शनिबार, वैशाख १५, २०८१

झर्‍याम झुरुम टुक्रिएका बाटाभरि कुल आचार्यले खनेका सपना

नेपालप्लस फिचर डेस्क२०७८ फागुन ९ गते २३:२९

सर्च इन्जिन गुगलमा कुल आचार्य टाइप गरेर खोजी गर्ने हो भने उनलाई गुगलले ‘सेफ (खाना पकाउने)’ भनेर उत्तर दिन्छ । बेलायतमा भएका बेला धेरै समय उनी आफ्ना टेक वे हरुमा खाना पकाउँदै गरेका भेटिन्छन् । गुगलले ‘सेफ’ भनेर चिनाउने हुनु भन्दा पहिले उनले लण्डनको एउटा रेस्टुरेन्टमा भाँडा माझ्ने काम पनि गरेका थिए ।

‘विदेशले काम भन्छ । ठुलो र सानो भन्दैन ।’ देहाती पुरेतका छोरा आचार्यले आफ्नो विगत केही सोचेनन, वर्तमान हेरे । केही समय भाँडा माझे र पछी खान बनाउने रापसम्म पुग्न पाए । त्यही रापले खार्‍यो यिनलाई । विगत सम्झे- पर्वत जिल्लाको सानो गाउँ घाइरिङ्गको कठिन जीवन । पाखोमा हलो चलाएर वर्षभर पुग्ने अनाज फलाउन सक्ने हातहरुलाई बेलायतले कसरी हराउन सक्ला ! त्यहीँबाट शुरु भयो ब्यापार यात्रा- होली काउ टेक वे ।

सन् २००५ देखी शुरु भएको होली काउ टेक वे यात्रा अहिलेसम्म आइपुग्दा दर्जनौं शाखामा फैलिएको छ । कुल आचार्यलाई संस्कृत पढ्ने ठुलो धोको थियो, सानै उमेर देखी । केही वर्ष पढे पनि । त्यही ज्ञानले कतिका चिना पनि लेखे । धाइरिङ्गको पारीलो आँगनमा बसेर धेरैका भाग्यको हिसावकिताव कागजमा उतारे । तर पिताले यिनलाई कुनै सरकारी कार्यालयको हाकिम बनाउन चाहन्थे । पितालाई राम्रो सँग थाहा थियो, छोराहरुको समय भनेको पण्डित हुने होइन ।

कुल आचार्यको संस्कृत मोहमा पूर्णविराम लाग्यो । भारतको वृन्दावन पढ्ने उनको कल्पना कल्पनामै छोपियो । कुल आचार्य गाउँमै रोकिए । यिनी १५ वर्षका पुगे । गाउँमा हाइस्कुल थिएन । आफ्नो गाउँ धाइरिङ्ग देखी अली टाढाको गाउँ मल्लाजमा १० कक्षा पढ्थे । टेस्ट परिक्षा सुरु हुन केही महिना बाँकी थियो । घरमा बुवा विरामी परेको खवर आयो । यो खवर अप्रत्याशित मात्र थिएन दिमाग हल्लाउने खालको थियो ।

बुवाको उपचारमा हिंडे । टाढा टाढा मोटर गाडीको सुविधा थिएन । विरामी पिताजीलाई डोकोमा बोकेर अस्पताल चहारे । त्यही समय थियो, आचार्यले नागडाँडा पुग्दा पहिलो पटक मोटर देखेको । अचम्म लाग्यो, विरामी पिताजीलाई बोकेको डोको बिसाए । तर किस्मतको चाहना अर्कै थियो, बुवाको उपचार सफल भएन । निको नभएका पितालाई फेरी उसरी नै लिएर घर फर्किए ।

टेस्ट परिक्षाको रिजल्टकै दिन उनका पिताजीले संसार छोडेर लामो यात्रामा हिंडे । जिल्लाको निर्णय उनी टेस्ट पास त भए तर उनको धर्ती भासियो । बुवालाई साकार भएका सपना देखाउने परिक्षामा पास हुन सकेनन । बुवाको दु:ख, सेतो कोरा टाउकोमा बाँधेर एसएलसी परिक्षा दिन गए ।

उता १० कक्षाको टेस्ट परिक्षा शुरु हुन केही दिन बाँकी थियो । सिधै मल्लाज पुगे । परिक्षामा बसे । दिमागमा विरामी बुवा- परिक्षा विग्रिनु स्वभाविक थियो । सुरुका दुई विषय बिग्रिए । तर स्कुलले यो जेहेन्दार विद्यार्थी फेल हुनै सक्दैन भन्ने आशयको पत्र जिल्ला शिक्षा कार्यालयलाई पठाए पछी जिल्लाले नै उनलाई पास बनाएर पठायो । टेस्ट परिक्षाको रिजल्टकै दिन उनका पिताजीले संसार छोडेर लामो यात्रामा हिंडे । जिल्लाको निर्णय उनी टेस्ट पास त भए तर उनको धर्ती भासियो । बुवालाई साकार भएका सपना देखाउने परिक्षामा पास हुन सकेनन । बुवाको दु:ख, सेतो कोरा टाउकोमा बाँधेर एसएलसी परिक्षा दिन गए ।

