बिहीबार, चैत १५, २०८०

एनआरएनए उपाध्यक्ष श्रेष्ठले लिए नक्कली डाक्टरको प्रमाणपत्र, बधाईको ओईरो

नेपालप्लस संवाददाता२०७८ फागुन ९ गते १६:१८

(नक्कली डाक्टरको प्रमाण पत्र लिंदै अर्जुन श्रेष्ठ, दाहिनेबाट पहिलो)

गैर आवाशीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष अर्जुन श्रेष्ठले पैसा तिरी नक्कली डाक्टरको प्रमाण पत्र लिएर चौतर्फी बधाई खाएका छन् । उनले भारतीय सरकारी निकाय, अनुगमन र सुपरिवेक्षण निकायले कालो सूचीमा राखेको ग्लोबल पिस युनिभर्सिटीबाट नक्कली डाक्टरको प्रमाणपत्र लिएका हुन् ।

उपाध्यक्ष श्रेष्ठले इन्टरनेशनल पिस युनीर्भसिटी नयाँ दिल्लीबाट ‘डाक्टर अफ इन्टरनेशनल बिजनेस मानार्थ’ को नक्कली प्रमाणपत्र खरिद गरेका हुन् ।

अर्जुन श्रेष्ठ लगायत अन्य ब्यक्तिहरुले पिएचडी प्रमाणपत्र लिंदा लगाउने गाउनमा सजिएर प्रमाण पत्र लिएको फोटो सामाजिक सन्जालमा निकै प्रचार गरिएको छ । उनले इन्टरनेशनल पिस युनिभर्सिटीबाट ‘डक्टर अफ इन्टरनेशनल बिजनेश’ को नक्कली प्रमाणपत्र लिएका हुन् । उनले डाक्टरेट गरेको भन्दै सामाजिक सन्जालमा बधाई दिनेको ओइरो लागेको छ ।

गैर आवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष अर्जुनकुमार श्रेष्ठ ‘डाक्टर अफ इन्टरनेशनल बिजनेस अवार्ड’ बाट सम्मानीत हुनु भएको भन्दै विश्व सन्देश डटकमले फागुन ८ गते (२० फर्वरी) दिल्लीको डेटलाईनमा समाचार लेखेको छ ।

संवन्धनवाला युनिभर्सिटीले दिने प्रमाणपत्रहरू भारतको राष्ट्रिय मान्यता बोर्ड (एनबिए) द्वारा मान्यता प्राप्त नभएसम्म उनीहरूको प्रमाणपत्र गैर कानुनि हो । यो युनिभर्सिटीले त्यो मान्यता पाएको छैन । बरु यो युनिभर्सिटीलाई रद्द गरिएको छ ।बरु यो युनिभर्सिटीबाट डाक्टरको प्रमाणपत्र लिएका केहि पक्राउमा परेका छन् ।

(पिस युनिभर्सिटीका नाममा डाक्टरको नक्कली प्रमाणपत्र बितरण गरिंदै । अर्जुन श्रेष्ठ, रातो पहिरनमा रहेका प्रमाणपत्र बितरकबाट दाहिनेतिर पहिलोमा )

तमिल भाषामा सन्चारित टिभी ९ ले ग्लोबल पिस युनिभर्सिटी द्वारा २० हजार नक्कली डक्टरी प्रमाणपत्र बितरण गरेको सार्वजनिक गरेको छ । यहि युनिभर्सिटीबाट श्रेष्ठले डक्टरको प्रमाणपत्र खरिद गरेका हुन् । (युटुबमा यहाँ क्लिक गरेर हेर्नुस्)

अर्जुन श्रेष्ठले पिएचडी प्रमाणपत्र लिएको अन्तर्राष्ट्रिय ग्लोबल पीस युनिभर्सिटीलाई सेप्टेम्वर सन् २०२० मै रद्द गरिएको थियो । सन् २०२० को सेप्टेम्वर २६ शनिबारको दिन डिग्रि दिन लागिएको ‘डिग्री समारोह’ माथिनै हस्तक्षेप गरी रद्द गरिएको थियो ।

यो युनिभर्सिटीले आफ्नो वेबसाइटमा “अनलाइन शिक्षालाई नयाँ अर्थ दिएको” दावी गरेको छ र यो “अन्तर्राष्ट्रिय मान्यता प्राप्त” भएको भनेको छ । तर यसलाई कसले मान्यता दियो भनेर उल्लेख गरेको छैन ।

द हिन्दुको सन् २०१९ मे २६ मा केरालाबाट ए एस जयन्थले नक्कली प्रमाणपत्र बारे लेखेका छन् “मानार्थ डक्टरेट चाहियो ? केवल २५ हजार देखि ३ लाख भारु खर्च गर्नुहोस् र प्रमाणपत्र तपाईंको ढोकामै प्राप्त गर्नुस् ।”

