शुक्रबार, वैशाख १४, २०८१

अमेरिकाको लागि ट्रम्प भन्दा बेलायतका लागि जोनसन खराब -१

उमाईर हाक२०७८ फागुन ४ गते १८:००

कुनै प्रधानमन्त्री यति हताश भएर सत्तामा बसेका छन् ? जसरि बोरिस जोनसन बसेका छन् । काण्डै काण्डपछि हल्लिएको अवस्था छ । बेलायतीहरूले पार्टीगेट काण्डलाई के भन्छन् ? बोरिसको प्रशासनले स्वास्थ्य तालाबन्दी नियमहरू बनायो । त्यसपछि ति नियमहरुहरू उल्लङ्घन गर्न अगाडि बढ्यो । भोजहरू बढाउँदै गए एकपछि अर्को । जबकि राष्ट्रले हजुरबा हजुरआमाको बियोग सहिरहेको थियो । अझै, एक पागल राजा जस्तै बोरिस ति भएका ठाउँ जान अस्वीकार गर्दै थिए ।

जोनसनका कति भए काण्ड ? यो बिन्दुमा कसले सम्झन सक्छ ? त्यहाँ उनको स्वास्थ्य सचिवले आफ्नो पब चलाउने केटालाई करोडौं कोविड आपूर्तिको ठेक्का दिएको समय थियो । त्यहाँ यस्तो समय पनि देखियो, जब स्वास्थ्य सचिवले आफ्नो सहयोगीलाई चुम्बन गरिरहेको सिसीटिभीमा देखियो । जुन बेला सामाजिक दूरी कायम गर्नुपर्ने नियम थियो । त्यहाँ लबिङको लागि घोटाला भएको थियो । कोभिड सम्झौताको घोटाला । सांसदहरूले छानबिन हुनबाट जोगिनका लागि व्हाट्सएप सन्देशहरू मेटाएको समयसमेत पत्तालगाइएको थियो । यस्तो सूची कति हो कति देखिन्छ ।

अनि पार्टीगेट काण्ड ?

“परमेश्वरको नाममा, जानुहोस्!” त्यो डेभिड डेभिस, टोरी ग्रान्डीले चिच्याएका थिए त्यहाँ । पूर्ण निराशामा । किनभने बोरिसको अनुगमन मूल्याङ्कनले टोरी पार्टीलाई पनि इंगित गरिरहेको छ । तर विपक्षी नेता केयर स्टाररले भने ‘उनी लाज बिनाका मानिस जस्तो देखिन्छन् ।’

बोरिसका अन्य घोटालाहरू जस्तै यसले गहिरो सत्य लुकाउन मात्र काम गर्छ । यो साँच्चै त्यहि संकेतको आवाज हो ।

सत्य यो हो । आधुनिक बेलायती इतिहास बिबी र बिए अर्थात बोरिस पहिलेको युग (बिफोर बोरिस) र बोरिस पछिको (आफ्टर बोरिस अर्थात् एबी) मा विभाजित हुनेछ । अर्थात् बोरिस भन्दा पहिले र बोरिस पछिको समाज । त्यसबाट मैले के भन्न खोजेको भने बोरिस आधुनिक बेलायती इतिहासमा सबैभन्दा परिणाममुखी प्रधानमन्त्री भएका छन् । विनाशकारी परिणाम दिने प्रधानमन्त्रीका रुपमा । बोरिसले सबैभन्दा अतिवादी दक्षिणपन्थी एजेन्डा मार्फत देशलाई पछि धकेलेका छन् । उनले यस्तो चीज बनाए जुन सबैभन्दा कडा, अति रूढीवादीहरूले पनि साँचो हुने सपनासम्म देख्ने साहस गरेनन् । यो सबै बोरिसले गरे ।

बोरिसले बेलायतमा आमूल परिवर्तनहरू गरेका छन् । सही हो । तर कस्तो परिवर्तन ? उनीहरूले मार्गरेट थ्याचरलाई हल्का, इतिहासको कोही पनि हैन भन्नेरुपमा । र उनी एक वास्तविक समाजवादी मात्रै जस्तो देखाएका छन् । ती रूपान्तरणहरूले बेलायतलाई घाउ बनाउने छन् । आउने पुस्ताका लागि घाउ बन्ने छन् । हो, बोरिसको एजेन्डा थ्याचरको भन्दा पनि धेरै कडा दक्षिणपन्थी छ । साँच्चै दक्षिणपन्थी । थ्याचरले पनि बीबीसीलाई हटाउन र नेशनल हेल्थ सर्भिस अर्थात् राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) लाई भत्काउन खोजिनन् । बिबिसीलाई निजीकरण गर्न र बुट बजारेर युरोपसँग संवन्ध बिगार्ने प्रबन्ध गरिनन् ।

संवन्धित : विश्वको सबैभन्दा असफल राज्य बन्ने तरखरमा बेलायत !

