बिहीबार, वैशाख १३, २०८१

आँधीका कारण उत्तरी युरोपमा कम्तिमा १४ जनाको मृत्यु

नेपालप्लस संवाददाता२०७८ फागुन ८ गते १:०६

ठूलो आँधी र हुरीका कारण पूर्वी युरोपमा कम्तिमा १४ जनाको मृत्यु भएको छ ।

युनिस नाम दिईएको आँधीले युरोपभरि बाटो बिगार्नुका साथै यातायात सञ्जाललाई अव्यवस्थित बनाइदिएको छ । आपतकालीन टोलीहरूले शनिबार १० लाख भन्दा बढी घर र व्यवसायहरूमा विद्युत पुनर्स्थापना गर्न संघर्ष गरिरहेका छन् ।

बेलायत, आयरल्याण्ड, नेदरल्यान्ड्स, बेल्जियम, जर्मनी र पोल्याण्डमा रुखहरू ढलेर सडक र रेलको लिक अवरुद्द भएको छ । रुख र भग्नावशेशले हिर्काएर केहि ब्यक्तिको मृत्यु भएको हो ।

तिब्र हावाले सडक र घर वरिपरिका भग्नावशेष उडाएर लैजाँदा केहिलाई घाईते बनाएको छ । बेलायत, आयरल्याण्ड, नेदरल्यान्ड्स, बेल्जियम, जर्मनी र पोल्याण्डमा रुखहरू ढलेर, उडेका भग्नावशेष र तेज हावाका कारण कम्तीमा १४ जनाको मृत्यु भएको आपतकालीन सेवाहरूले जनाएका हुन् ।

बेल्जियमको गेन्ट शहरमा एक ३७-वर्षीय मानिसको सोलार प्यानलले हिर्काएर चोट लागेपछि मृत्यु भएको प्रहरीद्वारा पुष्टि गरिएको छ ।

बेलायतमा आँधीको गती १९६ किलोमिटर प्रति घण्टाको गतिमा रेकर्ड गरेपछि बेलायतका ट्रेन अपरेटरहरूले मानिसहरूलाई यात्रा नगर्न आग्रह गरेका थिए ।

ओभरहेड पावर लाइनमा क्षति पुगेपछि बेलायत र फ्रान्सबाट चल्ने युरोस्टार र थालिस अन्तर्राष्ट्रिय सेवाहरू नहुँदा नेदरल्यान्ड्सको रेल नेटवर्क पनि रोकिएको थियो ।

आयरल्याण्ड र जर्मनी जस्तै फ्रान्सले पनि रेल अवरोध र बिजुली कटौतीको सामना गरिरहेको छ । जर्मनीको रेल सेवाको करिब १००० किमी लिक क्षतिग्रत भएको डोईच बाहन रेल सेवाले जनाएको छ ।

पोल्याण्डमा शनिबार दिउँसो पनि करिब ११ लाख ग्राहकहरु बिजुलीविहीन थिए ।

“म तपाईंलाई अपील गर्दछु: कृपया घरमै बस्नुहोस् !” पोल्याण्डका प्रधानमन्त्री माटेउज मोराविस्कीले फेसबुक पोस्टमा भनेका छन् ।

त्यहाँका अग्नी नियन्त्रकहरुले १२ हजार पटक उद्दारको काम गरिसकेको जनाईएको छ ।

यूकेमा, दुई लाख २६ हजार घरमा बिजुली अवरुद्द भएको छ । आपूर्ती बन्द भएका अन्य १२ लाख घमा भने पुन बिजुली आपूर्ति खुलाईएको छ ।

युनिसले शुक्रबार लन्डनमा पहिलो पटक मौसमको रेड अलर्ट (अति खतरा) भन्दै चेतावनी दिएको थियो । सन् १९८७ मा बेलायत र उत्तरी फ्रान्समा आएको ठूलो आँधीपछि यो युरोपको सबैभन्दा शक्तिशाली आँधी मानिएको छ ।

तपाइँको प्रतिक्रिया