा सेल्फी फोटो प्रमाणिकरण गरेपछि मात्रै मतदान गर्न पाइन्छ ।

समयमै सेल्फी नदिएमा वा प्रक्रिया पुरा नगरेमा मतदान गर्न नपाउने वा मतदानमै भाग नलिनेहरुको स्थानमा दोस्रो चरणमा बैकल्पिक मतदाताको ब्यवस्था गरिएको छ । अर्थात्, नियम अनुसार मतदान गर्न पाउने मतदाताले मत नदिएमा वा प्रक्रिया पुरा नगरेपछि मतदानबाट बाहिरिएमा तिनको सट्टा बैकल्पिक सदस्यहरुले मतदान गर्न पाउने ब्यवस्था गरिएको छ ।

गैर आवाशीय नेपाली भएको प्रमाणित गर्नकालागि एनआरएनए सदस्यता बनिसकेपछिको भिसा तथा आ ईडी कार्ड एनआरएनएमा पठाउन भनिएको छ ।

एक जना अध्यक्ष, चार उपाध्यक्ष, एक महिला उपाध्यक्ष, एक युवा उपाध्यक्ष, एक महासचिव, तीन सचिव, एक महिला सचिव आदि गरि कुल ५३ पदमा निर्वाचित हुने छन् ।

निर्वाचन कमिटिले उमेदवार बन्ने प्रवधान र शुल्कसमेत तोकिदिएको छ । उमेदवारी दिनकालागि संघलाई कुनै दस्तुर, शुल्क, बक्यौता तिर्न बाँकि नरहेको हुनुपर्नेसमेत उल्लेख गरेको छ ।

संघको विधान बमोजिम जम्मा गर्नुपर्ने पञ्जिक्रित सदस्यता शुल्क अन्तिम मतदाता नामावली प्रकाशन अगाडिनै (मार्च १२ को ११ बजे) नबुझाएमा निर्वाचन प्रक्रियामा भाग लिन नपाउनेपनि निर्वाचन कमिटीले स्पष्ठ पारेको छ ।

एनएनएनएमा करिब ४६०० मतदाता छन् र तिनलाई करिब २४ घण्टामा मतदान गर्ने सिमा तोकिएको छ ।

एनआरएनएको निर्वाचन तालिका

 

तपाइँको प्रतिक्रिया