शुक्रबार, वैशाख ७, २०८१

युक्रेन संकट: फ्रान्सेली राष्ट्रपती र रुसी राष्ट्रपती ठूलो द्वन्द्वबाट बच्न अन्तिम प्रयासमा

नेपालप्लस संवाददाता / फ्रान्स२०७८ फागुन ८ गते १३:०८

Image credit-fr.wikipedia.org

फ्रान्सेली राष्ट्रपति एमानुएल माख्रोंले आइतवार बिहान आफ्नो रूसी समकक्षी भ्लादिमिर पुटिनसँग वार्ता गर्ने भएका छन् जसलाई युक्रेन-रूसी द्वन्दबाट बचाउने अन्तिम मिनेटको कूटनीतिक प्रयासको रूपमा हेरिएको छ ।

पूर्वी युक्रेनमा केही वर्षयता तनाव उच्चतम बिन्दुमा पुगेको छ । सप्ताहन्तमा हिंसाको त्रासले पश्चिममाहरुमा शंका उब्जाएको छ । रुसले आफ्नो छिमेकीमाथि आक्रमण गर्ने बहाना खोज्न सक्छ भन्ने डरलाई बलियो बनाएको छ ।

रुसी र बेलारूसी सेनाले आइतवार संयुक्त सैन्य अभ्यास समाप्त गर्ने भएका छन् । युक्रेनको छिमेकी बेलारुसमा यो अभ्यास फर्वरी १० मा सुरु भयो र मस्कोको नियतमाथि पश्चिमीहरुको त्रास झनै थपियो ।

पुटिनसँग माख्रोंको फोन कल ११ बजे हुने फ्रान्सेली राष्ट्रपतीको कार्यालय एलिजे दरबारले उल्लेख गरेको छ ।

“युक्रेनमा ठूलो द्वन्द्वबाट बच्न अन्तिम सम्भावित र आवश्यक प्रयासहरू गरिने छ । यो फर्वरी ७ मा मस्कोमा दुई नेताबीच भएको भेटपछि आयोजना भएको हो” एलिजे दरबारको बिज्ञप्तीमा छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले आइतबार युक्रेन संकट समाधान गर्न राष्ट्रिय सुरक्षा परिषदको दुर्लभ बैठक गर्ने भएका छन् । विदेश मन्त्री एन्टोनी ब्लिन्केनले आफ्ना रुसी समकक्ष सर्गेई लाभरोभलाई भेट्ने केही दिन अघि यो बैठक आयोजना गर्न लागिएको हो ।

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले शनिबार रुसको योजना केही अर्थमा सुरु भएको र त्यसले सन् १९४५ पछि युरोपमा सबैभन्दा ठूलो युद्ध निम्त्याउन सक्ने बताएका छन् ।

उनले गुप्तचर रिपोर्टहरूले सुझाव दिएको भन्दै रूसी सेनाले उत्तर र पूर्वबाट युक्रेनमा आक्रमण गर्न खोज्न सक्ने उल्लेख गरेका छन् । रुसी सेनाले युक्रेनको राजधानी किभलाई घेरेको र उद्देश्य आक्रमणको हुनसक्ने बताएका हुन् ।

पछिल्लो कूटनीतिक प्रयास युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसप्रति सबै तुष्टीकरणको राजनीति अन्त्य गर्न आह्वान गरेपछि आएको हो । पश्चिमी देशहरुले युक्रेनको सिमानामा करिब एक लाख ५० हजार सेना परिचालन गरेपछि उनले त्यस्तो आव्हान गरेका थिए ।

पछिल्ला केही दिनहरूमा युक्रेनको पूर्वी मोर्चामा झडपहरू उल्लेखनीयरुपमा वृद्धि भएको छ । ओएससिई संस्थाका अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले बिहीवार र शुक्रबार मात्रै एक हजार पाँच सय भन्दा बढी युद्धविराम उल्लङ्घनका घटना भएको उल्लेख गरेका छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक