शुक्रबार, चैत १६, २०८०

एनआरएनए प्रमुख संरक्षक घलेलाई बर्खास्त गर्नुपर्ने माग, प्रतिनिधि हटाएकामा आक्रोश

नेपालप्लस संवाददाता२०७८ फागुन ७ गते २३:३४

गैर आवाशीय नेपाली संघ (एनआरएनए) को विवाद समाधान उच्चस्तरिय समितिका संयोजक तथा प्रमुख संरक्षक शेष घलेलाई संरक्षकबाट बर्खास्त गर्नुपर्ने माग केहि एनआरएनहरुले गरेका छन् ।

टिम बद्रि केसीको चुनावी प्रचार कार्यक्रम ककशमा शनिवार बोल्दै एनआरएनए राष्ट्रिय समन्वय परिषदका केहि अभियन्ताले केहि राष्ट्रिय समन्वय परिषदका प्रतिनिधिको पुरै सूची काटेर शुन्य बनाएकाले उनलाई प्रमुख संरक्षक पदबाटै बर्खास्त गर्नुपर्ने आक्रोश पोखेका हुन् ।

शनिवार आयोजित कार्यक्रममा चेक रिपब्लिकका पूर्व अध्यक्ष चिरन्जिवी खड्काले शेष घलेलाई एनआरएनए विवाद समाधान उच्च स्तरिय समितिको संयोजकबाट मात्रै होइन कि प्रमुख संरक्षक पदबाटै हटाउनुपर्ने तर्क गरेका थिए ।

उनले कसश कार्यक्रममा भने ‘शेष घलेलाई संयोजकबाट मात्रै होइन, प्रमुख संरक्षकबाटै हटाउनुस् र अर्को कोहि ब्यक्ति नियुक्त गर्नुस् ।”

उनले हालको संरक्षक परिषदनै खारेज गरेर नयाँ संरक्षक परिषद बनाउनुपर्ने बिकल्पसमेत प्रस्तुत गरेका थिए ।

एनआरएनए पोर्चुगलका हेमराज सुवेदीलेपनि डा शेष घलेलाई संरक्षक परिषदबाट बर्खास्त गर्न आग्रह गर्दै भने “संरक्षक परिषदबाट शेष घलेलाई बर्खास्त गर्नुस् । अन्तर्राष्ट्रिय समन्वय परिषदबाट शेष घलेलैइ हटाएर निर्वाचनको माहोल बनाउनुस् ।”

एनआरएनए अमेरिकाका सन्जिव श्रेष्ठले उच्च स्तरिय समितिअलैइ विवाद समाधानको सिमा तोकेपनि काम गर्न नसकेकाले त्यो समितिलाई भंग गर्नुपर्ने बताउँदै भने “शेष दाईलाई समय तोकेर जिम्मेवारी दिएको आइसिसीले हो । समय सक्कियो, रिपोर्ट दिनसक्नुभएन । उहाँले गर्ने भनेकै समय लम्ब्याउने हो ।”

कुनैपनि ब्यक्तिले आफ्नो समय सिमाभित्र काम नगरेमा त्यो स्वत भंग हुने तर्क गर्दै उनले उदाहरण दिए “परिक्षामा तीन घण्टाको समय दिएको हुन्छ । मैले लेख्न सकिन भनेर समय थपिन्छ र ? शेष दाईको उच्चस्तरिय समितिकोपनि समय सक्कियो ।”

विधिविधानभन्दा माथि कोहि हुननहुने तर्क गर्दै सन्जिव श्रेष्ठले शेष घलेलाई विधानभन्दा माथि राख्ने प्रयास पहिलेदेखि गर्दै आएको आरोपसमेत लगाए । उनले भने “विधानमा त यस्तो छ नी सोनाम दाई भनेको बेला उनले शेष दाईले यसो भन्नुहुन्छ भन्नुहुन्थ्यो । विधिविधान बाहिर कोहि हुन्छ ?”

