शुक्रबार, जेठ १३, २०७९

देशलाई कतैबाट कुनै खतरा छ भने देउवा, दहाल र ओलीबाटै

ऋषी पल्लव २०७८ फागुन ७ गते १४:१७

नेपालको राजनिती कसरी चल्छ होला वा नेपालमा कसैले राजनीति गर्छ कि गर्दैन ? सर्सर्ती हेर्दा दुनियाँका थोरै देशहरुमध्ये नेपाल सबैभन्दा धेरै नेता भएको देशमा पर्छ । हाम्रो देशमा हरेक टोलमा कम्तिमा चार जना नेता छन । तिनैले देशका राष्ट्रिय मुद्दाहरुमा आफ्ना धारणा फैलाउने गर्दछन । तिनै टोले धारणाहरु सहि गलत जेसुकै होउन् देश तिनैले चलाऊने गर्दछन । तर अद्भुत विडम्बना के छ भने देशमा नेता छैन जसले गतिलोसँग देश चलाऊन सकोस । देशमा एउटा पनि पार्टी छैन जोसँग विचार होस, देश हाँक्ने कला होस ।

यो दुनियाँका प्रजातान्त्रिक प्रणाली भएका देशमध्ये नेपाल यस्तो देश हो जहाँँ सबै भन्दा धेरै कम्युनिष्टहरु छन । त्यस हिसाबले पक्कै पनि कम्युनिष्ट पार्टी धेरै हुने नै भए । कम्युनिष्ट पार्टीहरुको सार समाजवाद, हरेक कम्युनिष्ट समाजवादी । तर विडम्बना के भने समाजवादी विचार अंगिकार गरेका ब्यक्तिहरु वा कम्युनिष्ट पार्टीहरुलाई जवर्जस्ती पूँजीवादी देखिनु परेको छ । कागजमा लेखिएको विचारधारा मान्ने कि बजार ब्यवस्था भित्र समाहित हुने तिनिहरु त्राहिमाम छन ।

अर्कोतिर नेपाली कांग्रेस छ । हुन त यो पुँजिवादी अर्थ ब्यवस्थालाई अंगिकार गर्ने पार्टी हो । तर यसले पनि आफूलाई पूँजिवादी भन्न सकिरहेको छैन । कम्युनिष्टहरुले आफूहरुलाई पूँजिवादी देखाउन खोजे जस्तै नेपाली कांग्रेसले आफूलाई समाजवादी देखाउन खोज्छ । यसको मतलव जो जस्तो देखिन्छ त्यस्तो छैन । जो जस्तो छ त्यस्तो देखिन चाहन्न । कस्तो विडम्बना जे छ त्यो होइन, जे छैन त्यो पनि होइन । भएको नहुने र नभएको हुने अजीवको राजनीति छ देशमा । त्यसकारण मसीना कुराहरुले पटक पटक उथलपुथल ल्याउँछन देशको मुख्य समस्या यही हो ।

देशमा पार्टी छैनन । राजनीतिज्ञ छैनन । विचार छैन । कुनै आदर्श छैन । पुरै देश गल्लिका आवाजले तातेको हुन्छ । यती धेरै नेता र राजितिक पार्टीहरु भएको देश चल्नका लागि एउटा गाउँको सानो टोलले आफ्नो धारणा बनाउँछ । देशलाई त्यसैले डोर्‍याउँछ । किनभने देश चलाऊने हुती भएको एउटा पनि माइकालाल पैदा भएको छैन ।

प्रधानमन्त्री शेर बहादुर देउवा र प्रचन्डले एमसीसी मुख्यालयमा गोप्य रुपमा पत्र पठाएर आफूहरुले यो सम्झौता कुनै पनि हालतमा पारित गराउने प्रतिवद्दता जनाए । आफ्नो महाधिवेशन र कार्यकर्ताका बिचमा एमसीसीको विरोध गरिरहेका प्रचन्डको त्यो पत्र सार्वजनिक भएसँगै एउटा मुखुण्डो उतारियो ।

भर्खरैको उत्तेजनालाई हेरौं । एउटा देशको लागि एमसीसी सम्झौता यती ठुलो वहसको विषय हुँदै होइन । तैपनि बहस भैरहेको छ । टोलबाट धारणा बनाउनेहरुलाई होइन केन्द्रमा राजनीति गर्छौं भन्ने हरेक नेताहरुलाई एमसीसी के हो भन्ने ठ्याक्कै थाहा छ । किनभने उनिहरुले यो सम्झौताका हरेक अक्षर बुझ्न लगाएका छन । एक एक अक्षर बुझारथका लागि राज्यले पैसा तिरेको छ । तर नेताहरुले त्यो कुरा टोलसम्म पुर्‍याउन सकेका छैनन । किनभने जो जे देखिन्छ त्यो होइन, जे हो त्यो देखिदैन । त्यसैले हामीलाई हाम्रो देशको भन्दा चीन र अमेरिकाको बढी चिन्ता छ । देउवालाई अमेरिकाको चिन्ता छ, प्रचन्डलाई भित्री रुपमा अमेरिका र बाहिरी रुपमा चीनको चिन्ता छ ।