यहि परिप्रेक्ष्यमा म तुलना गर्न जाँदैछु । ट्रम्प अमेरिकाको लागि भन्दा बोरिस बेलायतका लागि खराब देखिएका छन् ।

यसले केही बेलायतीलाई गिल्ला गर्न गइरहेको छ । तर बेलायतमा कसैले पनि राम्ररी बुझेको देखिँदैन । कसरी बोरिस वास्तवमै बेलायतको लागि ट्रम्प अमेरिकाको लागि भन्दा खराब छन् भन्ने अझै बुझेको जस्तो देखिन्न, बेलायतीले ।

सन् २०१९ सम्म वा सो भन्दा पहिले जब बोरिसले पदभार ग्रहण गरे बेलायतसँग अझै मौका थियो । यसले निर्णय गरेको थियो राम्रो गर्ने भनेर । तर मूर्खतापूर्वक रचिएका थिए ठूला झूटहरू । सामूहिक प्रचारका लागि ब्रेक्सिटका विषयमा द गार्डियनदेखि बीबीसीसम्मका पत्रकारहरूद्वारा जाँच नगरि, सत्यतथ्य नबुझि प्रचार गरिएको थियो, बोरिसको ब्रेक्जिट पक्षमा । ति सहयोगी पनि थिए बोरिसका । अझै पनि एक समझदार, बुद्दिमत्तापूर्ण, स्वस्थ ब्रेक्सिट हुन सक्थ्यो । एक नरम, कोमल, जहाँ बेलायत अझै पनि ईयुको एकल बजार र भन्सार संघको हिस्सा थियो । यसको मतलब यो हो कि व्यापार र मानिसहरू घण्टौंघण्टा रातो टेप र बिलहरूमा डुब्नुपर्दैन । लामो लाईन लाग्नुपर्दैन । जीवन लगभग सामान्य रूपमा चल्न सक्छ ।

तर अब बोरिसबाट त्यो हुने छैन । उनले कल्पना गर्नसक्ने सबैभन्दा कठिन ब्रेक्जिटको लागि धक्का दिए । ईयूलाई अपमानित गर्न कटिबद्ध भए । आफू कत्तिको काँचो र कठोर छ भनेर प्रमाणित गरे । त्यसैले बेलायतलाई त्यहि अवस्थामा पुर्‍याए । उनले बुझेको जस्तो देखिएन । किनकि ईयूले उसको अधोगति, पतनको वास्ता गर्दैन । जे भए पनि ईयु बेलायतको दश गुणा आकारको छ, आर्थिक रूपमा । त्यसैले बोरिसले ठूलो गल्ती गरे । धेरै टाढा धकेलियो उनको महत्वाकांक्षा र गलत निर्णय ।

त्यहाँ हुन सक्ने सबैभन्दा कठिन भनेकै ब्रेक्जिट थियो । अब बेलायतीहरुले झट्काहरूको ठूलो श्रृंखलाको सामना गर्छन् । बियर र मासुलाई चिसो पार्ने उपकरण, चीजदेखि कार्बन डाइअक्साइडसम्म सबै चीजको अभाव हुने छ । यो कसैले भविष्यवाणी गरेको थियो । बोरिसले बेलायतलाई स्थायी रूपमा गरिब देश बनाए । र त्यो अब कहिल्यै परिवर्तन हुने छैन । चाहे एक दिन बेलायत ईयूमा पुन: सामेल भए पनि त्यो हुनेछैन । किनभने यो “आर्थिक दाग” भनेर हामी अर्थशास्त्रीहरूले भन्छौं । यो स्थायी रुपमा लागेको छ।