कुल आचार्य कलिलो उमेरमा टुहुरो भए । जिन्दगीले गौंडा गौंडामा लतार्‍यो । भन्छन्- मलाई ठ्याक्कै त्यही बेला बुवाको जरुरत थियो । म मेरा र बाका सपना सँगै हुर्काउन चाहन्थें । टाउकोबाट बाको हात छुटे पछी म विरक्तिएको थिएँ । तैपनि लडाईं त लड्नु नै थियो । इन्टर पढ्न बाग्लुङ क्याम्पस भर्ना त भएँ । तर कसरी पढ्ने ? घरमा सानो भाई र एक्ली आमा । बाग्लुङ बजार बस्न मनले मानेन । केही समयमै धाइरिङ्ग फर्किएँ ।

“म बाग्लुङ्बाट रुँदै फर्किएको थिएँ । लाग्यो, जिन्दगी सकियो । पिताजीले देखेका सबै सपना एकैचोटी झर्‍याम झुरुम भएर टुक्रिए । सपनै नभए पनि जिन्दगी त चल्ने रहेछ- आचार्यले भने ।

गाउँ फर्केपछी यिनले नजिकैको स्कुलमा पढाउन शुरु गरे । घर खर्च चल्न थाल्यो । मास्टर हुँदाको गर्वले छाती चौडा भयो । आचार्यलाई कहिल्यै पनि विदेशको मोहले तानेन । यस्ता सुन्दर पाखा पखेरा भएको देशमै केही गर्न कसो नसकिएला भन्ने भइरह्यो । गाउँका साथी दौंतरी विदेश हिंडिरहे । तर यिनलाई कुनै चासो लाग्दै लागेन ।

तर जिन्दगीले कहिलेकाहिं यस्तो बाटोमा डोर्‍याउँछ जुन बाटो देखिएको हुँदैन । सोचिएको झन हुँदैन । देश बहुदलमय थियो । तर बहुदल पछी जादुको छडिले छोए जसरी मुलुक परिवर्तन हुन्छ भन्ने सोचाई विस्तारै निरासामा परिणत हुँदै थियो । सोचाइ फेरिएका तर अवशर नपाएका धेरै युवाहरुले विदेशलाई आफ्नो गन्तब्य बनाइरहेका थिए । छिमेकिलाई विदेश उडाउन पहिलो पटक काठमाडौं पुगेका कुल आचार्य आफैंलाई थाहा थिएन, राजाधानीको चकाचौधले उनकै मन फेरिदिन्छ भन्ने ।

मलाई ठ्याक्कै त्यही बेला बुवाको जरुरत थियो । म मेरा र बाका सपना सँगै हुर्काउन चाहन्थें । टाउकोबाट बाको हात छुटे पछी म विरक्तिएको थिएँ ।

उमा गुरुङ दोहोरी प्रतिष्ठानको अध्यक्ष हुनुहुन्थ्यो । उहाँले नै ‘कुल भाई तपाईं हिंड्नुस् । विदेश जानुभयो भने तपाईंले केही गर्न सक्नुहुन्छ भन्नु भयो’- उनले भने । छोटो समयमै पासपोर्ट बनाउने देखी लिएर पैसाको जोहो गरेर एउटा सांस्कृतिक टोलीसँग जर्मनी उडे । २ वर्ष जर्मनीको बसाई सोचेजस्तो भएन । बेलायत हान्निए । भन्छन् नि यो दुनियाँमा कहीँ न कहीँ यस्तो एउटा ठाउँ जरुर हुन्छ जसले कसैलाई न कसैलाई कुरिरहेको हुन्छ । कुल आचार्यलाई लण्डनले कुरिरहेको थियो । त्यही शहरमा आचार्यले भाँडा माझे । रोटी पकाए । जिन्दगीलाई पटक पटक रोटी सेकाए जसरी आगोमा सेकाए । तव मात्र जिन्दगी खारियो । आरनबाट निकालेको हँसिया जस्तो धारिलो भयो ।

होलीकाउ टेक वेको सफलताले लण्डनमा बसोवास गर्ने नेपाली समुदायलाई मात्र होइन सिक्न चाहने सबैलाई धेरै पाठ सिकाएको छ- मेहनत गरे के हुँदैन ? कुल आचार्यसँग होलीकाउ लगायतको ब्यापार मात्र होइन समाज सेवाका दर्जनौं अनुभव छन् । उनी आफैं भन्छन्- समाज सेवा मेरो रगतमा छ । बुवाले गाउँमा गरेको काम मेरा कलीला आँखाले पटक पटक देखेको हुँँ । अहिले मैले आफ्नो समाज र नेपालीका लागि जस्तो पनि सेवा गर्छु । त्यसले मलाई खुशी दिन्छ । बुवाका सपना पुरा भए जस्तो लाग्छ ।

सामाजिक कामको रुचिका कारण आचार्य डेढ दशक अघी गैर आवाशिय नेपाली संघमा जोडिएका थिए । त्यो संस्थाको बेलायत सदस्य, अध्यक्ष, युरोप संयोजक र केन्द्रिय उपाध्यक्षसम्म बने । अघिल्लो पटक भएको चुनावमा यिनी अध्यक्षका दावेदार थिए- हारे । अहिले उनी फेरी त्यही पदका लागि प्रत्यासी बनेका छन् । गएको अक्टोवरमा हुनुपर्ने निर्वाचन अहिलेसम्म भएको छैन । छापाहरुमा आउने खवरमा एनआरएनएको खतरानाक भिलेनका रुपमा यिनलाई प्रस्तुत गर्ने पनि गरिएको छ । तर यिनी भन्छन्- “मैले भनेको के हो भने विधी विधान अनुसार संस्था चल्न दिनुस । कुनै ब्यक्तिलाई लगाइने आरोपहरु गौंण हुन ।”

जतिबेला कुल आचार्य कामको खोजिमा जर्मनी उड्दै थिए- यो साँढे दुई दशक अघिको कुरा । ठीक त्यही समयको हाराहारिमा एनआरएनए भित्र यिनका अहिलेका दौतरिहरु बडाबडा विश्वविद्यालयमा शिक्षा आर्जन गर्नका लागि उडान भर्दै थिए । ति अहिले डाक्टर, इन्जिनियर बनेका छन् । आचार्यको संस्थागत प्रतिस्पर्धा तिनै सँग छ । त्यसैले पनि आचार्य माथि केहीले टिप्पणी गर्छन्- यो मान्छे अनपढ हो ।

“म बाग्लुङ्बाट रुँदै फर्किएको थिएँ । लाग्यो, जिन्दगी सकियो । पिताजीले देखेका सबै सपना एकैचोटी झर्‍याम झुरुम भएर टुक्रिए । सपनै नभए पनि जिन्दगी त चल्ने रहेछ ।

“मलाई अनपढ भन्ने मान्छेहरु प्रती मेरो सम्मान छ । उहाँहरुले जती पढ्न सकिन । मेरो पारिवारिक स्थितिले मलाई अगाडि पढ्ने शौभाग्य प्राप्त भएन । तर म उहाँहरुसँग सिक्न चाहन्छु । म त त्यही हुँ । रेष्टुरेन्टमा भाँडा माझेर आएको । खाना पकाउने मान्छे । यदी मैले ढाँटे भने पनि मैले भोगेको विगत परिवर्तन हुँदैन” भावुक भए उनी ।

“मेरो विगत मेटियो भने म भएको खासै अर्थ हुँदैन । तर मलाई एउटा संस्था कसरी चलाऊन पर्छ भन्ने थाहा छ । संस्था चलाऊने कुरा अनुभवले जान्ने कुरा हो” भवानात्मक जवाफ दिए उनले।

विगत सात महिना देखि गैरआवाशिय नेपाली संघमा अचाक्लिको विवाद छ । संस्था पुरै दुई खेमामा बाँडिएको छ । संस्थाको जिम्मेवार ब्यक्ती भएका हुनाले यिनलाई यो संस्थालाई पुन: ताजगी दिने जिम्मेवारी पनि छ ।

“ठूलो संस्थामा सानातिना विवाद आउनु स्वभाविक नै हो । सबै कुरा मिल्दै जानेमा म ढुक्क छु । अर्को कुरा संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, शेष घले, जीवा लामिछाने, रामप्रताप थापा लगायत खारिएका अभियन्ताहरु सँग काम गर्न पाउनु मेरो लागि आफैंमा खुशीको कुरा हो” उनी भन्छन ।

यती धेरै डाक्टर भएको संस्थामा काम गर्दा कस्तो अनुभव हुँदो हो आचार्यलाई ? भन्छन्- “मैले केही कुरा लुकाएर वा दुनियाँले सुन्ने गरी चर्को स्वरमा भनेर मेरो संघर्ष र अतित फेरिने भए अर्कै कुरा । म त जे हुँ त्यही हुँ । उहाँहरुले जत्तिको पढ्न सकिन । परिस्थितीले दिएन । तर यस्ता ब्यक्तीहरुसँग एउटै मन्चमा काम गर्न पाउनु मेरो लागि शौभाग्य हो ।

पक्कै केही छ समयले विर्सेको कुरा । या हामीले नदेखेको कुरा जुन कुल आचार्यले भनिरहेका छन, कसैलाई कहिलेसम्म बिर्सीरहन सक्दछ समयले ।

तपाइँको प्रतिक्रिया