अहिलेको अवस्था कस्तो देखियो भने ज्ञानेद्र शाह मात्र यो देशका एक्ला देशभक्त । बरु प्रजातन्त्रको परिभाषा तिनले भनेका छन । ७ फागुनको पुर्वसन्ध्यामा शुभकामना वक्तब्य जारी गर्दै पूर्व राजा ज्ञानेन्द्र शाहले भनेका छन- प्रजातन्त्र कसैले कसैलाई दिने दान अनुदान होइन । त्यो व्यवस्था त आफ्नै आचरण र अभ्यासबाट फल्दै फुल्दै जाने प्रणाली हो । अरुले ओढाईदिएको असमानतामुनि छिरेर ओभानो बन्ने र धरातलका मान्यतालाई भुल्ने परिपाटी प्रजातन्त्र हुन सक्दैन । जनतालाई भोक, रोग र शोकमा राख्नु प्रजातन्त्र होइन । शासकले सिक्नुपर्ने प्रजातन्त्रको परिभाषा शाहले भनेको भन्दा सुमधुर अर्को हुन सक्दैन ।

तर समस्याको जड के हो भने देशमा कोही पनि असली छैन । देश चलाउँछौं भन्नेहरु हरेकका अनुहार भित्र छन । ति ज्ञानेन्द्र शाह होउन्, केपी ओली होउन्, देउवा होउन् वा प्रचन्ड । सबैजना मुखुण्डो लगाएर बाँचिरहेका छन । एमसीसी आतंक यसैको परिणाम हो ।

देशमा एमसीसी कुनै समस्या नै होइन । समस्याको जड नेताहरु हुन । यिनिहरुले लगाएको मुखुण्डो हो । यिनिहरुका दुइवटा अनुहार समस्या हुन । एमसीसी पास हुनु र फेल हुनुमा देशलाई खासमा तात्विक असर केही पर्दैन । तर नेताहरु फेल भइरहँदा भने देश असफल भएको छ । नेताहरुको असली अनुहार एमसीसीमा मात्र होइन देशका हरेक विषयमा प्रष्ट देखिनु पर्दछ ।

अद्भुत विडम्बना के छ भने देशमा नेता छैन जसले गतिलोसँग देश चलाऊन सकोस । देशमा एउटा पनि पार्टी छैन जोसँग विचार होस, देश हाँक्ने कला होस ।

कम्युनिष्टहरुले पूँजिवादी देखिन खोज्ने र कांग्रेसले समाजवादी देखिन खोज्नु किन र केका लागि हो ? धेरै पछाडि जानुपर्दैन, प्रधानमन्त्री शेर बहादुर देउवा र प्रचन्डले एमसीसी मुख्यालयमा गोप्य रुपमा पत्र पठाएर आफूहरुले यो सम्झौता कुनै पनि हालतमा पारित गराउने प्रतिवद्दता जनाए । आफ्नो महाधिवेशन र कार्यकर्ताका बिचमा एमसीसीको विरोध गरिरहेका प्रचन्डको त्यो पत्र सार्वजनिक भएसँगै एउटा मुखुण्डो उतारियो ।

प्रचन्ड जता पनि छन् । अमेरिकासँग पनि छन् । भारतसँग पनि छन् । चीनसँगपनि छन् । आफ्ना कार्यकर्तासँग पनि छन । यि मान्छे कहिल्यै पनि एक थरी बनिरहन सक्दैनन । सरकारमा पनि छन् । सडकमा पनि छन् । एमसीसी पास गराउने पक्षमा पनि छन् । विरोधको जुलुसमा पनि छन् । उफ कसरी निर्वाह गर्न सक्दछ कुनै एउटा मान्छेले यती धेरै भूमिका ? देशको दुर्गातीको असली संवाहक यिनै हुन ।

यदै कसैलाई प्रचन्ड उर्फ पुष्पकमल दाहालले देश र जनता लागि केही गर्छ भन्ने लाग्छ भने उ भ्रममा बाँचिरहेको छ । प्रचन्ड देशको हरेक प्रणाली, प्रत्येक संरचना ध्वस्त गराउन तल्लिन छन । यो कसैले भन्नु पर्दैन, उनको समयले प्रमाणित गरिसकेको छ ।

जनयुद्धको यथार्थता के थियो ? १७ हजार मान्छे मारिएको त्यो युद्धले देशमा के परिवर्तन गरायो ? कुन चाहिं उत्पीडित वर्गले अवशर पायो ? गणतन्त्रमा यदी कसैले केही अवशर पाएको छ भने ति मात्र प्रचन्ड हुन । शासन सत्ता चलाऊन तम्सिने नेताहरु नै हुन । त्यसकारण देशलाई कहिं कतैबाट कुनै खतरा छ भने ति प्रचन्ड हुन, शेरबहादुर देउवा हुन, ओली हुन । अमेरिकि सहयोग परियोजना बाहिर देखिएको मात्र हो । मुख्य योजना देशमा आगो लगाउने नै हो जसको नेतृत्व पुष्पकमल दहाल, प्रचण्ड र ओलीले गरिरहेका छन ।

तपाइँको प्रतिक्रिया

फेसबुक