यदि ट्रम्पले अमेरिकाको सबैभन्दा ठूलो व्यापारिक साझेदार चीनसँग अचानक सम्बन्ध तोडे भने के होला ? कल्पना गर्नुहोस् कि अब चीनबाट अमेरिकामा आउने हरेक वस्तुमा रातो टेप, भन्सार शुल्क, ह्यान्डलिङ शुल्क र अन्य कुराहरू जोडिएका हुनेछन् । के हुन्थ्यो होला त्यसो भयो भने ? स्पष्ट रूपमा, अमेरिकी अर्थतन्त्र गन्तब्यबिहिन, कुहिरोको काग जस्तै भएर जानेछ।

बृद्धि अझै पनि हुन सक्ने संभावना छ । तर औसत अमेरिकीले अहिलेको मुद्रास्फीति भन्दा पनि ठूलो, ठूलो मूल्यको झट्काको सामना गर्नेछन् । वालमार्ट मूलतया चिनियाँ सामानहरूका लागि एक प्रमुख स्टेशन हो । स्लाइडिङ ढोकाहरू भएको गोदाम र स्न्याप त्यस्तै हो । औसत अमेरिकीले आफूलाई आधारभूत कुराहरू प्राप्त गर्न असमर्थ भएको पाउनेछन् । चीनले दिने वा बेच्नेचिजमा निर्भर अमेरिकी व्यवसायहरूको संख्या दिवालिया हुनेछ ।

आज बेलायतमा त्यही भइरहेको छ । तपाईंले यसलाई हेर्न धेरै गाह्रो पर्दैन । ब्रेक्जिट पछि दिवालिया घोषित व्यवसायहरूको रेकर्ड संख्या हेर्दा थाह हुन्छ । होन्डा र टोयोटाले बेलायतमा आफ्नो प्लान्ट बन्द गरेका छन् । ब्रिटिश स्टिलले टाट पल्टिएको घोषणा गर्‍यो । डाईसन, बार्क्ले, एचएसबिसी, पानासोनिक, सोनी र लोईडले ब्रेक्जिट पछि आफ्नो युरोपको मुख्यालय यूके बाहिर सारे । त्यो हो युकेसितको संवन्ध बिच्छेद । अचानक तपाइँको सबैभन्दा ठूलो व्यापार साझेदारसँग टाढिएपछि के हुन्छ ? यसले तपाइको राष्ट्रको अर्थतन्त्रलाई स्थायी रूपमा बर्बाद गर्नेछ ।

ट्रम्पले चीनको बारेमा राम्रो खेलको कुरा गरे । उनले धम्की दिए । घमण्ड गरे । उ फुल्यो । अपमान र बेइज्जत गर्यो । तर अन्त्यमा ? उनले आफ्नो स्वार्थ खासै पूरा गर्न सकेनन् । उनले चिनियाँ सामानहरूमा केही हदसम्म करहरू लगाए । जुन आज अमेरिकी मुद्रास्फीतिको राम्रो जिम्मेवार बनेको छ । ट्रम्पले अमेरिकालाई राम्रोका लागि चीनसँग सम्बन्ध तोड्ने प्रबन्ध गरेनन् । किनभने यो अमेरिकी अर्थतन्त्रको लागि स्पष्ट रूपमा आत्मघाती हुने थियो ।

तर बोरिसले बेलायतको सबैभन्दा ठूलो व्यापारिक साझेदारसँग सम्बन्ध तोड्न सफल भए । उनले ट्रम्पलाई पछाडी पारिदिए ।

के तपाईले देख्न थाल्नुभएको छ बोरिस बेलायतका लागि ट्रम्प अमेरिकाको लागि भन्दा खराब छन् भन्ने ? म जिस्केको होइन । बेलायतमा अहिलेसम्म कसैले पनि यो सोचेको देखिँदैन । यो कत्ति पीडादायी सत्य हो । बोरिसले आफ्नो तीन वर्षमा देशकोलागि पछाडि छोडेको क्षतिलाई वास्तवमै बुझ्नसक्नुपर्छ । ट्रम्पले जस्तो चार वर्षमापनि होइन, तीन वर्षमै ।

चीनदेखि अमेरिका जस्तो हो बेलायतको लागि युरोप त्यस्तो होइन । बेलायतीहरूलाई युरोपभरि बाँच्न, काम गर्न र शिक्षित हुने अधिकार थियो । अर्को शब्दमा भन्नुपर्दा, अमेरिकाले चीनसँग गरेको तुलनामा बेलायतले युरोपसँग धेरै गहिरो सम्बन्धको आनन्द उठाएको थियो । युरोप विश्वको सबैभन्दा सफल क्षेत्र हो । यसको जीवनस्तर धेरै लामो छ । तर, अब ? बेलायती जीवनस्तर अमेरिकी स्तरमा झर्ने तयारीमा छ ।

