शुक्रबार, वैशाख १४, २०८१

मोटरसाइकल चालकमा भन्दा साइकल र पैदल यात्रुमा प्रदूषण हावा बढी

नेपालप्लस संवाददाता / फ्रान्स२०७८ फागुन ६ गते २२:४८

Photo Credit-pinterest.fr

साइकल चालक र पैदल यात्रीहरूले मोटर चालकहरूले भन्दा सडक ट्राफिकबाट उत्पादित कणहरू बढी सास फेर्छन् । यो जनवरी १८ मा वैज्ञानिक जर्नल पर्यावरण इन्टरनेशनलमा प्रकाशित एक अध्ययनको परिणाम हो ।

पियर लुइस इन्स्टिच्युट अफ इपिडिमियोलोजी एण्ड पब्लिक हेल्थ (इन्सर्मसोर्बोन युनिभर्सिटी) का वैज्ञानिकहरूले यो अनुसन्धान गरेका थिए । अनुसन्धानमा संलग्न व्यक्तिहरूले सडक ट्राफिकबाट उत्पन्न हुने वायु प्रदूषक, कालो कार्बनको जोखिमलाई विश्लेषण गरेका थिए । तिनीहरूले यातायातका विभिन्न मोडलहरुको प्रयोगकर्तामा अनुसन्धान गरेका थिए ।

तथ्यांक ग्रेटर पेरिस महानगरमा सन् २०१८ देखि सन् २०२० को बीचमा सङ्कलन गरिएको थियो । अध्ययनमा नमुनाका रुपमा छनौट गरिएका २८३ जनालाई छ दिनसम्म पछ्याइएको थियो । तिनीहरूको यात्राको समयमा र दुई यात्राहरूको बीचमा अलग अलग तरिकाले अध्ययन गरिएएको थियो । प्रत्येक सहभागीको काँधमा झुन्डिएको सेन्सरले तिनीहरूको नाक र मुखको छेउमा पुदुषित कार्बनको हवाई एकाग्रता वा हावामा झुण्डिएको प्रदुषित कार्बन मापन गर्न सम्भव बनाएको थियो ।

नतिजा कस्तो आयो भने तीस मिनेटको सोही अवधिमा जब ति अध्ययनमा सहभागीहरू आफ्नो घर वा कार्यालयबाट निस्किएर पैदलमा हिँड्छन्, त्यो बेला कार्बनको मात्रा दोब्बर भएको हावासहितको सास लिन्छन् ।

हिड्ने र साइकल चलाउने दुबैका प्रयोगकर्तालाई मोटर चलाउनेको तुलनामा धेरै कम कालो कार्बनको असर पर्छ । तर शारीरिक गतिविधिका कारण भेन्टिलेशनमा भएको वृद्धिले यस्तो प्रदूषणसहित ठूलो मात्रामा सास फेर्छन् ।

साइकल चलाउनु भनेको हिंड्ने तुलनामा तीस मिनेटको यात्राको लागि उच्च प्रदुषित कार्बन सास फेर्नु (+०,४ माइक्रोग्राम (µg) सँग सम्बन्धित छ । किनकि साइकल चालकहरू पैदल यात्रा गर्नेहरू भन्दा बढी शारीरिक गतिविधि र सडक यातायातको निकटतामा हुन्छन् ।

प्रदुषित कार्बन विशेष रूपमा जीवाश्म ईन्धन र सडक यातायातद्वारा उत्पादित अन्य अणुहरूको अपूर्ण दहन द्वारा उत्पन्न हुन्छ । कालो कार्बनको जोखिमले दीर्घकालीन श्वासप्रश्वास रोग, स्नायु संवन्धि क्षति र हृदय रोग निम्त्याउन सक्ने अध्ययनहरूले देखाएको छ ।

“यद्यपि, यो स्पष्ट गर्न महत्त्वपूर्ण छ कि वायु प्रदूषकहरूको सास तान्नु भनेको यातायातका विभिन्न मोडहरूसँग सम्बन्धित लाभ र जोखिमहरूको चित्रको एउटा मात्र तत्व हो । त्यससित संवन्धित अन्य शारिरिक जोखिम, डर, यातायातमा तनाव र आवाज तथा भिडले दिने अन्य नकारात्मक पक्ष छ त्यसको हिसाव गर्दा हिंड्ने र साइकल चलाउने अभ्यास व्यापक रूपमा सिफारिस गरिएको छ” अध्ययनको अनुगमन गरेका इन्सर्म संस्थाका अनुसन्धान निर्देशक बसिल चेक्सको भनाई छ ।

इनसर्मको प्रेस विज्ञप्ति अनुसार टोलीले अध्ययन सहभागीहरूको शारीरिक प्रतिक्रिया, रक्तचाप र फोक्सोको कार्यको सन्दर्भमा यातायातको सूक्ष्म वातावरणमा वायुजन्य प्रदूषकहरूलाई अझ मिहिन तरिकाले अन्वेषण गर्ने छ ।

तपाइँको प्रतिक्रिया