बुधबार, वैशाख १२, २०८१

फूटबल खेलमा ‘हेडिङ’ गर्दा मस्तिष्कमा असर

नेपालप्लस संवाददाता२०७८ फागुन ६ गते १८:३१

फूटबल खेलमा टाउकोले बल हान्दा (हेडिङ गर्दा) मस्तिष्कलाई असर पर्ने पत्ता लागेको छ ।

फुटबल प्रशंसकहरूका लागि यो नराम्रो खबर हो । किनभने टाउकोले बल हानेर गरिने गोलको छुट्टै आकर्षण र रौनक हुन्छ ।

एउटा नयाँ अध्ययनले आकस्मिक गरिने हेड प्रभावहरूले मस्तिष्कको संकेतमा परिवर्तनहरू निम्त्याउने सुझाव दिएको छ जसले मस्तिष्क स्वास्थ्यमा दीर्घकालीन प्रभाव पार्न सक्छ ।

सानो-नमूना अन्वेषणात्मक अध्ययनका अनुसार नर्वेजियन स्कुल अफ स्पोर्ट साइन्सेसका विशेषज्ञहरूले ८९ पेशेवर फुटबल खेलाडीहरूको रगत नमूनाहरू लिएका थिए । साथै टाउकोमा असर नगर्ने अन्य उच्च तीव्रताका साथ हानिने व्यायामबाट उत्पन्न नमूनाहरू विश्लेषण गरे ।

त्यसलाई तुलनात्मक रुपमा अध्ययन गर्दा ब्रेन इन्जुरी जर्नलमा प्रकाशित नतिजाहरूले मस्तिष्कमा विशिष्ट परिवर्तनहरू देखाए । मस्तिष्कमा संकेत गर्ने मार्गहरूसँग सम्बन्धित रगत बायोमार्करहरूमा असर पर्ने रहेछ । यी माइक्रोआरएनए भनिने सुक्ष्म तत्वहरू अन्य उच्च-तीव्रताका सथ खेलिने खेलहरूबाट अप्रभावित भएको पाइयो । त्यससमा टाउकोमा असरहरू देखिएका थिएनन् । आरएनए भनेका साना एकदमै साना तत्व हुन् जसले प्रोटीनहरु बनाउन सघाउँछन् ।

“विश्वव्यापी रूपमा लाखौं मानिसहरू फुटबल खेलिरहेका छन्, यसले अन्ततः सार्वजनिक स्वास्थ्यमा ठूलो प्रभाव पार्न सक्छ” रिपोर्टमा उल्लेख छ ।

माइक्रो आरएनए- हाम्रो कोशिकाहरू र रगतमा पाइने साना अणुहरूहुन् । तिनले जीन अभिव्यक्ति विनियमित गर्न मद्दत गर्दछन् । अन्वेषकहरूले मस्तिष्कको संकेतमा उनीहरूको भूमिकालाई अझ राम्ररी बुझ्नको लागि यी टाउकोमा पर्ने प्रभावहरूद्वारा नियन्त्रित आठ माइक्रोआरएनएहरूद्वारा लक्षित गरिएका जीनहरू पहिचान गर्न बायोइन्फर्मेटिक्स भन्ने अर्को अनुसन्धान शैली प्रयोग गरे ।

तिनीहरूले प्रभावित लक्षित जीनहरू डब्ल्यु एन टी मार्ग (डब्ल्यु एन टी भनेको संकेत मार्गहरू हुन् । त्यो खासमा प्रोटिन र अन्य तत्व पठाउने मार्गहरूको समूह हो जुन प्रोटीनहरूबाट सुरु हुन्छ । त्यसले सेल सतहको वाहकहरु (रिसेप्टर) हरू मार्फत सेलमा संकेतहरू पास गर्दछ।) सहित १२ संकेत मार्गहरूसँग जोडिएको पत्ता लगाए । विभिन्न प्रकारको चोटले फरक-फरक माइक्रोआरएनएलाई असर गर्छ । त्यसको प्रभावको प्रकार बुझ्नेले खेलकुदसँग सम्बन्धित मस्तिष्कमा चोट लागेको व्यक्तिलाई हेर्दा क्षतिको मूल्याङ्कन गर्न चिकित्सकहरूलाई मद्दत गर्न सक्छ ।

यी सूक्ष्मताहरू बुझ्न महत्त्वपूर्ण छ, किनभने सबै खेल-सम्बन्धित मस्तिष्क चोटहरू समान हुँदैनन् । उदाहरणका लागि, प्रमाणले देखाउँछ कि महिला फुटबल खेलाडीहरूलाई उनीहरूको पुरुष खेलाडीहरूको तुलनामा टाउकोमा चोटपटक लाग्ने धेरै जोखिम हुन्छ । तर यी चोटहरू प्राय: गोलपोस्ट वा बलमा लागेर दोहोरिने हेडरहरू मार्फत नभई दुर्घटनावश कुनै वस्तुसँग ठोक्किएर आउने सम्भावना हुन्छ ।

सन् २०१८ मा गरिएको एक अध्ययनले खेलकुदमा अन्य आकस्मिक हेड प्रभावहरूको तुलनामा जानि जानि गरिने कडा खालका उद्देश्यपूर्ण हेडरहरूले आघात निम्त्याउने सम्भावना बढी रहेको पत्ता लगायो ।

दोहोरिएर हेड गरिरहने र टाउकामा तान्तार बल ठोक्किईरहँदा दीर्घकालीन मस्तिष्क चोटहरू निम्त्याउने बढी संभावना हुन्छ ।

त्यसो त, फुटबल मात्रै हालैका वर्षहरूमा छानबिन गरिनुपर्ने एक मात्र खेल होइन । अष्ट्रेलियन रुल्स फुटबल लिगले आफ्ना खेलाडीहरुमा बढ्दो आघात समस्यालाई सम्बोधन गर्न तीव्र दबाबको सामना गरेको छ ।

गत वर्ष जुनमा सार्वजनिक भएको एक पाँच वर्षीय अध्ययनले अष्ट्रेलियन फुटबल लिगका खेलाडीहरू उच्च स्तरको क्षतिग्रस्त मस्तिष्क कोशिकाहरूको समस्या भोगिरहेका छन् र तिनले बिचमा केहि समय खेल्न रोक्ने गरेको देखाएको छ । पछि खेल्न फर्किएकाहरुमापनि दीर्घकालीन प्रभावहरूको जोखिम रहेको रिपोर्टमा उल्लेख छ ।

तपाइँको प्रतिक्रिया