अमेरिकीहरू लगभग हरेक तरिकामा युरोपेलीहरू भन्दा छोटो, मूर्ख, अर्थपूर्ण जीवन बाँच्छन् । तिनीहरूको आयु धेरै छोटो छ, ५ देखि १० वर्ष कम छ । तिनीहरू धेरै कम खुसी छन् । उनीहरुको लोकतन्त्र ध्वस्त भएको छ । बच्चालाई फुटबल खेलाउन लैजाने आमाहरूले आफ्ना छिमेकी बच्चाहरूलाई मार्ने धम्की दिन्छन् । बोरिसले बेलायतलाई ध्वस्त पार्ने राष्ट्रवादी बाटो यही हो ।

बेलायती जीवनस्तर कसरी खस्किँदैछ भनेर बुझ्नको लागि केहि क्षण हेर्नुपर्छ । बोरिसले केही हासिल गरे जुन बेलायतका अति रूढिवादीहरूले दशकौंदेखि ज्वरो निकालेर सपना देखेका थिए । तर कसरी पूरा गर्ने भन्ने कुनै वास्तविक विचार थिएन तिनमा । बोरिसले पुरा गरिदिए । अमेरिकी स्तरहरूमा आफ्नो सामाजिक अवस्था पुर्‍याएर बोरिसले पुरा गरिदिए ।

राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) को उदाहरण लिऔं । अति रूढिवादीहरूले यसलाई दशकौंदेखि घृणा गरेका छन् । किनभने यसले बेलायतीलाई उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गरेको छ । यसले जीवनस्तर बढाउँछ । यो जीवन दिन, स्वास्थ्य सहज बनाउने, सास फेर्ने, साँचो समानता, न्याय र स्वतन्त्रताको दैनिक उदाहरण हो । तर पदानुक्रम, प्रभुत्व, उच्च घरानियालाई मात्रै उपलब्ध हुने, ठूलाबडाको विशेष सेवा र विशेषाधिकार होइन । त्यसैले सबैले पाउने यस्तो सेवा रुढीबादीहरुकालागि मन पर्दैन ।

अझै पनि बोरिसले एनएचएसलाई नष्ट गर्न थाले । अहिले बेलायतमा अमेरिकी पुँजी द्रुत गतिमा अघि बढिरहेको छ । किनभने एनएचएस निजीकरण भइरहेको छ । यसले आधारभूत सेवाहरूको खेती गरिरहेको छ । ओछ्यानदेखि परीक्षणसम्मको । सहायक ठेकेदारहरूलाई राम्रो अवशर जुरेको छ । स्वाभाविक रूपमा अमेरिकी कोषहरू र तिनीहरूको स्वामित्वमा रहेको ‘स्वास्थ्य सेवा प्रबन्धन संस्थाहरू’ पहिले नै नाफामा दास बनिरहेका छन् । बेलायतीले अझै अन्तिम खेल देख्न बाँकि छ । उनीहरूलाई वास्तवमै थाहा छैन । जब सेवाहरू वा परीक्षणहरू निजी कम्पनीहरूद्वारा प्रदान गरिन्छ एनएचएसको हालत त्यो बेला थाह हुन्छ ।

(ईएण्ड डट कोमा प्रकाशित आलेखलाई नेपालप्लसले भावानुवाद गरेको हो-संपादक)

हाकको अघिल्ला लेखपनि हेर्नुस्

मर्दै गरेको ग्रहमा बाँचिरहेका हामी

सभ्यता र नागरिक अधिकार अन्त्यका केहि संकेत

महामारीबाट प्लेग जस्तो बन्दै छ कोबिड

बेलायतले विश्वलाई देखाउँदैछ, कोभिडको तेस्रो छाल कस्तो हुन्छ

आर्थिक फाईदाकालागि पूर्णरुपमा निर्मूल पारिने छैन कोरोना भाईरस

विश्वको सबैभन्दा असफल राज्य बन्ने तरखरमा बेलायत !

(बाँकी भाग अर्को साता प्रकाशित हुने छ-सं)

तपाइँको प्रतिक्रिया