मंगलबार, वैशाख ४, २०८१

“एनआरएनए उच्चस्तरिय समिति ढिसमिस भैसक्यो, जस्तो रिपोर्ट आएपनि मान्य हुन्न”

नेपालप्लस संवाददाता२०७८ फागुन ७ गते २२:३७

गैरआवासीय नेपाली संघ (एनआरएनए) को विवाद समाधान गर्न भनेर गठित सात सदस्यिय उच्चस्तरिय समितिको समय समाप्त भएको र अब त्यो समितिले जस्तोसुकै रिपोर्ट दिएपनि मान्य नहुने दाबी गरिएको छ ।

एनआरएनएको आगामी निर्वाचनमा उमेदवारी घोषणा गरेका ‘टिम बद्रि केसी’ ले शनिवार आयोजना गरेको छलफलमा उपाध्यक्ष डा. बद्रि केसीले उक्त दाबी गरेका हुन् ।

आफ्नो टीमको ककश छलफल कार्यक्रममा बोल्दै डा. केसीले भने “एनआरएनए अन्तर्राष्ट्रिय समन्वय समितिले उच्च स्तरिय समितिलाई चार वटा सहमतिका शर्त (टिओआर) सहित जिम्मेवारी दिएको थियो । त्यसको समय २६ जनवरीलाइ तोकिएको थियो । तर आज १९ फर्वरीसम्म पनि दिन सकेन । कि त काम गर्न सकेनौं भन्नुपर्थ्यो। त्यो समिति ढिसमिस भैसक्यो । अब त्यसको बैठक बस्दै गरोस्, जति पटक बसेपनि भयो । तर त्यसले जस्तो रिपोर्ट दिएपनि अब मान्य हुन्न ।”

केसीले उच्चस्तरिय समितिलाई पटक पटक म्याद थप्दापनि रिपोर्ट दिन नसकेकाले अध्यक्षमार्फत् केन्द्रिय समितिले निर्वाचन समितिलाई प्रतिनिधि सूची बुझाईसकेकाले निर्वचान हुने उल्लेख गरे ।

केसीले एनआरएनए जापानको विवाद मिलाउन पूर्व अध्यक्ष भवन भट्टलाई जिम्मेवारी तोकेपनि उच्चस्तरिय समितिले हात हालेर गिजोलेको आरोपसमेत लगाए ।

उनले जापानमा जस्तै समस्या युकेमा भएपनि जापानमा पत्र पठाउने, समिति भंग गर्ने तर युकेको मामिलामा पत्र नपठाएको गुनासोसमेत गरे ।

केसीले एनआरएनए केहि ब्यक्तिको अधिनायकवादबाट मुक्त भएर आजै (शनिवार) देखि प्रजातान्त्रिक बन्ने उल्लेख गर्दै केहि ब्यक्तिबाट अपराध गर्ने काम भएको बताए । भने “केहि ब्यक्तिहरुबाट एनआरएनए माथि अपराध गर्ने प्रयत्न भएको छ, त्यो रोक्छौं ।”

डा. केसीले २१ वटा गैर आवाशीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसिसी) हरुलाई शुन्य बनाउने प्रयत्न भएको उल्लेख गर्दै भने “एनसिसीहरु गठन गर्न कति गाह्रो हुन्छ । मान्छे खोजि खोजि कति दुखले एनसिसीहरु गठन भएका छन् । पहिले खोजिखोजि एनसिसी गठन गरियो । अहिले खोजिखोजि मार्ने काम भएको छ ।”

ककस कार्यक्रमम बोल्दै एनआरएनए महासचिव डा. हेमराज शर्माले संघको विवाद मिलाउन गठित उच्चस्तरीय समितिले समस्याको समाधान दिनुको सट्टा चुनाव भाँड्न लागेकोमा आक्रोश पोखे ।

उनले उच्चस्तरीय समितिले नियमावलीका छिद्रा खोजेर चार वटा देश बाहेकका अन्य देशका महाधिवेशन प्रतिनिधि कटौतीको प्रस्ताव ल्याएको बताए ।

संघका पूर्वअध्यक्ष शेष घलेले संघको आन्तरिक मामिलामा हस्तक्षेप मात्र होइन् निर्वाचित कार्यसमितिको कार्यकारी अधिकार लिन खोज्नु गलत भएकोसमेत उल्लेख गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघका उपाध्यक्ष तथा अध्यक्षका प्रत्यासी डा. बद्री केसीले संघको निर्वाचनको प्रकृया अघि बढीसकेको बताउँदै उच्चस्तरीय समितिका दुई जना सदस्य निर्वाचन रोक्न लागि परेको आरोप लगाए ।

उच्चस्तरीय समितिका सदस्यहरुलाई महाधिवेशन प्रतिनिधि विवाद मिलाउने बाहेक अन्य म्यान्डेट नभएको भनाई केसीको छ । उच्चस्तरीय समितिका सदस्यहरुमा विवाद मिलाउन भन्दा म्यान्डेटभन्दा बाहिर गएर समस्या बल्झाउने नियत रहेको खुलाए ।

कुल आचार्य समूहले आफ्नो पक्षमा भोट नआउने देशका महाधिवेशन प्रतिनिधिलाई तारो बनाएर हटाउन खोजेको आरोपसमेत केसीको थियो ।

गैरआवासीय नेपाली संघका प्रवक्ता डिबी क्षेत्रीले विभिन्न बहाना बनाई संघको विवादलाई लम्बाएर चुनाव हुन नदिने षड्यन्त्र भैरहेको बताउँदै भने “संघभित्र विवाद नीतिको होइन नियतिको देखियो ।”

गैरआवासीय नेपाली संघका सल्लाहकार टिबी कार्कीले उच्चस्तरीय समिति गठन प्रकृया नै त्रुटिपूर्ण रहेको बताए । उपाध्यक्ष सोनाम लामा खुलेरै कुनै उमेदवारको प्रचारप्रसारमा लागेकाले त्यस्तो व्यक्तिले निष्पक्ष निर्णय दिन नसक्ने उनको भनाई थियो ।

“सोनाम लामा उपाध्यक्ष हुनुहुन्छ । उपाध्यक्ष भनेको अध्यक्ष पछिको जिम्मेवार पद हो । उपाध्यक्षका रुपमा हामी उहाँलाई सम्मान गर्छौं । तर कुनै ब्यक्तिको प्रचारप्रसारमा खुलेर लागेको ब्यक्तिले दिएको रिपोर्ट कसरि निस्पक्ष हुन्छ ? त्यस्तो ब्यक्तिले दिएको रिपोर्ट कसरि मान्ने ?” कार्कीले भने ।

गैरआवासीय नेपाली संघ अफ्रिकका क्षेत्रीय संयोजक रोशन थापाले संघको जनमतमाथि प्रहार भएको बताए । संघका पूर्वअध्यक्ष शेष घले समूहले संघको अस्तित्व माथि नै आँच आउने गरि गतिविधि अघि बढाएको भनाई थापाको थियो ।

अफ्रिका क्षेत्रका प्रतिनिधि कटौतीको प्रस्ताव गरिनु अधिनायकबाटको चरण रुप भएको उल्लेख गर्दै यस्ता दुष्कर्म नगर्न चेतावनीसमेत उनले दिए ।

तपाइँको प्रतिक्रिया