पी सुरेशले द हिन्दुलाई बताए अनुसार काठमाडौं स्थित ईन्टरनेशनल तमिल युनिभर्सिटी र युनिभर्सिटी अफ एशियापनि व्यापारमा संलग्न केही संस्थाहरू हुन् ।

“काठमाडौंमा रहेका युनिभर्सिटी अफ एसियाका प्रमाणपत्रहरू बैंगलोरस्थित डा. राधाकृष्णन अनुसन्धान र विकास केन्द्र मार्फत वितरण गरिन्छ” सुरेशले द हिन्दुलाई भनेका छन् ।

दीक्षान्त समारोहमै प्रहरी हस्तक्षेप

पिस युनिभर्सिटीको दिक्षान्त समारोहमै प्रहरी हस्तक्षेप

“पैसा तिर्नेहरूलाई चेन्नई, बैंगलोर वा काठमाडौंका तारा होटलहरूमा हुने दीक्षान्त समारोहमा उपस्थित हुन भनिएको छ । कार्यक्रममा चर्चित व्यक्तित्वहरुको सहभागिता रहनेछ । र त्यसको विवरण भोलिपल्ट पत्रपत्रिकामा प्रकाशित हुनेछ । यदि तपाईं कार्यक्रममा पुग्न सक्नुहुन्न भने प्रमाणपत्र घरमा पठाइनेछ” मुख्यमन्त्री र विश्वविद्यालय अनुदान आयोग (यूजीसी) लाई यो अभ्यास रोक्नको लागि निवेदन दिने योजना बनाइरहेका शिक्षक र अनुसन्धानकर्ताहरूको समूहका सदस्य पी सुरेशले द हिन्दुलाई बताएका छन् ।

यो युनिभर्सिटीको वेभसाइट दुई वर्ष पहिले (सन् २०१८ तिर) भारतीय राज्य तमिलनाडुमा गुमनाम रूपमा दर्ता गरिएको थियो र यो विश्वविद्यालय नक्कली हो भनेर हेर्न धेरै छानबिन गर्नुपर्दैन ।

यसको साइटमा विश्वविद्यालयको कथित कुलपतिको नाम समेत खुलाइएको छैन । साईटमा कुलपतीको सन्देश सहितको पृष्ठ छ । तर त्यहाँ कुनैपनि शिक्षक कर्मचारीको बारेमा कुनै जानकारी छैन ।

यसको वेभसाईटको अर्को पृष्ठमा मानार्थ डक्टरेटहरू प्रदान गर्ने मापदण्डहरू उल्लेख गर्दै भनेको छ : “जसका असाधारण उपलब्धिहरूले क्यानाडामा संस्कृति र समाजलाई बढावा दिन योगदान पुर्‍याएका छन् उनीहरूलाई मान्यता दिइनेछ ….”

नक्कली डाक्टरको प्रमाणपत्र लिएको नबुझेर धेरै नेपालीले यस्ता बधाई दिएका छन् सामाजिक सन्जालमा

नक्कली विश्वविद्यालयको डिग्री समारोहमा भारतीय प्रहरीले छापा मारेको छ । भारतको मैसूर सहरमा शनिबार सन् २०२० कै सेप्टेम्वरमा प्रहरीले गाउन र मोर्टारबोर्ड लगाएका १०० भन्दा बढी व्यक्तिले नक्कली डिग्री लिन लागेको एक समारोहमा छापा मारेको थियो ।

प्रहरीका अनुसार स्नातक हुनेहरूले नक्कली इन्टरनेशनल ग्लोबल पिस युनिभर्सिटीबाट डक्टरेटका लागि एक लाख भा.रु. तिरेका थिए । ति मध्ये तीन जना पक्राउ परेका छन् । भारतमा नक्कली भनेर प्रहरीले छापासमेत हानिसकेको इन्टरनेशनल ग्लोबल पिस युनिभर्सिटीबाटै एनआरएनए उपाध्यक्ष अर्जुन श्रेष्ठले डक्टरेटको प्रमाणपत्र लिएको भन्दै प्रचार गरेका हुन् । भारतमा छापा हानिएपनि नेपाल सरकारको निकाय भने यसमा मौन छ ।

यसैबीच भारतका दुई वास्तविक विश्वविद्यालयले पनि डिग्री बेचेको आरोप लागेको छ । र कुवेतमा कार्यरत भारतीय इन्जिनियरहरूको प्रमाणपत्र नक्कली फेला परेपछि उनीहरूको ओहोदाको पुनः जाँच भइरहेको छ ।

पिस युनिभर्सिटीको नक्कली प्रमाणपत्रबारे तमिल भाषाको टिभीमा कार्यक्रम, पिस युनिभर्सिटी भन्ने लेखेको देब्रेतिर माथिल्लो भागमा देख्न सकिन्छ

अहिले भारतमा मुख्यमन्त्री र विश्वविद्यालय अनुदान आयोग (युजिसी) लाई यो अभ्यास रोक्नको लागि निवेदन दिने योजना अनुसन्धानदाता, शिक्षक, प्राध्यापकहरुले बनाईरहेका छन् ।