लाप्राक बस्ति निर्माण र एनआरएनए सचिवालय भवन खरिसमानै शेष घलेको कामको मूल्यांकन भैसकेको उल्लेख गर्दै सन्जिव श्रेष्ठले सत्यदेखि बोल्न डराएकाले यस्तो स्थिति स्रिजना भएको दुखेसोसमेत पोखे ।

एनआरएनए क्यानडाका शान्त राजभण्डारीले उपाध्यक्ष सोनाम लामा लगायतका केहि ब्यक्तिले एनआरएनए फुटाएर अर्को एनआरएनए बनाउन लागेको र कसले के पद लिने भनेर सोध्दै हिंडेको आरोप समेत लगाए । उनले कार्यक्रममा भने “तपाईहरु कुन पदमा बस्ने, के चाहिन्छ भनेर सोनाम लामाले फोननै गर्नुभएको छ ।”

उनले एनआरएनए अन्तर्राष्ट्रिय समन्वय समितिले निर्वाचन गराउनुपर्ने र हालको उच्च स्तरिय छानबिनको जरुरतनै नभएकोसमेत बताए ।

एनआरएनए फ्रान्सका संस्थापक हरिहर अर्यालले हरेक कुरा विधानसम्मत हुनुपर्ने, आइसिसीभन्दा माथि कुनैपनि समिति नहुने र आइसिसी अन्तर्गतको उच्च स्तरिय समितिले तोकेको समयमा काम नगरेमा आइसिसीनै चुनावकालागि अगाडि बढ्नुपर्ने बताए ।

अर्यालले भने “विधान नमान्नेभए किन बनाउनुपर्‍यो विधान ? एनआरएनएको आइसिसी सबैभन्दा ठूलो निकाय हो । त्यो अन्तर्गतको उच्चस्तरिय समितिले काम गर्न नसके आ ईसिसी अगाडि बढ्नुपर्छ ।”

एनआरएनए अमेरिकाज क्षेत्रका संयोजक राजन त्रिपाठीले अमेरिकाज क्षेत्रमा पर्ने मेक्सिको, चिली र कोस्टारिकका महाधिवेशन प्रतिनिधि सबैको नाम काटेर शुन्य बनाएको भन्दै सोनाम लामाले बुझाएको रिपोर्टमा आपत्ती जनाए ।

उनले भने “यि देशका प्रतिनिधि छनौट विधानसम्मत तरिकाले बनाएको हो । त्यो अक्षरश पालना होस् । काट्ने प्रयास गरियो भने त्यो मान्य हुँदैन, गम्भिर दूर्घटना हुनसक्छ ।”

अमेरिका, अष्ट्रेलिया क्षेत्रका प्रतिनिधिको सूची यथावत राखेर मध्यपूर्व र अफ्रिका क्षेत्रका प्रतिनिधिको नाम काट्नु ठूलो र सम्पन्न देशले एकाधिकार जमाउन खोजेको, मध्यपूर्व र अफ्रिका जस्ता मुलुकलाई हेपेको आरोप पत्रकार शैलेश श्रेष्ठले लगाए । “यो अपराध हो । धनी मान्छेहरुले एनआरएनएमा चलखेल गर्न खोजेको हो । एनआरएनएमा नयाँ खिलराज रेग्मी जन्माउन खोजिएको हो” श्रेष्ठले भने ।

एनआरएनए हङकङकी निवर्तमान अध्यक्ष राधिका गुरुङले एनआरएनए हङकङको महाधिवेशन, प्रतिनिधि छनौट सबै सहमतिमा गरिएको, सोनाम लामाले आफ्नो प्रतिबेदनमा ९० जना प्रतिनिधि काटेर १० जना मात्रै राखेकोमा भर्त्सना गरिन् ।

“महाधिवेशन सर्वसम्मतीमा भयो । प्रतिनिधि छनौट सर्वसम्मतीमै भएको हो । एक सय जना प्रतिनिधिमा ९० जनाको नाम कुन आधारमा काट्नुभयो ? त्यो काट्दा हामीसित सोधपुछ सम्पर्कसम्म किन गर्नुभएन ? यसमा हाम्रो घोर भर्त्सना छ ।”

उनले ति प्रतिनिधिहरु सबै सर्वसम्मती र विधान अनुसार बनाएकाले नाम हटाउने प्रस्ताव कुनैपनि हालतमा नमान्ने बताउँदै भनिन् “उच्चस्तरिय समिति भनेर जुन सम्मानित नाम पाउनुभएको छ । त्यो सम्मानलाई ख्याल गरेर काम गर्नुहोला । अन्यथा हामी चुप लागेर बस्ने छैनौं ।”

अहिले उच्चस्तरिय समितिका नाममा आएको विवाद महासचिव, अध्यक्ष, सचिवको कमजोरीका कारणले आएको बताउँदै अमेरिकाका रवीन बज्राचार्यले उच्च स्तरिय समितिलाई नदिएर आइसिसीले गर्नुपर्नेमा जोड दिए । आम एनआरएनहरुले आ ईसिसीलाई जिताएर पठाएकाले आइसिसीलेनै निर्वाचनको सम्पूर्ण काम गर्नुपर्ने तर्क उनको थियो ।

“हामीले आइसिसीलाई भोट दिएर जिताएर पठाएको हो । तपाईहरुले गर्नुपर्ने काम किन उच्चस्तरिय समितिलाई ? त्यो समितिको निर्णय हामीले किन मान्ने ? महासचिवले बैठक डाक्नुस् । अन्तर्राष्ट्रिय सचिवालयले निर्णय गर्नुस् र केन्द्रबाट पास गर्नुस्, निर्वाचन गराउनुस् । अरुलाई किन दोष दिने ?” उनले भने ।

हाल अध्यक्षका तीन जना प्रत्याशीहरुको लागि मात्रै सहमतिको कुरा गरिएकालेपनि त्यसमा उनले आपत्ती प्रकट गरे ।

“यो संस्था तीन जनाको मात्रै हो ? भोलि अरुले उम्मेदवारी दिन सक्दैनन् ? तीन जनाले मानेपछि विधिविधान विरुद्द गर्ने ?” बज्राचार्यले भने ।

एनआरएनए विधान समितिका सदस्य प्रमोद सिटौलाले एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदको ८१ औं बैठकमा सदस्यहरुलाई बोल्नै नदिएर उच्च स्तरिय समिति बनाउने निर्णय गरिएकालेनै अहिले यो समस्या आएको बताए ।

“तपाईहरुले ८१ औं बैठकमा किन सबै सदस्यलाई म्युट गर्नुभयो ? बोल्नै दिनुभएन । ८१ औं बैठकमा बोल्न दिएको भए यो उच्चस्तरिय समितिनै बन्ने थिएन । चुनाव हुन्थ्यो” सिटौलाले भने ।

उनले एनआरएनए निरन्तर विधानबिरुद्द हिंडिरहेको आरोपसमेत लगाए ।

उनले पहिले राजनितिक पार्टीलाई एनआरएनएले उपयोग गर्ने गरेको तर हाल एनआरएनएलाई राजनितिक पार्टीहरुले प्रयोग गरेको थप आरोप उनको थियो ।

सिटौलाले भने “पहिले राजनितिक पार्टीलाई एनआरएनएले उपयोग गर्थ्यो । अहिले एनआरएनए राजनितिक पार्टीमा गयो । एनआरएनएमा राम्रोसित राजनितिक रङ, गन्ध छिरिसक्यो । एनआरएनए निरिह छ । एक पक्षिय एनआरएनए बन्नेतिर अग्रसर छ । अजिंगरले सबैलाई खान लाग्यो ।”

तपाइँको प्रतिक्रिया

फेसबुक