शुक्रबार, वैशाख ७, २०८१

‘तपाई तथाकथित संस्थापक अध्यक्ष’ भनेपछि एनआरएनए उच्च स्तरिय समितिमा आइतवारपनि लफडा

नेपालप्लस संवाददाता२०७८ फागुन ९ गते ०:०३

गैर आवाशीय नेपाली संघ (एनआरएनए) को विवाद मिलाउन भनेर गठित सात सदस्यिय उच्चस्तरिय समितिको आइतवार बसेको बैठक भनाभन र आरोप प्रत्यारोपमै सकिएको छ ।

आइतवार बसेको बैठकमा समितिका संयोजक शेष घलेले संस्थापक डा. उपेन्द्र महतोलाई ‘तपाई तथाकथित संस्थापक अध्यक्ष (यु आर सो कल्ड फाउन्डर प्रेसिडेन्ट)’ भन्ने आरोप लगाएपछि लफडा भएको थियो ।

समितिको बैठक बस्नासाथ एनआरएनए जापानको समिति भंग गर्ने, प्रतिनिधि छनौट गर्ने विषयमा छफलफल शुरु भएको थियो ।

छलफलका क्रममा एनआरएनए जापानको विवाद मिलाउन देवमान हिराचनलाई दिएको, निर्वाचन गर्ने सम्मको अधिकार दिएको प्रसंग उठ्यो । त्यसमा उच्च स्तरिय समितिलाई जिम्मेवारी नदिएको प्रसंग उठाइयो ।

अघिल्लो बैठकमै त्यो भन्दा अगाडिको बैठकको रेकर्डेड अडियो सुनेर बैठकमा भवन भट्टबाहेक अरुलाई जिम्मेवारी नदिएको कुरा प्रष्ट पारिएको र अहिले फेरि त्यहि प्रश्न किन उठाएको भनेर घलेमाथि प्रश्न उठाईयो ।

त्यसपछि संयोजक शेष घलेले ‘म्याइन्युट भएको थियो कसले गर्ने भनेर’ भन्ने तर्क राखे ।

त्यसपछि डा. उपेन्द्र महतोले ‘त्यो उच्चस्तरिय समितिले गर्न सक्दैन, बैठकमा उच्च स्तरिय समितिले गर्ने भनिएको थिएन’  भने ।

‘आइसिसीको अधिकार कटौति गरेर अर्को समितिलाई दिन मिल्दैन, त्यो निर्णय हाम्रो बैठकमा भएको छैन र माईन्युटपनि भएको छैन’ भनेर उपेन्द्रले थप बताए ।

त्यसपछि शेष घले जंघिए ‘तपाईले मात्रै भनेर हुन्छ ?” ।

शेष घलेलाई जवाफ दिँदै डा. उपेन्द्र महतोले भने ‘तपाईले मात्रै भनेर हुँदैन । अरु साथीहरुको कुरा पनि सुन्नुपर्छ’।

त्यसपछि शेष घले झनै उत्तेजित भए र डा. उपेन्द्र महतोलाई ‘तपाई तथाकथित संस्थापक अध्यक्ष (यु आर सो कल्ड फाउन्डर प्रेसिडेन्ट)’ भने ।

त्यसो भनेपछि माहोल झनै बिग्रियो ।

‘तपाईको मनमा जे आयो त्यहि भनेर हुँदैन’ भन्ने भनाईमा राम प्रताप थापा, कुमार पन्त, भवन भट्ट, जीवा लामिछाने र उपेन्द्र महतो उभिए ।

उच्च स्तरिय समितिको बैठकमा ‘जापानको चुनाव कुनैपनि समिति, उच्चस्तरिय लगायतका कुनैपनि समितिले गर्नै पाउँदैन । किनभने त्यो उनीहरुको क्षेत्राधिकार भित्रको कुरै होइन, त्यो उनीहरुलाई अधिकार दिएकै छैन’ भन्ने तर्क उठ्यो ।

बैठकमा अध्यक्ष कुमार पन्तले यो उच्च स्तरिय समितिले काम गर्न नसकेको, विवाद समाधान गर्न नसकेको, झैझगडा र विवाद गरेर समय बिताउने गरेकाले उच्चस्तरिय समितिनै भंग गरिदिने बताएका थिए ।

त्यसपछि संयोजक शेष घले ‘कसरि गर्नसक्नुहुन्छ भंग ?’ भनेर कड्किए ।

त्यसको प्रतिउत्तरमा पन्तले ‘चिठी लेखेर, आइसिसीको बैठक डाकेर जसरिपनि भंग गर्न सक्छु, जसरिपनि हटाउन सक्छु’ भन्ने जवाफ फर्काए ।

फेरि शेष घलेले ‘ल आइसिसीको बैठकबाट भंग गरेर देखाउनुस्’ भन्दै जंघिए ।

स्रोतका अनुसार शेष घलेले डा. उपेन्द्र महतोलाई ‘यो एनआरएनए बिगार्ने तपाईहरु हो’ भन्ने आरोपसम्म लगाएका थिए ।

सचिवालयका प्रमुख कार्यकारी अधिक्रित राजेश राणाले पत्राचार गरेको २४ घण्टाभित्रमा अर्को बैठक बस्ने निधो भएको छ ।

तर शेष घलेले आगामी बैठक तीन दिनमा बस्ने प्रस्ताव गरेका थिए । समितिका अधिकांश सदस्यले त्यसमा अस्विकार गरेर २४ घण्टाको समयसिमा तोकेका हुन् ।

स्रोतका अनुसार शेष घलेले तीन दिन लम्ब्याएर बुधवार हुने पाटन उच्च अदालतको पेशीसम्म उच्च स्तरिय समितिको बैठक लम्ब्याउन चाहेका थिए ।

स्रोतका अनुसार अध्यक्ष कुमार पन्त कुनैपनि हालतमा आइसिसीको क्षेत्राधिकारबाट बाहिर नजाने पक्षमा उभिएका छन् । प्रतिनिधिको सूची निर्वाचन समितिलाई गैसकेकाले उच्च स्तरिय समितिको निर्णयले अब खासै सरोकार राख्ने स्थितिपनि छैन । अध्यक्ष कुमार पन्तले दिएको सूचीकै आधारमा अब निर्वाचन प्रक्रिया अगाडि बढ्ने स्थिति छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक