शनिबार, वैशाख ८, २०८१

एनआरएनए उच्चस्तरिय समितिको बिहिवारको बैठक आधा समय झैझगडा र अडियो सुन्नमै, अर्को बैठक आइतवार

नेपालप्लस संवाददाता२०७८ फागुन ५ गते २०:५३

गैर आवाशीय नेपाली संघ (एनआरएनए) को निर्वाचन घोषणा भैसकेपछि बिहिवार बसेको उच्च स्तरिय समितिको बैठकमा आधा समय अघिल्लो बैठकको रेकर्ड सुन्न, अर्को आधा समय झैझगडा गरेरै बितेको छ ।

एनआरएनएमा लामो समयदेखि रहेको विवाद मिलाउन बनेको उच्च स्तरिय समितिले तोकिएको समयमा विवाद मिलाउन नसकेपछि निर्वाचन घोषणा भएपनि बिहिवार उच्च स्तरिय समितिको फेरि बैठक बसेको हो ।

बिहिवार करिव चार घण्टा बसेको उच्चस्तरिय समितिको बैठकमा शुरुमै अघिल्लो बैठकमा भएका निर्णयहरु बिपरित माईन्युट गरेर निर्देशन दिने काम भएको भन्दै संयोजक शेष घलेमाथि प्रश्न उठाईएको थियो ।

“एनआरएनए जापानको विवाद मिलाउन भवन भट्टलाई जिम्मेवारी दिएकोमा देवमान हिराचन एक्लैले गरेको, भवन भट्टसित सल्लाह नगरेको, सोनाम लामालाई नदिएको जिम्मेवारी तोकेको लगायत बैठकका निर्णयहरु गलत माईन्युट गरेको आरोप शेष घलेमाथि लगाए ।

त्यसपछि शेष घलेले अघिल्लो बैठकको निर्णय बिरुद्द आफूले माईन्युट नगरेको भन्दै बचाउ गरेका थिए । फेरि, सोनाम लामालाई त्यसरि रसिया, न्युजिल्याण्ड, पपुवान्युगिनि लगायतका देशका विवाद हेर्न भनेर नदिएको भन्ने प्रश्न अन्य सहभागिले उठाए । शेष घलेले त्यसकोपनि बचाउ गरेपछि अघिल्लो बैठकमा भएको छलफलको अडियो सुन्ने भनियो ।

‘एनआरएनए जापान र सोनाम लामालाई के जिम्मेवारी तोकेको रहेछ अघिल्लो बैठकले त्यसकोलागि रेकर्डेड अडियो सुनौं न त’ भन्ने सल्लाह भएको थियो । त्यसपछि समितिले करिब दुई घण्टा अडियो रेकर्ड सुनिएको थियो ।

‘रेकर्ड गरिएको अडियो सुनेपछि बैठकका बिरुद्द माईन्युट गरेर पठाएको रहस्य खुलिहाल्यो नी’ बैठकमा भएको निर्णयबारे उच्चस्रोतले नेपालप्लसलाई भन्यो ।

बैठकमा शेष घलेले निर्वाचनको समय अझै बाँकी रहेकाले हाल अध्यक्षले निर्वाचन समितिलाई पठाएको प्रतिनिधिको नामावली सूची बदर गर्नुपर्ने माग राखेका थिए । तर समितिका बहुमत सदस्यले निर्वाचन समितिलाई पठाइसकेको सूची बदर गर्न नमिल्ने अडान राखे ।

बरु निर्वाचन समितिले फर्वरी २४ देखि २७ सम्म राखेको मतदाता नामावली बिरुद्दको दाबी बिरोधको समयमा उजुरि हाल्न सकिने प्रस्ट पारेका थिए । यदि मतदाता गलत लागेमा सोहि प्रावधान अन्तर्गत दाबी बिरोध गर्न सकिने र गलत सिद्द भएमा निर्वाचन समितिलेनै बदर गर्नसक्ने बताएका थिए ।

त्यसैगरि, शेष घलेले गैर आवाशीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसिसी) हरुको निर्वाचन हुनुभन्दा एक महिना अघि जुनजुन नामावली एमआइएस सिस्टममा दर्ता गरिएको छ तिनको मात्रै सदर गरि त्यसपछिका सदस्यको नाम बदर गर्नुपर्ने तर्क गरेका थिए ।

तर एनसिसीहरु आफ्नो मतदाता वा प्रतिनिधि छनौटमा स्वतन्त्र रहेको, एनसिसीहरु आफैं मिलेर पठाएको सूचीलाई केन्द्रले कुनै आपत्ती नजनाएको बरु सदर गरिदिएकाले यो प्रतिनिधि सूचीमा केन्द्रको हात र हस्तक्षेप नरहेको बताएका थिए ।

अघिल्लो बैठकले एनआरएनए जापानको विवाद मिलाउन पूर्व अध्यक्ष भवन भट्टलाइ जिम्मेवारी दिएपनि समितिका सदस्य तथा पूर्व अध्यक्ष देवमान हिराचन एक्लैले निर्णय गरेको भन्दै भवन भट्टले आपत्ती जनाएकोपनि स्रोतले नेपालप्लसलाई बतायो ।