अप्रमाणित विश्वविद्यालयहरू भौतिक क्याम्पसको आवश्यकतालाई अनलाईन कक्षा दिएर सिकाउने भन्दै बेवास्ता गर्छन् । तर यस्तो डिग्री खासमा जीवन अनुभवको आधारमा गहिरो ज्ञान प्राप्त गर्नेलाई प्रदान गरिन्छ । यो मान्यता प्राप्त विश्वविद्यालयमा अध्ययन गर्नुभन्दा धेरै सस्तो र अध्ययनमा सामान्यतया धेरै कम प्रयास गरे पुग्छ ।

धेरै अपरिचित विश्वविद्यालयहरू भर्खरै युरोपमा देखा परेका छन् र ति विशेष गरी अरब देशहरूबाट “विद्यार्थीहरू” आकर्षित गर्नमा केन्द्रित छन् ।

बल्सब्रिज युनिभर्सिटीको वेबसाइटले कुनै विशेष क्षेत्रमा दस वर्षको अनुभव भएका आवेदकहरूलाई कुनै पनि शैक्षिक कार्य बिना मानार्थ स्नातक डिग्रीहरू प्रदान गर्ने र त्यसकोलागि शुल्क तिर्नुपर्ने स्पष्ठै उल्लेख गरेको छ । भविष्यका विद्यार्थीहरूलाई रोल मोडेल वा ट्रस्टीको रूपमा दान वा आर्थिक समर्थन गर्नुपर्ने जनाएको छ ।

प्रमाणपत्र घोटालाको क्रम बढेपछि वास्तविक योग्यता भएका मानिसहरूका लागि समस्या निम्त्याउन थालेको छ । अलख प्रकाश गोयल सिमला विश्वविद्यालय र मानव भारती विश्वविद्यालय आधिकारिक मान्यता प्राप्त दुई निजी भारतीय संस्थानहरू हुन् यिनका हजारौं डिग्री प्रमाणपत्रहरू सात वर्षको अवधिमा बेचेको आरोप छ । त्यसमाथि अनुसन्धान जारी छ । यी विश्वविद्यालयहरूबाट वास्तविक डिग्रीको लागि कडा परिश्रम गरेका विद्यार्थीहरू यो नक्कली प्रमाणपत्र बितरणले आफ्नै योग्यतालाई शंकाको घेरामा ल्याउने डर बनाएको छ ।

सरकार सचेत छैन

यसरि नक्कली डाक्टरेटको प्रमाणपत्र किनेर हिंड्दापनि नेपाल र भारत दुबैतिरका शिक्षा विभाग, शिक्षा मन्त्रालय यसप्रति सचेत देखिँदैनन् ।

बरु भारतमा यसबारे ब्यापक आवाज उठ्न लागेको छ । त्यस्ता नक्कली विश्वविद्यालयहरूबारे केही समयअघि भारतीय सांसद शफी पराम्बिलले प्रश्न उठाएपछि शिक्षामन्त्रीले आफूलाई यसबारे जानकारी नभएको बताएका थिए ।

भारतीय विद्यार्थी महासंघ (एस एफ आई) ले गैर मान्यता प्राप्त र नक्कली, वास्तबिकरुपमा अस्तित्वमै नभएका विश्वविद्यालयहरूबाट डक्टरेट र डक्टर्स अफ लेटर्स वा डक्टर्स अफ लिटरेचर जस्ता नक्कली उच्च शिक्षा डिग्रीको छानबिन गर्न केन्द्रीय मानव संसाधन विकास मन्त्रालयलाई उच्चस्तरीय समिति गठन गर्न आग्रह गरेको छ । अल-केरला रिसर्च स्कलर्स एसोसिएसनले पनि यसको विरुद्ध कारबाही खोजिरहेको छ ।

उपाध्यक्ष अर्जुन कुमार श्रेष्ठले नेपालमा केहि समय अघि ओम मेगाश्री फर्मास्युटिकल्स प्रालि खोलेर अध्यक्ष बनेका छन् । उनको बेल्जियममा होटेल र रेस्टुरेन्ट ब्यवशायमा लगानी थियो । केहि वर्ष वर्ष अघि बेल्जियममा एसेन्टा काण्डले चिनिएको घटनामा ब्यापारिक मेलामा सहभागिता गराउने भन्दै नेपालीबाट लाखौं असुली बेल्जियम ल्याएर मानव तस्करि गर्दै आएको आरोप लागेको थियो । त्यसकालागि गठित एनआरएनए छानबिन समितिलेपनि उनलाई दोषी ठहर्‍याएको थियो ।

थप समाचार हेर्नुस

नक्कली विश्वविद्यालयको डिग्री समारोहमा भारतीय प्रहरीले छापा मारेको छ

केही पैसा खर्च गर्नुहोस्, डाक्टरको प्रमाणपत्र लिनस

तपाइँको प्रतिक्रिया

फेसबुक