“एनआरएनए जापानको विवाद मिलाउन मलाई जिम्मा दिएपनि कमिटी भंग गर्ने, कार्यबाहक तोक्ने आदि सबै निर्णयमा मेरो कुनै हात छैन । किनकि मसित यो विषयमा सल्लाहनै गरिएन” भवन भट्टको भनाई उल्लेख गर्दै नेपालप्लसलाई स्रोतले भन्यो ।

छलफलमा २५ प्रतिशत प्रतिनिधिहरु अमेरिका, जापान, युके, क्यानडा, अष्ट्रेलिया लगायतका देशले विधानको प्रावधान अनुसार प्रत्यक्ष निर्वाचन नगरि आफू खुशिले आफ्ना आफ्ना प्रतिनिधि चुनेर पठाएकाले बदर गर्नुपर्ने विषयपनि उठेको थियो । यो विषय उठाउँदा संयोजक शेष घलेले अमेरिका, बेलायत र अष्ट्रेलियाको बदर गर्ने होइन कि जापानको बदर गर्नुपर्छ भन्ने तर्क गरे । बहुमत सदस्यहरुले त्यसमा आपत्ती जनाए ।

घलेले अध्यक्ष कुमार पन्तद्वारा निर्वाचन समितिलाई पठाएको प्रतिनिधि सूचीमा करिब ८०० जना हटाउनुपर्ने माग गरेका थिए । र यो ८०० जनामा दुबै पक्षका प्रतिनिधि पर्छन् ।

एनआरएनए एनसिसीहरुको निर्वाचन हुनुभन्दा एक महिना अघि एमआइएस सिस्टममा राखिएका सदस्यको सूची मात्रै सदर गर्ने हो भने एनआरएनए अमेरिका र अष्ट्रेलिया हालसम्म एमआईएस सिस्टममै नरहेकाले दुबै देशका सबै प्रतिनिधि बदर हुने तर्क अधिकांश सदस्यले राखेका थिए । त्यसैगरि एनआरएनए बेलायतलेपनि निर्वाचन हुनु एक महिना अघि सदस्यहरुको सूची एमआइएस सिस्टममा नराखेको पनि त्यहाँ प्रस्ट पारियो । निर्वाचनको एक महिना अघि एमआइएस सिस्टममा राखेका सदस्यलाई मात्रै सदर गर्ने हो भने एनआरएनए बेलायतलेपनि नराखेको हुँदा बदर गर्नुपर्ने प्रश्न उठ्यो ।

शेष घलेले बैठकमा न्युजिल्याण्ड र रसियाले नामावली सूची समयसिमा भित्र नपठाएको बताएपछि उनलाई त्यो समयसिमा भित्रै नामावली सूची पठाएको प्रमाण उपलब्ध गराउने भनिएको थियो ।

अडियो सुनिसकेपछि ब्यक्तिगत लान्छना र झैझगडामै करिब एक घण्टा बित्यो ।

‘आफूलाइ जिन्दगीभर यस्तो अपमानित तरिकाले कसैले नभनेको भन्दै देवमान हिराचनले अध्यक्ष कुमार पन्तमाथि गुनासो गरेका थिए ।

एनआरएनए जापानको कमिटी भंग गरेर काम चलाउ कमिटी गठन गर्ने निर्णय हिराचनले गरेपछि अध्यक्ष पन्तले संरक्षक समितिको सदस्यलाई बिधान बिपरित यस्तो निर्णय गर्ने अधिकार नभएको भन्दै हिराचनलाई सचेत गराएर पत्र पठाएका थिए । हिराचनले यसैलाइ आफूमाथि अपमान गरिएको बताउँदै बैठकमा गुनासो गरेका हुन् ।

अघिल्लो बैठकको रेकर्डेड अडियो लगभग दुई घण्टा सुन्ने र त्यसपछि बचेको समयको आधा गाली गलौजमा बितेको थियो । समितिले करिब एक घण्टा मात्रै विषयबस्तुमा छलफल गरेको थियो ।

समितिमा अष्ट्रेलिया, अमेरिका र बेलायतका प्रतिनिधिहरुको बैधानिक प्रावधान अनुसार २५ प्रतिशत प्रतिनिधि निर्वाचन गरेरै आउनुपर्ने तर निर्वाचन नगरिएपनि नयाँ कमिटीले पठाएको सूची अन्तर्गत् २५ प्रतिशत प्रतिनिधिलाई सुझबुझका आधारमा मान्य गरिदिने सल्लाह भएको छ । यसमा संस्थापन पक्षले सहमति जनाएको छ । स्रोतका नुसार यो छुट पाउँदा कुल आचार्य पक्षको करिब १७० भोट बढ्छ ।

करिब चार घण्टा बैठक बसेपछि शेष घलेले ‘आज धेरै लामो समयपनि भयो । अब अर्को बैठक आइतवार बसौं । त्यतिन्जेल सोनाम लामाको रिपोर्टपनि आउँछ । अनि निर्णय गर्न सजिलो हुन्छ” भनेपछि आगामी आइतवार फर्वरी २० मा बैठक बस्ने गरि टुंगिएको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक